मानिसको जीवनमा कुनै न कुनै एक समय बुद्धिबंगाराको कारण दुःख नपाएको सायदै होला । गिजा सुन्निने, गाला सुन्निे, ज्वरो आउने, खाना खान नसक्ने, मुख खोल्न नसकिने समस्याबाट ग्रसित भएको होलाउँ तपाईं हामी ।

मानिसको जीवनमा दुधे दाँत र स्थायी दाँत गरि दुई पटक पलाउँछ । बच्चा जन्मिएको ६ महिनादेखि करिब साँढे दुई वर्ष भित्रमा आउने २० वटा दाँतलाई दुधे दाँत भनिन्छ । जुन १२–१३ वर्ष भित्रमा सबै झरीसक्छन् ।

६ वर्षको उमेरमा पहिलो बंगारा आउँछ र १३ वर्ष भित्र लगभग सबै स्थायी दाँत आइसक्छन् । तर १७ वर्षदेखि २५ वर्षसम्म आउँने बाँकी चारवटा दाँतलाई हामी बुद्धिबंगारो भन्छौं । यो उमेर भनेको बालापन सकेर वयस्क उमेरको पहिलो खुड्किलो हो र केटाकेटी अलि चलाख, बुुद्धिमानी हुँदै जाने उमेर हो । यस कारणले गर्दा यस दाँतलाई बुद्धि बंगारा नामाकरण गरिएको मानिन्छ ।

बुद्धिबंगाराको प्रयोग परापूर्व कालमा हाम्रा पूर्वजहरुले काँचो मासु चबाउन, जंगली खानेकुरा खान उपयोग गर्दथे । मानव जातीको विकास क्रममा खाने कुरामा परिवर्तन हुँदै जाँदा बुद्धिबंगाराको कम प्रयोग हुन थाल्यो । जसकारण आजसम्म आइपुग्दा यसको प्रयोग भएको खासै देखिन्न ।

त्यसैले आजकल या दाँत उम्रन मुखभित्र ठाउँ नपाएको देखिन्छ । कहिले गिजाभित्र त कहिले हड्डि भित्र लकेर बसिदिन्छ । यो हुनुमा मानिसको दाँत हुने स्थान सानो हुँदै जानु मुख्य कारण मानिन्छ | यसरी दाँतको गिजाभित्र खानेकुरा त्यहाँ फस्छ, खानेकुरा फसेपछि मुख भित्र रहेको किटाणु सक्रिय हुन्छ र त्यही खानेकुरा कुहिएर संक्रमण सुरु हुन्छ ।

सुरुसुरुमा गिजा सुन्निे, ज्वरो आउने हुन्छ र पछि पिप जम्ने, मुख खोल्न नसक्ने हुन्छ र खान पिउन गाह्रो सक्छ । कहिले कहिले सास फेर्न पनि गाह्रो हुन सक्छ । गिजा पाक्ने अवस्थालाई उभचष्अयचयलष्तष्क भनिन्छ । र पनि संक्रमण फेलिँदा क्उबअभ क्ष्लाभअतष्यल भनिन्छ ।

अन्य समस्याहरु हड्डी भित्र लुकेर बसेको बुद्धिबंगाराले त्यसको नजिक रहेको अर्को बंगाराको जरा खियाई दिने । अर्को दाँतमा किरा लाग्ने । अर्को दाँतलाई धकेलिदिने जस कारणले गर्दा मुखमा अन्य दाँतलाई ठाउँ कम गरिदिने । हड्डि खियाई दिने । यसरि हेर्दा सानो तर पछि त्यस्तो दाँतले ठूलै रुप लिन सक्छ त्यसैले बेलैमा उपचार गर्न सचेत हुनुपर्छ ।

जनमानसमा बुद्धि बंगारा निकाल्दा बुद्धि हराउने, आँखामा असर पार्ने, दिमागमा असर पार्ने जस्ता मिथ्या कुराले जरो गाडेका देखिन्छ । यो र यस्ता भ्रमहरुलाई चिर्दै शल्यक्रिया गरी यसको समाधान गर्न सकिन्छ । यस्ता शल्यक्रिया १५–१८ वर्षमा गर्दा बढि फाइदा हुन्छ । यो उमेरमा घाउ छिटो निको हुन्छ । र भविष्यमा आउने समस्या रोकन सकिन्छ ।

३५ वर्षपछि हाुनाले शल्यक्रिया गर्न गाह्रो हुने गर्दछ । सन् १९५० मा दाँतको एक्सरे गर्ने मेसिनको विकास सँगै सामान्य लठ्याउने औषधि दिएर यसको शल्यक्रिया गर्न एकदम मद्दत पुगेको छ । यसको समाधानका लागि बिरामील सही दन्त चिकित्सकको पहिचान गरी शल्यक्रिया गरिएको खण्डमा रोगको निदान सही ढंगबाट हुन्छ ।

अन्यथा अनावश्यक समस्याबाट गुज्रनु पर्ने, पैसा र समयको बर्बादी साथसाथै मानसिक तनावबाट जीवन व्यतित गर्नुपर्ने हुन्छ । आजैबाट आफ्नो मुखको परीक्षण गराउँ, स्वस्थ भएर जीवनयापन गरौं ।