तपाई सुन्न तथा हेर्न मन पराउँनुहुन्छ भने पोस्टको अन्तिममा भिडियो हेर्नुहोला ।

खानपान शैली र हामी नेपालीको अन्य शारिरिक व्यवहारका कारण आजभोली उच्च रक्तचाप धेरै नेपालीहरुको साझा समस्या बनेको छ । आफ्नो परिवार वा छरछिमेकमा हेर्ने हो भने उच्च रक्तचापको समस्या झेलिरहेकाहरु देख्न सकिन्छ । उच्च रक्तचाप मात्रै होइन कि यसका कारण हुने मुटुरोग सम्बन्धि रोगीहरुको संख्या पनि नेपालमा बढ्दो छ ।

रोगहरुको मुख्य कारण खानपान र दैनिक जीवनमा हुने शारिरिक व्यवहार नै हो । यसैले रक्तचाप नियन्त्रण गर्न र मुटुरोगको जोखिम घटाउनको लागि मुख्य त हाम्रो खानपानको शैली र आहारलाई व्यवस्थित गर्नुपर्छ । हुन त औषधिहरुले पनि रक्तचापलाई कम गर्न सहयोग गर्छ तर हामीले आफ्नो खानपानमा थोरै ध्यान दिने हो भने पनि उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ र औषधीको प्रयोग गरिरहन नपर्ने हुन सक्छ ।

तर कसैले यस अगाडी नै औषधीको सेवन गर्दै हुनुहुन्छ भने चै यहि भिडियो वा अन्य जानकारीको भर परेर औषधीको सेवन बन्द नगर्न हामी अनुरोध गर्छौँ । आफुले सेवन गरिरहेको कुनै पनि औषधीको सेवन फेरबदल गर्न वा बन्द गर्न तपाईले डाक्टरको सल्लाह लिनै पर्छ ।

यहाँ हामीले उच्च रक्तचापको औषधी खाइरहेकाहरुका लागि सहयोगी हुने र उच्च रक्तचापबाट ग्रसित नभएकाहरुलाई त्यसबाट बचाउँने खानपिनका बारेमा जानकारी दिन गइरहेका छौँ ।

उच्च रक्तचाप रोगीलाई दिइने सबैभन्दा आम सल्लाहमा हो नुन, चिल्लो र धेरै क्यालोरी हुने खानेकुराको कम खाने । उच्च रक्तचापको समस्या भएका बिरामीले आफ्नो आहारमा नियमित रुपमा सागसब्जी, फलफूलको सेवन गर्नुपर्छ ।

त्यस्तै यदि स्वास्थ्य विशेषज्ञहरुको सल्लाह मान्ने हो भने उनीहरुले तपाईंलाई क्याफिन युक्त पेय र अल्कोहलको सेवनबाट टाढा रहन सुझाव दिन्छन् । यी दुई पेयको सेवन नगरेमा हामीले उच्च रक्तचाप कम गर्न सकिन्छ किनभने स्वास्थ्यको लागि यी दुवै चीज धेरै नै खतरनाक छन् ।

आज हामी तपाईलाई यस्तै केही पेय पदार्थको बारेमा बताउन गइरहेका छौं जसले उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको जोखिमलाई कम गर्न सघाउँछन् ।

तपाईले यी पेय पदार्थलाई नियमित सेवन गरेर उच्च रक्तचापको जोखिम कम गर्न सक्नुहुनेछ । ति हुन् :

१. पानी

पानी तपाई नियमित नै पिउँनुहुन्छ तर रक्त शुद्धिकरणका लागि उपयुक्त मात्रामा पानी पिउँनु सबै भन्दा महत्वपुर्ण हुन्छ । यदि तपाई दैनिक ३ लिटर पानी पिउँनुहुन्न भने तपाई धेरै रोगहरुको जोखिममा हुनुहुन्छ । नियमित ३ लिटर पानी पिउँदा रगत शुद्ध बनाउँने मात्रै होइन, शारिरको मेटाबोलिजम पनि राम्रो हुन्छ ।

याद राख्नु पर्ने कुरा के हो भने दिनमा ३ लिटर पानी एकदमै धेरै धेरै पिएर पुर्याउँने भन्दा पनि थोरै थोरै गर्दै पटक पटक पिउँनु राम्रो हुन्छ । खाना खानु भन्दा केहि बेर अगाडी देखि खाना खाएको कम्तिमा आधा घण्टा पछिसम्म भने धेरै पानी पिउँनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

२. एप्पल साइडर भिनेगर

एप्पल साइडर भिनेगर उच्च रक्तचापबाट बँच्नको लागि सबैभन्दा प्रभावकारी मानिन्छ । यसमा पोटेसियमको मात्रा निकै राम्रो हुन्छ । यसको दैनिक सेवनले शरीरबाट सोडियमको अतिरिक्त मात्रा र विषाक्त पदार्थलाई बाहिर निकाल्छ ।

यसमा पाइने रेनिन एन्जाइमले रक्तचाप लाई कम गर्छ । तपाईंले एक गिलास पानीमा एक चम्चा मह र एप्पल साइडर भिनेगरलाई मिसाएर बिहानै पिउनुभयो भने यसले धेरै फाइदा गर्छ ।

३. कागती पानी

कागती पानीले शरीरको कोषहरुलाई सफा गर्छ । यस बाहेक यसले रक्तनलीहरुलाई नरम र लचिलो बनाउँछ जसले रक्तचाप कम गर्छ ।

कागती पानीमा भिटामिन सि हुन्छ जसले शरीरबाट मुक्त कणहरुलाई हटाउन एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । हरेक विहान एक गिलास कागती पानीको सेवनले रक्तचापको स्तर नियन्त्रण गर्न मद्धत गर्छ ।

४. मेथी पानी

मेथी पानीमा अधिक फाइबर हुन्छ । जसले तपाईंलाई रक्तचाप नियन्त्रित गर्न मद्धत गर्छ । हरेक विहान खाली पेटमा एक गिलास मेथी पानी पिउनाले रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

५. चिल्लो रहित दूध

चिल्लो कम भएको वा फ्याट बिनाको दूधलाई पोटासियम र क्याल्सियमको राम्रो स्रोत मानिन्छ । यी दुवै पोषक तत्वले रक्तचापलाई व्यवस्थित राख्न मद्धत गर्छ ।

तर यसका विपरित बढि चिल्लो या फ्याट भएको दुधको सेवनले भने स्वास्थ्यमा उल्टो समस्या पार्न सक्छ । त्यस्तो दुधमा रहने पाल्मेटिक एसिडले रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र रक्तचाप बढ्छ ।

६. चियापत्ति र पानी

चियाको पत्ति ओमेगा ३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसले रगतलाई पातलो बनाउँछ र रक्तचापलाई कम गर्छ ।

आधा घन्टासम्म पानीमा चिया दाना भिजाएको पानी पिउँने गर्नुहोस् । यसलाई लगातार एक महिनासम्म पिएमा तपाईंले प्रभावकारी असर देख्न सक्नुहुन्छ ।