इन्टरेनटमा गजब गजबका कुराहरु पाइन्छन् । केहि समय अगाडी नेपालीहरुमा टेस्टोनी एपको खुब चर्चा थियो । भाषामा असभ्य र बताउँने भविष्यवाणी जे सुकै भए पनि साह्रै धेरै नेपालीहरुले त्यसको मजा लिए । उसो त त्यो देखि वाक्क दिक्क भएकाहरुको संख्या पनि कम थिएन ।

तर यो खेल भने त्यस्तो होइन । बरु यसले दिमागको कसरत गराउँछ ।

यो खेल वास्तवमा एउटा भिडियो हो जसमा २० वटा फरक फरक फोटोहरु राखिएका छन् । ति फोटोहरुमा पान्डालाई यति गजबले राखिएको छ कि त्यसलाई निकै ध्यानपुर्वक हेरे मात्रै भेटिन्छ । यो भिडियोमा त्यसलाई खोज्नका लागि निश्चित समय तोकिएको छ । सो तोकिएको समयमा भिडियोलाई नरोकि तपाईले पान्डा खोज्नु पर्ने छ ।

भिडियो बनाउँनेको दाबी छ कि यो खेलले मानिसको कुनै पनि विषयबस्तुमा केन्द्रित हुन सक्ने क्षमताको परिक्षण गर्छ । यदि कसैले भिडियो नरोकिकन तोकिएको समयमा १६ वटा भन्दा बढि पान्डा देख्छ भने त्यो मानिस विलक्षण प्रतिभाको धनि हुनु पर्छ ।

तपाईले भिडियोमा क्लिक गरेर यो खेल खेल्न सक्नुहुनेछ ।