५ दिमाग रन्थन्याउँने प्रश्नहरु जवाफ सहित

तपाईलाई दिमाग रन्थन्याउँने कुराहरु कति मन पर्छन् ? ह्या ! दिमाग रन्थन्याउँने कुराहरु पनि कसलाई मन पर्छ र भनेर तपाईले भन्नुहोला तर हतार गरि नहाल्नुहोला । यहाँ हामीले राख्न लागेका दिमाग रन्थन्याउँने कुरा चै तपाईलाई मन पर्छ ।

वास्तवमा ५ दिमाग रन्थन्याउँने प्रश्नहरु भनेर निर्भिक टल्क्स युट्युब च्यानलमा नयाँ भिडियो राखिएको छ । जसमा ५ वटा दिमाग खियाउँने प्रश्नहरु र गाउँखाने कथाहरुको संगालो छ । जस्तै : थम्बनैलमा भएको प्रश्नको नै कुरा गरौँ । प्रश्न छ, त्यस्तो कुन प्रमाणपत्र हुन्छ जसलाई जसको प्रमाणपत्र हो त्यसले बोक्यो भने झुटो भन्ने सावित हुन्छ ? सुन्दा अचम्म लाग्छ । मानौँ मेरो कक्षा ७ को प्रमाणपत्र छ, त्यसलाई मैले बोके भने त्यो झुटो हुन्छ । यस्तो पनि हुन्छ त ?

तर हुन्छ । वास्तवमै एउटा यस्तो प्रमाणपत्र हुन्छ जसलाई जसको हो, त्यसले बोक्यो भने झुटो त के जेल सजाय नै पनि हुन सक्छ । तपाईले पहिले यो बारेमा सुन्नु भएको छ भने त यसको जवाफ प्रश्न सुन्ने बित्तिकै आउला तर तपाईले प्रश्न कहिलै पनि सुन्नु भएको छैन भने चै यसले तपाईको दिमाग साँच्चै नै रन्थन्याउँछ ।

यो भिडियो हामीले निर्भिक टक्स भन्ने युट्युब च्यानलबाट लिएका हौँ । तपाईले थप भिडियोहरु हेर्न च्यानल सब्सक्राइब गर्न सक्नुहुनेछ ।