यस्ता मान्छेले लसुन खाए कि ज्यान जान्छ कि दुख पाइन्छ, थाहा पाउँनुहोस्

लसुन जसको प्रयोग जाने यति धेरै रोगको जडी ओखती हुन्छ, के तपाईलाई सहि तरिका थाहा छ ? थाहा पाउँनको लागि यो पढ्नुहोस् ।

लसुनले हाम्रो खानालाई मीठो बनाउने मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ रहन धेरै मद्दत गर्दछ । लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ तर लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ किनभने सबै किसिमका रोगहरुमा लसुनको प्रयोगले फाइदा गर्दैन । कुनै कुनै रोगहरु यस्ता हुन्छन् कि त्यसका रोगीहरुले लसुनको प्रयोग गर्दा थप दुख पाइन्छ भने कतिमा त ज्यान जाने सम्मको अवस्था श्रृजना हुन सक्छ ।

यहाँ हामी त्यस्तै केहि रोगहरुका बारेमा जानकारी गराउँदैछौँ जसका बिरामीहरुका लागि लसुनको सेवन वर्जित गर्दा नै फाइदा हुन्छ । थप जानकारीका लागि भने तपाईले डाक्टरसँग सल्लाह लिनु सबै भन्दा बढि बुद्धिमानी हुन आउँछ ।

लसुनको सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् :

शल्यक्रिया गर्न लागेको व्यक्ति :

कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ ।

जन्डिस :

जन्डिस भएकाले लसुन खाएमा जन्डिस बिग्रिन सक्ने भएकाले त्यस्ता मानिसले लसुन खानु हुदैन । कलेजो सम्बन्धी समस्या भएकाका लागि लसुन उपयुक्त मानिदैन ।

कम रक्तचाप भएको व्यक्ति :

लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ । यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ |

सुत्केरी अवस्था :

सुत्केरी अवस्थामा सामान्य मात्रामा लसुन खादा हुन्छ । तर बढीमात्रामा खायो भने सुत्केरी र स्तनपान गराउने महिलालाई राम्रो गर्दैन ।

झाडापखाला लागेको व्यक्ति :

झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ । यस्तो अवस्था हुँदा, दिसा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

आँखाको रोग भएको व्यक्ति :

आँखाका रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ । यो रोगीले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् ।

पेटको समस्या :

आन्द्रामा ग्यास जम्मा भएकाले पेट दुखेर अथवा पेट पोलेर हैरान हुनसक्छ त्यसैले पेटको समस्या भएकाले लसुन खानु हुदैन ।

यसैले यस्ता बिरामी भएका मानिसहरुले लसुनको प्रयोग सकेसम्म नगरेकै राम्रो ।