हामीले नेपाली चलचित्रहरुमा एउटा भनाइ सुन्ने गर्छौ । त्यो हो – म हिङ नभए पनि हिङ बाँधेको टालो हुँ । बाँधेर राखेको टालोको पनि शान हुने त्यस्तो वस्तु हिङ के हो त ? के यो स्वास्थ्यका लागि त्यति नै फाइदाजनक पनि छ त ? हामी यो लेखमा त्यसबारे तपाईलाई जानकारी दिन गइरहेका छौँ । यो लेखबाट तपाईले हिङका बारेमा जानकारी थाहा पाउँनु हुनेछ ।

हिङ एउटा फेरुला वर्गका बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो । यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ |

हिङका फाइदाहरु

१. पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमा

हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धुलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने निको हुन्छ ।

२. कब्जियत र अधिक वायु भएमा

आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनुन मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।

३. कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा

ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनुन धुलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

४. दम रोगमा

एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठिक हुन्छ ।

५. कम्मर दुख्ने रोगमा

आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

६. शूल भएमा, धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

यी त भए हिङको बारेमा जानकारी । तपाईलाई यो जानकारी कस्तो लाग्यो ? थप यस्तै जानकारीहरुका लागि हाम्रो वेबसाइट mygyanbigya.com हेर्न नभुल्नुहोला । तपाईले हामीलाई फेसबुकमा ज्ञानविज्ञान पेज तथा युट्युबमा gyanbigyan च्यानलमा पनि भेट्न सक्नु हुनेछ । हाम्रो जानकारीहरु अरुलाई पनि देखाउँन कृपया सेयर गर्नुहोला । तपाईको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउँछन् भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।