आलुमा हाम्रो स्वास्थ्यको लागि आवश्यक धेरै पौष्टिक तत्वहरू हुन्छन् । हालै गरिएको एक अध्ययन अनुसार, आलुमा केहीयस्ता भिटामीन पाइन्छ, जुन शरीरको सम्पूर्ण विकासमा अत्यावश्यक हुन्छ । भिटामीन बी, भिटामिन सी, क्याल्सियम, जिंक, फस्फोरस र म्याग्नेसियम लगायत तत्व आलुमा भरपुर पाइन्छ । कार्बोहाईड्रेटको सबैभन्दा उत्तम स्रोतको रुपमा आलुलाई लिइन्छ । आलुमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाईन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । तर,आलुमा कार्बोहाइड्रेट मात्रै पाइदैन यसमा मानव शरीरका लागि आवश्यक अन्य तत्वहरू पनि प्रशस्त पाइन्छ । धेरै मानिसमा आलु खाए मोटाइन्छ भन्ने एक प्रकारको भ्रम छ । वास्तविकता भने अलि फरक छ । आलुमात्रै होइन जुनसुकै कुरा पनि धेरै खाए स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आलु बहूउपयोगि कन्दमूल मानिन्छ। तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ। आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन। यसमा विलक्षण औषधिय गुणसमेत छ।

समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ आलु। अफ्रिकादेखि एसिया अनि युरोपदेखि अमेरिकासम्म आलु उत्पादन नहुने कुनै क्षेत्र नै बाँकी छैन। आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको कुरो वैज्ञानिक बताउँछन्। त्यसपछि सत्रौं शताब्दीमा स्पेनका नाविकले पेरु जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८०मा कोलम्बसले स्पेनबाट युरोप लगिएको पाइन्छ।

युरोपको जर्मनी, अष्ट्रिया, फ्रान्स, पोर्चुगल आदि देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलीले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको जानकारी इतिहासमा पाइन्छ। तर हिन्दूको प्राचीन ग्रन्थ वेदमा एवं आयुर्वेदिक ग्रन्थ चरकसंहितामा पनि आलुकै र आलु एउटै देखिएकोले हाम्रो यहाँ आलुको उपस्थिति त्यो भन्दा निकै पहिले नै भइसकेको देखिन्छ।

आलु खानुको फाइदा

१. एक अध्ययनका अनुसार नियमित रूपले आलु खानाले उच्च रक्तचाप नियन्त्रणमा रहन्छ ।

२. आलुमा पाइने सम्पूर्ण लवण कारण हड्डिलाई फाइदा हुन्छ । यसले हड्डीलाई बलियो बनाई राख्नुका साथै सही संरचनाका लागि पनि आवश्यक हुन्छ ।

३. बलियो मांंसपेशिहरुका लागि आलुको सेवन गर्ने गरिन्छ । व्यायाम पछि कार्बोहाइड्रेटले शरीरलाई सबै भन्दा पहिले ऊर्जा दिने काम गर्छ र आलू
कार्बोहाइड्रेटको उत्तम स्रोत हो । आलुको सेवनले मांसपेशिहरु बलियो हुन्छ ।

४. आलूमा पर्याप्त मात्रामा डाइट्री फाइबर पाईन्छ जसले कोलेस्ट्रोलको मात्रालाई बढ्न दिदैँन ।

५. स्वस्थ छालाका लागि पनि आलु एक राम्रो उपाय हो । आलुमा पाईने भिटामिन सी ले डार्क सर्कललाई हटाउनमा मद्दत गर्छ र कार्बोहाइड्रेटले
मांसपेशिहरुलाई कसिलो बनाउनमा मद्दत गर्छ ।

आलु जति लाभदायक छ त्यति नै यसको बोक्रा पनि हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि फाइदाजनक मानिन्छ । तरकारी र अचारमा अत्याधिक प्रयोग हुने आलुलाई उसिनेर वा पोलेर खान सकिन्छ । मकै, चामल र गहुँ पछि आलु विश्वमै सबैभन्दा बढी खाईने परिकार हो । चप, पकौडा, समोसादेखि अन्य खाजाका परिकारमा पनि आलुको प्रयोग हुन्छ । तर आलुको जति महत्व छ, त्यसको बोक्रालाई महत्व दिएको पाइदैन । त्यसैले हामी आलुको बोक्रा फालेर परिकार बनाउने गछौं ।

आलुको बोक्रा हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि केहि फाइदाहरु छ

१.कपाल फुल्नबाट जोगाउछ :

आलुको बोक्राले कपाल फुल्नबाट जोगाउने विभिन्न अध्ययन र परीक्षणले देखाएका छन् । कपाललाई कालो बनाउनका लागि आलुको बोक्रा प्रयोग हुन्छ ।

उसिनेको आलुको बोक्रालाई पुनः पाँच मिनेट उमालेर त्यसको रसले नुहाउने बेलामा कपालमा लगाउँद कपाल फुल्नबाट रोक्छ ।

२.छाला चम्किलो बनाउँछः

आलुको वोक्राले अनुहारको छालालाई पनि चम्किलो बनाउँछ । काँचो आलुको बोक्रा ताछेर त्यसको रस अनुहारमा दल्ने र आधा घन्टापछि चिसो पानीले अनुहार सफा गर्दा अनुहारमा छुट्टै चमक आउँछ । लगातार दुई साता यही प्रक्रिया दोहोर्याउँदा अनुहारमा भएका दाग हराउँछ ।

३.पोषण तत्वको स्रोतः

आलुको वोक्रामा पोटास, आईरन र भिटामिन बी ३ जस्ता महत्वपूर्ण तत्व पाईन्छ । आलुमा पाईने पोटासले मेटाबोलिजमलाई सशक्त बनाउँछ । त्यस्तै आईरनले शरिरमा राता रक्त कोष उत्पादन गर्न पनि सहयोग गर्छ ।

४.फाईबरयुक्तः

आलुको वोक्रामा प्रशस्त फाईबर हुन्छ । फाईबरले तौल घटाउन सहयोग गर्छ । बोक्रासहितको आलु खाँदा कोलेस्ट्रोल घटाउँछ । तर मधुमेह र मुटुरोगका बिरामीले भने चिकित्सक वा डाइटिशिएनको सुझाव बिना आलु सेवन नगर्नुहोला । स्वास्थ्यका दृष्टिले आलु अति उपयोगी हुन्छ । आलु खाइरहे रक्तवाहिनीहरू धेरै उमेर सम्म लचिलो बनिरहन्छन् ।

स्पेनका अनुसन्धानकर्ताहरूको अनुसार, आलु खाने व्यक्तिहरू रोगव्याधिसँग भिड्ने सामथ्र्य बढ्छ । आलुलाई अनाजमा पुरक आहाराको स्थान प्राप्त छ । आलु जुन किसिमको भए पनि त्यसलाई शीतल, मलरोधक, मधुर, गरिष्ठ, मलमूत्र उत्पन्न गराउने, रुक्ष र रक्तपित्त हटाउने मानिन्छ ।

आलु कफ र वायु गर्ने, बलप्रद्, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक समेत छ । अति परिश्रमका कारण निर्बल भएका रक्तपित्तले पीडित, अधिक मद्यपान गर्ने, तीव्र जठराग्नि भएकाहरूको लागि आलु अत्यन्त पोषक हुन्छ । आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्बोहाइड्रेट, ७४.७ प्रतिशत पानी, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । प्रति सय ग्राम आलुमा भिटामिन ए ४० आईयू र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार, आलुको बोक्रा ताछ्दा केही पोषक तत्वसमेत वाहिरिन्छ । आलुलाई उमाले पछि बाँकी रहेको पानीमा पनि भिटामिन हुने भएकोले त्यसलाई फयाँक्नुको सट्टा साग–तरकारी वा दालमा मिसाएर खानुपर्छ । आलुको नियमित प्रयोगले रोग प्रतिरोधक शक्तिमा वृद्घि हुन्छ । स्तनपान गराउने आमाले आलु खाइरहे दूधको मात्रा बढ्दै जान्छ ।

आलुका थुप्रै औषधीय प्रयोग समेत छन् यस मध्ये केहि जानकारीहरु

१.आयुर्वेदिक प्रयोगहरूका अनुसार आखाको तल भएको कालो घेरा हटाउन आलुलाई पिँधेर आँखाको चारैतिर लगाउनुपर्छ ।

२.आलुमा पाइने पोटेसियम साल्टले अम्लपित्त रोक्न काम गर्छ । यसले अम्लियतालाई रोक्छ ।

३.मृगौलाको पत्थरी हुँदा आलुको सेवन गर्नाले थुप्रै लाभ पाइन्छ । पत्थरीका रोगीको लागि आलु सेवन लाभकारी मानिन्छ ।

४.कतिपय समय चोटका कारण रगत जमी नीलो हुने गरेको छ । यस्तोमा काँचो आलु पिँधेर लगाउनाले फाइदा पुग्छ ।

५.चर्को घाम वा लूले डढेको छालामा काँचो आलुको रस लगाउनाले छालामा निखार आउँछ । कालोपोतो, चाउरी आदिमा आलुको रस लगाउँदा फाइदा पुग्छ ।

आलु खानुका फाइदा,आलुको बोक्रा हाम्रो स्वास्थ्य र सौन्दर्य दुबैका लागि केहि फाइदाहरु र आलुका थुप्रै औषधीय प्रयोग समेत छन् यस मध्ये केहि जानकारीहरु तपाइहरुलाई कस्तो लाग्यो । राम्रो लाग्यो भने सेयर गर्दिनु होला ।

Topics #आलु #आलुको बोक्रा #स्वास्थ्य