अमेरिकन डाईबेटिज एसोसियसन (एडीए) र विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ) का अनुसार मधुमेह रोग पछिल्लो दुई शताब्दीदेखि बढ्दो क्रममा छ । सन् १८९५ मा मधुमेह रोगीको सङ्ख्या विश्वमा ३ करोड जति थियो भने त्यो सङ्ख्या बढेर सन् २०१३ सम्म आईपुग्दा ३८ करोड भन्दामाथि आइपुगेको छ । यो सङ्ख्या सन् २०३५ मा बढेर लगभग ६० करोड पुग्ने अनुमान गरिएको छ ।

मधुमेह रोगी सबैभन्दा बढी भएको पहिलो देश हाम्रो छिमेकी राष्ट्र चीन हो जहाँ लगभग १० करोड जनसङ्ख्या मधुमेह रोगी छन् भने दोस्रो देश पनि हाम्रो छिमेकी राष्ट्र भारत हो जहाँ करिब ७ करोड मधुमेह रोगी छन् । नेपालमा पनि मधुमेह रोगीको सङ्ख्या दिनानुदिन बढ्ने क्रममा छ । यकिन तथ्याङ्क नभएतापनि नेपालमा लगभग १ लाख जति जनसङ्ख्या मधुमेहका रोगी रहेको अनुमान छ । यसको मुख्य कारण अस्वस्थ्य र अव्यवस्थित जीवनशैली पनि हो ।

के हो मधूमेह ?

हाम्रो शरीरमा रहेको प्यानक्रियाजको आईलेट अफ् ल्यागरह्यान्समा रहेको बेटा सेलबाट इन्सुलिन उत्पादन हून्छ । कुनै कारणबस इन्सुलिन कम बनेमा वा इन्सुलिनले राम्रोसँग काम नगरेमा रगतमा ग्लूकोजको मात्रा बढ्न जाने अवस्थालाई भधुमेह अथवा डाईबेटिज भनिन्छ ।

मधुमेह टाईप वान्, टाईप टु, गर्भाअवस्थामा हुने गेस्टेस्नल डाईबेटिज र मच्युरिटि अन्सेट अफ् डाईबेटिज इन योङ्ग गरी ४ प्रकारको हुन्छ तर प्राय टाईप वान र टाईप टु डाईबेटिज नै धैरै हून्छ ।

१.टाईप वान् डाईबेटिज : यसका बिरामी दूब्ला पातला हून्छन् । ४० वर्ष भन्दा कम उमेरमा बढी हून्छ । यो प्रकारको मधूमेह इन्सूलिनको अभावका कारण हूने हुँदा उपचारका लागि इन्सुलिन नै चाहिन्छ । बिरामीमा तुरुन्त लक्षणहरु देखिन्छ । यो बशांणुगत हूँदैन ।

२.टाईप टु डाईबेटिज : यसका बिरामी प्राय मोटा हून्छन् । ४० वर्षभन्दा बढी उमेरका लागि बढी हून्छ । यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिष्टेन्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन नि आवश्यकता पर्न सक्छ । बिरामीमा लक्षणहरु ढिलो देखिन्छ । यो बशांणुगत हुन्छ ।

कारणहरु

टाईप वान डाईबेटिज साधारणतया अटो इम्युनिटि, प्यानक्रियाजका रोगहरु र कहिलेकाही भाइरसको सङ्क्रमणबाट पनि हुन्छ । टाईप टु डाईबेटिज प्राय वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ ।

लक्षण तथा चिन्हहरु

१.पिसाब बढी लाग्ने (एक रातमा तीन वा सोभन्दा बढी पटक) ।

२.तिर्खा बढी लाग्ने ।

३.भोक धेरै लाग्ने ।

४.तौल घट्ने (टाईप वान डाईबेटिज)

५.गुप्ताङ्ग चिलाउने ।

६.केटाकेटीमा रातमा बिस्तारामा बढी पिसाब गर्ने ।

७.थकाई धेरै लाग्ने ।

८.घाउ ढिलो निको हुने ।

९.आाखा धमिलो देख्ने ।

१०.हातखुट्टा झम्झमाउने ।

यसलाई नियन्त्रणमा राख्न भने अवस्य सकिन्छ । मधुमेहबाट बच्न हरेक व्यक्तिले पाँचवटा सूत्र पालन गर्नुपर्छ ।

१. जीवनशैली परिवर्तन
मनमोजी रूपको जीवनशैलीलाई मधुमेहले स्विकार्दैन । खानपान, रहनसहन बानी व्यहोरामा तपाईंले केही परिवर्तन गर्नैै पर्ने हुन्छ । तर यसको अर्थ कठोर जीवनयापन गर्नुपर्छ भन्ने होइन । मधुमेही रोगीले पनि नियमित औषधि सेवन गरी परिवर्तित जीवनशैलीको कारणबाट मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । योगाभ्यास, सहनशील, सादा जीवन र उच्चविचार शैलीले मधुमेह नियन्त्रण गर्न सकिन्छ । चिन्ता र भयमुक्त वातावरणमा हाँस्ने हँसाउने मनस्थितिमा रहनु मधुमेहीका लागि लाभदायक हुन्छ ।

२. आहार
मधुमेहीले आहारमा विशेष ध्यान दिनुपर्छ । नियमित निर्धारित समयमा खाना र खाजा खानुपर्छ । लामो समयसम्म नखाइकन भोको बस्नु हुँदैन । चिनी र चिनी भएका खाद्यवस्तु जस्तै चिनी हालेको (चिया वा कफी, हर्लिक्स, कोकाकोला, पेप्सी) आदि खानु हँुदैन । यसका अलावा आइसक्रिम, मह, चकलेट, सक्खर, चाकु, जाम खानु हुँदैन । खाना खाँदा एकैपटक टन्न नखाई दिनको तीन चारपटक खाना खाइरहनुपर्छ । एकपटक भात र अर्को पटक रोटी खानु राम्रो हुन्छ । खानपानमा विचार गर्न नसकिए औषधि सेवनले मात्र यसबाट नियन्त्रणमा राख्न सकिँदैन ।

३. औषधि सेवन
मधुमेहको किसिमअनुसार टाइप एक र दुईमा चिकित्सकको सल्लाहमा मधुमेहीले औषधि सेवन गर्नुपर्छ । इन्सुलिन इन्जेक्सन लिनुपर्ने भएमा इन्जेक्सन लिन्न भन्नु हँुदैन । खाने औषधिजस्तै बानी परेपछि इन्सुलिन लिन झन्झट महसुस हुँदैन । चिकित्सकसँंग नियमित परामर्श लिइरहनुपर्छ । समयसमयमा रगत परीक्षण गराई रहनुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । औषधि बीचमा छोड्नु हँुदैन । अब त निको भइसक्यो भन्दै औषधि खान छोड्नु हँुदैन ।

४. व्यायाम
व्यायामले शरीरमा भएको इन्सुलिनको उचित प्रयोग हुन्छ । मधुमेहीले व्यायाम गर्दा आफ्नो शरीरको क्षमताअनुसार हलुका व्यायाम मात्र गर्नुपर्छ । मौसमअनुसार बिहान आधा घन्टादेखि एक घन्टासम्म नरोकी एकै गतिमा फूर्तिसाथ फटाफट हिँड्नु मधुमेहीका निमित्त राम्रो व्यायाम मानिन्छ । व्यायाम भने बीचमा छुटाउनु हुँदैन । यसले मधुमेहीलाई आत्मविश्वास प्रदान गर्छ ।

५. नियमित रक्त परीक्षण
नियमित रक्त परीक्षणले मधुमेहीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । मधुमेहीहरूले यदि रगतमा चिनीको मात्रा घटबढ छैन भने १५ दिनमा एकदेखि दुई पटकसम्म रक्त परीक्षण गर्ने तर रगतमा चिनीको मात्रा घटबढ भइरहेमा कम्तीमा हप्ताको दुई पटक अनिवार्य रक्त परीक्षण गर्नुपर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #के हाे मधुमेह #मधुमेह रोकथाम #मधुमेहबाट बच्ने फर्मुला