आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् । बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् । कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ । निरन्तर मोवाइलमा हेरी रहदा पनि आँखा कमजोर हुन्छ । आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस ।

पालुंगोको जुस

हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

गाजरको जुस

आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

हरियो सागपात

आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर

ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

भिटामिन

शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् ।

सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम

बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, जसको प्रयोगले आखाको तेज बढ्दै जान्छ ।

१. ग्रीन टि

दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनाले यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आँखालाई स्वस्थ राख्दछ ।

२. अमला

सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आँखा सफा गर्नुस् । यसो गर्नाले आँखा स्वस्थ रहन्छ ।

३. घिउ

घिउले आँखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आँखाको तेज बढ्दै जान्छ ।

४. जीरा

जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आँखाको ज्योति बढाउछ ।

६. बिहान उठेर सफा पानी आँखामा छ्याप्ने

आँखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाब जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आँखा स्वस्थ रहन्छ ।

८. त्रिफला

अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आँखा सफा गर्नाले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

८. सर्स्युं

सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आँखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

९. तोरीको तेल

राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

१०. अमला

अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

११. सुप

एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।

१२. सुकुमेल

तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

१३. हाडेबादाम

रातफ छ सातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

आँखामा के गर्ने ? के नगर्ने ?

१. आँखा क्रमश कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।

२. एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने ।

३. बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमश बढ्दै जान्छ ।

४. तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ ।

७. नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ ।

८. १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने ।

९. सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ ।

१०. बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने ।

११. आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ ।

१२. राती ओछ्यानमा पल्टिएर नपढ्ने ।

१३. आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ ।

१४. भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् ।

१५. पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।

तपाईलाई माथि दिएको जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । ज्ञानबिज्ञान हेर्न र सेयर गर्न नभुल्नुहोला । धन्यवाद ।

Topics #आँखा #आँखा कमजोर #आँखा तेजिलो #आँखा वरिपरिको डार्क सर्कल