अनार धेरै किसिमका मान्छेका लागि फाइदाकारी हुन्छ तर यस्ता मान्छेले खायो भने चै ज्यानै जान सक्छ

नोट : अनारको दाना, बोक्रा र पात स्वास्थ्यका लागि वरदान हुन् । तिनलाई कसरी प्रयोग गर्ने भन्ने लेखको लिंक यो पोस्टको अन्तिममा राखिएको जानकारी गराउँदछौँ । धन्यवाद

यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसँग तमाम रोगको औषधी छ । अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ । अनार मानिसको स्वास्थको लागि एकदम फाईदायुक्त फल हो । तर यो फल पनि कस्ता रोग भएका व्यक्तिले खानु राम्रो हुदैन ।

उल्लेखित समस्या भएका व्यक्तिहरुमा भने अनारको सेवन गर्नु लाभदायक मानिदैन ।

१. कब्जियत

अनारमा फाईबर्सको मात्रा बढि हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउने हुदा अनार खानु हुदैन ।

२. औषधि लिइरहेको व्यक्ति

यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भाएको छ भने अनार खानु हुदैन । अनार खानाले औषधिले काम गर्दैन ।

३. दम रोगी

दम रोगीले अनार खादा झन् दम बढ्ने हुन्छ । त्यसैले दम रोगीले अनार खानु हुदैन । केही खास समस्या भएका व्यक्तिले बाहेक अनार सेवन गर्नु स्वास्थयका हिसाबले फाइदाजनक मानिन्छ ।

४. तौल घटाउन चाहने व्यक्ति

तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस् । अनार खादा तौल घट्नुको साटो बढ्न सक्छ ।

५. प्रेसर लो हुने व्यक्ति

अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन ।

६. मधुमेह रोगी

अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन ।

७. कलेजोमा समस्या भएका व्यक्ति

अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले पनि अनार खानु हुदैन ।

यदि तपाईलाई सामान्य अवस्थाका मानिसहरुका लागि अनारले पुर्याउँने फाइदाका बारेमा थाहा छैन भने यो पढ्नुहोस् । हामीले यो लेखमा अनारका फाइदा र अनार कसरी खाँदा थप प्रभावकारी हुन्छ भन्ने जानकारी लेखेका छौँ । यसका अतिरिक्त अनारको दानाको मात्रै होइन कि अनारको बोक्रा र अनारको पातको पनि औषधीय गुणहरु हुन्छन् । हामीले छानी छानी र दुख गरि गरि फ्यालिने अनारका बोक्रा पनि यति गुणकारी छन् कि तपाईले यो थाहा पाए धेरै राम्रो हुन्छ । कृपया यहाँ क्लिक गरेर सो लेख पढ्न सक्नुहुनेछ

तपाइलाई माथि दिएको जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । यस्तै जानकारीहरु पाउनका लागि तपाईले हाम्रो पेज ज्ञानविज्ञान लाइक गर्नुहोला । त्यस्तै युट्युबमा पनि तपाईले www.yotube.com/gyanbigyan मा हाम्रो भिडियोहरु हेर्न सक्नु हुनेछ । धन्यवाद ।

Post Comment