नेपालीलाई किन बढी सताउँने गर्छ ग्याष्ट्रिकले ? यति कुरा थाहा नपाएर रहेछ, थाहा पाउँनुहोस्

कुनै जमघटमा होस् या खाना खाने बेलामा, खानाको प्रसंग चल्यो कि धेरै नेपाली ‘मलाई ग्यास्ट्रिक छ । यो खानु हुँदैन, त्यो खानु हुँदैन, यो बारेको छु, त्यो बारेको छु’ भनेर गुनासो गर्ने गरेको सुनिन्छ । जुनसुकै कारणले होस्, ग्यास्ट्रिक (ग्यास्ट्राइटिस्) हुनुमा धेरै जिम्मेवार हामी आफै हुने चिकित्सक बताउँछन् ।

जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ । व्यस्तता र भागदौडले भरिएको जीवन जिउनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासीनता र अनिद्राका रोगी, शारीरिक श्रम वा ब्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् । लामो समयसम्म जाँडरक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी, आदि खानेमा पनि यो रोग ज्यादा देखिएको छ ।

के हो ग्यास्ट्रिक ?

हाम्रो आमाशयको माथिल्लो भाग झिल्लीले बनेको हुन्छ । आमाशयको भित्री भाग तथा डियुडे (ठूलो आन्द्राको पहिलो भाग)मा सुन्निने अवस्था हो– ग्यास्ट्रिक । आमाशयमा हुने हाइड्रोलिक एसिड बढ्न गएमा या विभिन्न ढुसी तथा कार्सिजोनजन्य तत्वले सेलमा परिवर्तन आई हुने असरका कारण ग्यास्ट्रिक हुन्छ ।

लक्षणहरू

१.छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने

२.पेट पोल्नु

३.भोक हराउनु

४.अम्लपित्त बढ्नु

५.पेट भारी हुनु

६.रिंगटा लाग्नु

७.टाउको दुख्नु

८.पेट फुल्नु

९.वाक्वाकी लाग्ने

१०.वान्ता हुने

११.ढ्याउ–ढ्याउ आउनु

१२.पेट हुडल्ने

१३.तौल कम हुने

ग्याष्ट्रिक हुने कारण

१.कसै कसैको पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ।

२.चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ।

३.कसैलाई पेटको क्यान्सर भयो भने खाना खाएपछि असजिलो हुन्छ। ग्याष्ट्रिकको लक्षण भएको मन्छेलाई क्यान्सर समेत हुने खतरा हुन्छ। खाद्यनलीमा समस्या आयो भने पनि ग्याष्ट्रिक हुन्छ।पेटमा भएको क्यान्सर, खाद्यनली क्यान्सरको लक्षणले पनि ग्याष्ट्रिक गराउँछ।

४.धेरै पिरो खाने, कफी धेरै खाने, कडा–कडा दुध चिया धेरै खाने, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ। चिल्लो बढी खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ। त्यसैले चिल्लो कम खानुपर्छ।

५.चिल्लो खानु हुँदैन भनेर उमालेर खाने पनि गर्नु हुँदैन। अत्याधिक मात्रामा चिल्लो पदार्थ, बोसोयुक्त मासु र बंगुरको मासु खानु हुन्न।चिल्लो नखाने भन्दैमा अति गर्नु हुँदैन धेरै चिल्लो भएको खानेकुरा नखाए हुन्छ। चिल्लो नै खान हुँदैन भन्ने होइन।

नेपालीमा बढी किन ग्याष्ट्रिक हुन्छ?

१.अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ। अर्को कुरा हाम्रो बजार अनुगमन गतिलो हुँदैन। जसले जे मन लाग्यो त्यही पकाएर बेचेको हुन्छ। पश्चिमा मुलुकहरुमा बजार अनुगमन राम्रो छ। नेपालको बेकरी आइटमहरू सबैमा डाल्ला घ्यूउ प्रयोग हुन्छ। यसले पनि ग्याष्ट्रिक धेरै गराउँछ।

२.एक पटक प्रयोग गरेर रहेको तेल अर्को पटक पनि प्रयोग गरिन्छ र यो क्रम लामो समयसम्म चल्छ जसले गर्दा ग्याष्ट्रिक हुन्छ। धेरै तारेको खानेकुरा खाने कारणले पनि ग्याष्ट्रिक बढी हुने सम्भावना हुन्छ। सुर्ती, पान पराग गुट्खा बढी खानेलाई ग्याष्ट्रिक हुन्छ।

आमाशयको भित्तामा भएको इन्फ्लामेसन (सुनिएर रातो, तातो भएर दुख्ने समस्या) का साथै आमाशयका भित्ताको लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई ग्यास्ट्रिक अल्सर भनिन् । ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो ।

कारक तत्वहरू

ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ र जीर्ण गरेर दुई समूहमा बाँडिएको छ । तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागि हानि गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू, रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ, कोकिन जस्ता मादक पदार्थ पर्दछन् । एच. पाइलोरीलगायत अन्य ब्याक्टेरिया, भाइरस संक्रमणले पनि हुने गर्छ । जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली, खानपानशैली, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ ।

ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि लाग्ने गर्छ । यसैगरी पेटको अपरेसन, कलेजो, मृगौला, फियो तथा आन्द्राका रोग, एचआईभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि यो देखा पर्न सक्छ ।

ग्यास्ट्रिकले अफ्ठ्यारो पार्न सक्छ

यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ । यसैगरी भिटामिन बी–१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, अन्ननली सुनिनु, दम बढ्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन् । ग्यास्ट्रिक बिग्रेर पेटमा प्वाल परेर मृत्यु पनि हुन सक्छ ।

उपचार

ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थः चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नतिर लागौं । दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, ब्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो ।

दुखाइ कम गर्ने औषधि (एस्पिरिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन), मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, अस्वस्थ खानपान, ब्यायामको अभाव, तेलमा डुबाएका वा भुटेका खानेकुराहरू रातो मासु, छाला, बोसो, कलेजो, घिउ, बटर, चिज जस्ता चिल्लो र बोसोयुक्त पदार्थहरू, जाँड–रक्सी, धूमपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, हानिकारक मानिएका खाना छाडेर रेशा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, सागसब्जी, सलाद–फलफुल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ ।

त्यसैगरी स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जिराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं । पानी प्रशस्त पिउनुपर्छ यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानि पु¥याउन पाउँदैन । नियमित रूपमा पानी पिउने, सुत्नुअघि र उठिसकेपछि प्रशस्त पानी पिउने । तनावमुक्त रहने, प्याकिङ गरिएका रेडिमेट खानाहरू, कोक, पेप्सी जस्ता पेय पदार्थ खानु हुँदैन ।

जोगिने तरिका

– ग्यास्ट्राइटिस तनावपूर्ण जीवन जिउनेहरू, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीलाई हुने रोग हो । तर्सथ तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो ।

– शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि, योगासन, योगनिद्रा, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अन्तिम अंग बनाउनुपर्छ ।

– स्वस्थ जीवनशैलीमा बाँच्ने कोसिस गरौं ।

– दुखाइ कम गर्ने तथा अन्य औषधि चिकित्सकको परामर्शमा मात्र लिने गरौं ।

– माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं ।

– ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधि पूर्णरूपले खाने गरौं ।

– कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।

– पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।

– कीटाणुहरुबाट बच्न सफा खाना, पानी र वातावरणको प्रयोग गरौं ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।