बन्दागोभीको पत्रपत्रले फ्याल्ने रहेछ, हाम्रो सातपत्रका रोगहरु । खान जान्नुहुन्छ तपाई ? सिक्नुहोस्

बन्दागोभीले स्वास्थ्यका लागि निकै लाभदायी भूमिका खेलेको हुन्छ । यसले शरीरलाई स्वस्थ राख्नुका साथै बिभिन्न रोग लाग्नबाट बचाउँछ । त्यसैले बन्दागोभीको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

बन्दागोभीको नियमित सेवन गर्नाले स्तन क्यान्सर, पोस्टेट क्यान्सर देखि लिएर पेटमा अल्सर तथा क्यान्सर हुनबाट बचाउँनका साथै बिभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ ।

यस्ता छन् बन्दागोभीका फाइदाहरुः

१.क्यान्सरको जोखिम घटाउनः

बन्दागोभीमा पाइने लुपिओल, सिनिग्रिन र सल्फोराफेन जस्ता तत्वले शरीरभित्र क्यान्सरको ट्युमर बढ्ने जोखिम कम गर्छ । बन्दागोभी खाइरहने महिलामा स्तन क्यान्सर देखापर्ने जोखिम कम रहेको अध्ययनबाट पुष्टि भइसकेको छ ।

२.रक्तचाप नियन्त्रणमा राख्नः

बन्दागोभीमा पोटासियम प्रचुर मात्रामा पाइने भएकाले यसले रक्तवाहिनी नलीहरूलाई सुचारु राखी रगतको बहावलाई नियमित गरिदिन्छ, जसले गर्दा रक्तचाप थपघट हुने जोखिम घट्छ ।

३.शरीरका विकार फाल्नः

बन्दागोभीमा भिटामिन–सी र सल्फर प्रचुर मात्रामा पाइन्छ, जसले शरीरमा जम्मा भएका विकारलाई शरीरबाट निकास गरिदिन्छ । बाथ रोग, युरिक एसिड र छालासम्बन्धी रोग लाग्ने जोखिमलाई पनि यसले कम गरिदिन्छ ।

४.दिमाग तेजिलो बनाउनः

बन्दागोभीमा भिटामिन–के र एन्थोक्यानिन्स जस्ता तत्व प्रचुर मात्रामा पाइन्छ, जसले दिमागलाई स्वस्थ र तेजिलो बनाउन मद्दत गर्छ । यस्ता तत्वले स्नायुलाई खराब हुनबाट जोगाउने र अल्जाइमर जस्ता बिर्सिने रोगसँग लड्ने क्षमतासमेत बढाउने गर्छ ।

५.वजन घटाउनः

बन्दागोभीमा कार्बोहाइड्रेट र फ्याट कम तथा फाइबर बढी हुने भएकाले वजन घटाउने खोज्नेहरूका लागि यो लाभदायक हुन्छ ।

६.सुन्दर बन्नः

चिल्लो छाला हुने र डन्डीफोर आइरहने समस्या छ भने बन्दागोभीको तरकारी, सलाद खादि खाइरहने गर्नुपर्छ । यसमा पाइने सल्फरले छालासँगै कपाल र नङलाई पनि सुन्दर बनाउँछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।