हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन, यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ । आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

यसकारण खानुपर्छ हरियो धनियाँ

१. अमलपित्त भएमा

जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।

२. गर्मीले पेट पोल्ने भएमा

धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।

३. हातगोडा पोल्नेमा

सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।

४. छालाको एलर्जीमा

धनियाँमा पाइने एन्टीसेप्टिक र एन्टीअक्सिडेन्टले तपाईको अनुहारलाई फाइदा गर्छ । यसले अनुहारमा निखारता तथा चमक ल्याउन समेत मद्धत गर्छ । धनियाँको हरियो पात पिसेर अनुहारमा लगाउनु फाइदाजनक हुन्छ । यसले छालाको एलर्जीको समस्यामा पनि फाइदा गर्छ ।

५. पेटको समस्यामा

धनियाँले पेटमा रहेको वायूलाई पनि फ्याक्ने काममा मद्धत गर्छ । साथै पाचनशक्ति पनि बढाउँछ । धनियाको हरियो पात पित्त नाशक पनि हुन्छ । पित्त या कफले सताएमा दुई चम्चा धनियाँको हरियो पातको रस खाने गरे फाइदा गर्छ ।

६. दुखाइ कम गराउँनमा

धनियाँको पत्तिमा एन्टी ट्युमेटिक र एन्टी अर्थराइटिसको गुण हुने गर्छ । यसले दुखाई कम गर्न समेत मद्धत गर्छ ।

७. क्यान्सरजन्य समस्या कम गराउँन

धनियाँले एनिमियाबाट समेत छुटकारा दिन मद्धत गर्छ । एन्टी अक्सिडेन्ट, भिटामिन ए, सी, र केही मिनरलका कारण धनियाँले क्यान्सरबाट समेत बचाउन मद्धत गर्छ ।

८. इाइबिटिजमा

यदी तपाईलाई निन्द्रामा समस्या छ भने धनियाँको प्रयोग गर्नुस् फाइदा जनक हुन्छ । डाइबेटिजबाट पिडित मानिसलाई समेत यो निकै उपयोगी हुन्छ । यसले इन्सुलिन बढाउन मद्धत गर्छ र रगतको ग्लुकोजलाई कम ग्रन मद्धत गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #स्वाद र सुगन्ध #हरियो धनियाँ #हरियो धनियाँ खानुको फाइदा