तरकारी र दालका रुपमा मात्रै होइन चना खाने तरिका, यस्ता छन् कायापलट गर्ने अरु तरिकाहरु

चनालाई हामीले तरकारी बनाएर पनि खान सक्छौ भने यसको दाल पनि खान सकिन्छ । यसलाई हामीले भुटेर पनि खान सक्छौ । चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो । जसले हामीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । यी सबै विशेषताका कारण नै यसलाई गरिबको मेवा भनिन्छ ।

नियमित भिजाएको चना खानाले कमजोरी कम हुनुका साथै यसका अन्य फाइदा पनि छन् । चना हामी सबैले सुनेको र आफ्नो आहारमा प्रयोग गर्ने एक गेडागुडी हो । जसको सेवन अनेक तरिकाले गर्न सकिन्छ । तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ चना ।

चनाको दाल खादाका फाईदा यस्तो छ ।

– चनाको दाल सेवन गर्नाले कब्जीयतको समस्या निर्मूल हुन्छ । यती मात्रै होइन जन्डिसका रोगीलाई पनि चनाको दालको सेवन धेरै फाइदाजनक हुन्छ ।

– चनाको दालले कोलेस्ट्रोललाई कम गरेर तौल कम गर्न धेरै मद्धत गर्छ । यो पाचन प्रणालीको लागि धेरै नै लाभदायक छ ।

– चनाको दाल जिंक, क्याल्सियम, प्रोटिन, फोलेट आदिले भरपुर हुन्छ जसले तपाईको शरिरलाई आवश्यक र जरुरी उर्जा प्रदान गर्छ । यसको अलावा यो पेटको समस्याको लागि पनि फाइदाजनक हुन्छ ।

– चनाको दालले शरिरमा आइरनको कमीलाई पुरा गर्छ र हेमोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ । यसमा अमिनो एसिड शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ ।

– डायबिटिज नियन्त्रणको लागी चनाको दालको सेवन धेरै नै फाइदाजनक हुन्छ । यसले ग्लुकोजको अत्याधिक मात्रालाई सोस्नपनि धेरै नै मद्धत गर्छ । सौन्दर्य बढाउनको लागि चनाको दालको बेसन अनुहारमा लगाउनाले लाभदायक हुन्छ ।

जानौँ, भिजाएको चना खानुका ८ फाइदा

१. स्वस्थ मुटु :

चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चनाको नियमित सेवनले मुटुको धमनीहरुलाई
खुलाउन र रगतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ । चनामा पाइने अल्फा लिनोलनिक एसिड र ओमेगा ३ आपसमा मिलेर कोरिनरी मुटु सम्बन्धी रोग र कार्डियो भास्कुर
सम्बन्धी खतरालाई कम गर्छ ।

२. कब्जीयतमा राहत :

भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ ।

३. पिसाबको समस्या :

भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पाइल्सको समस्यामा पनि आराम दिलाउँछ ।

४. स्वस्थ छाला :

भिजाएको चनामा नुन नहाली सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुन्छ । साथै, छाला चिलाउने समस्या छ भने त्यसमा पनि राहत दिलाउँछ ।

५. तौल बढाउँछ :

यदि तपाई चाहिने भन्दा बढी दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । चनाले शरिरको तौल बढाउने काम पनि गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि
बलियो बनाउँछ ।

६. सर्दीमा राहत :

चनाले शरीरको रोग प्रतिरोध क्षमतालाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ ।

७. रगतको मात्रा पुरा :

चना फलामको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा रगतको कमी छ भने त्यसलाई हटाउँछ । साथै रगतलाई सफा पनि गर्ने काम गर्छ ।

पुर्ण फाइदाका लागि कसरी खाने चना ? :

एक मुट्ठी चना लिने तर त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । रात भर (करीब ९ घन्टा) चनालाई त्यस पानीमा भिज्न दिने । बिहान चनालाई
पानीबाट निकालेर राम्रोसँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चना खानाले तपाईँ सँधै स्वस्थ रहनु हुन्छ ।

दैनिक भुटेको चना खाँदा शरिरलाई विभिन्न प्रकारका फाइदा हुन्छ ।

तरकारीका रुपमा र भिजाएको चना खाँदाका फाइदाबारेमा हामीले थाहा पायौँ । तर यसका अतिरिक्त चनालाई भुटेर खाएमा पनि यसको पौष्टिक गुणलाई थप उपयोगी बनाउँन सकिन्छ । भुटेको चना दैनिकरुपमा खाएमा हुने फाइदाहरु यस्ता छन् :

१. मोटोपना घटाउँछ चना

यदि तपाईं मोटोपनाका कारण चिन्तित हुनुहुन्छ भने भुटेको चना तपाईंका लागि निकै फाइदाजनक हुन्छ । भुटेको चनामा क्यालोरीको मात्रा निकै कम हुन्छ जबकी यसमा विभिन्न पौष्टिक तत्व जस्तै पोटासियम, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट, प्रोटिन, डाइट्री फाइबर भरपुर मात्रामा हुन्छ । सय ग्राम भुटेको चनामा १ सय ६४ क्यालोरी हुन्छ । यदि तपाईं खाजामा भुटेको चना खानुहुन्छ भने तपाईंको तौल निकै चाँडै घट्छ ।

तौल घटाउनका लागि कसरी खाने ?

तौल घटाउनका लागि चनाको प्रयोग निकै सजिलो छ । चनालाई एक घण्टाका लागि पानीमा भिजाएर राख्नुहोस् र यो सुकेपछि यसलाई बालुवा र नुनमा राखेर भुट्नुहोस् । तपाईंले बजारबाट भुटेको चना पनि ल्याउन सक्नुहुन्छ । तपाईं चाहेको खण्डमा भुटेको चनामा सलाद जस्तै प्याज, गोलभेडा, गाजर, मुला, कागतीको रस आदि मिसाएर खानसक्नुहुन्छ ।

२. चनाले रगत बढाउँछ

चनामा आइरनको भरपुर मात्रा हुन्छ । त्यसकारण यदि तपाईंलाई रक्तअल्पत्ताको समस्या छ भने दैनिक भुटेको चना खान सुरु गर्नुहोस् । ध्यान दिनुहोस्, बोक्रा नभएको चनामा बोक्रा भएजत्तिको फाइदा हुँदैन । रक्तअल्पत्ताको शिकार धेरैजसो महिला हुने भएकाले यसले महिलालाई निकै फाइदा गर्छ ।

३. दिनभरी क्रियाशील रहनुहुनेछ

हामी सक्रिय रहनका लागि ऊर्जाको अत्यधिक आवश्यक पर्छ । यस्तोमा चनाले निकै सहयोग पुर्याउँछ । चना खाँदा ऊर्जा पाइन्छ । मधुमेह रोगीका लागि पनि चनाको सेवन निकै फाइदाजनक हुन्छ ।

४. डाइट्री फाइबरले भरिपूर्ण

फाइबर हाम्रो शरिरका लागि निकै आवश्यक हुन्छ । चना फाइबरले भरपुर हुन्छ त्यसकारण यसले पाचन क्रियालाई सुधार्छ । भुटेको चना खाँदा कब्जियतको समस्यामा फाइदा पुर्याउँछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।