दम (Asthama ) रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ। यस कारणले फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो ।

दम किन हुन्छ ?

दम (आस्थमा) रोग बिभिन्न कारणले लाग्ने गर्दछ । तिमध्ये केही प्रमुख कारणहरु यस्ता छन् ।

१. वंशाणुगत आस्थमाः

विशेषगरी ३०/३५ वर्ष उमेर समूहका मानिसमा प्रायः देखिने यस्ता आस्थमा वंशजका कारण हुने गर्दछ । आन्तरिक कारणले नै हुने भएको यस प्रकारको आस्थमालाई इन्टि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । वंशाणुगत कारणले हुने भएकाले यस्ता आस्थमा पूर्ण निको पार्न कठिन हुने गर्छ । यो रोग उमेर ढल्कदो उमेरसँगै बढेर जान्छ ।

२. वातावरणीय प्रदुषणः

कयौं मानिसहरुलाई वायु प्रदुषणका कारणले एलर्जी र पछि आस्थमा हुने गर्दछ । जसलाई एक्सटि्रन्सिभ आस्थमा पनि भन्ने गरिन्छ । यस्तो आस्थमा केटा-केटी र बयस्कहरूमा हुने गर्दछ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँ-स्वाँ सहितको दम, खोकी निम्त्याउने गर्दछ र आस्थमा हुने गर्दछ ।

३. मौसमी परिवर्तनः

कयौं मानिसहरुमा मौसमी परिवर्तनका कारण पनि आस्थमा हुने गर्दछ । यस्ता एलर्जी विशेषगरी फागुन, चैत तथा असोज, कात्तिक महिनामा अर्थात् फूल फूल्ने मौसममा बढी देखा पर्ने गर्दछ । विशेषगरी फूल फूल्ने मौसममा फूलको परागको कणका कारण मानिसलाई एलर्जी हुने गर्दछ । जसले दम बढाउँछ ।

४. पेशागतः

मिल, मैदा उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटोघाटोमा काम गर्ने व्यक्तिहरुमा पनि आस्थमाको जस्तै समस्या देखिने गर्दछ । जसलाई चिकित्सकिय भाषामा ‘पेशागत दम खोकी’ भन्ने गरिन्छ । काम गर्ने क्रममा धुलो धुँवा उड्ने र श्वास फेर्नेबेला नाक मुखबाट फोक्सोसम्म धुलो गएर दम हुन्छ ।

५. मुटु रोगले हुने आस्थमा :

मुटु रोगीलाई सोही कारणले दम खोकी भएमा पनि आस्थमाका जस्तै लक्षण हुने गर्दछ ।

यस अर्थमा सबै दम खोकी आस्थमा नहुन पनि सक्दछन् । चुरोट खानेलाई पनि दम, खोकी हुन्छ । आई.एल.डी.मा पनि दम खोकी हुन्छ । त्यस्तै, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज -सी.ओ.पी.डी.), टि.बी. अर्थात क्षयरोग, निमोनिया भएका विरामीहरुमा पनि दम तथा खोकीको समस्या देखा पर्ने गर्छ । तर ती आस्थमा होइनन् ।

त्यसैले, आस्थमा हुन कि त पुस्तैनी वा वंशाणुगत समस्या वा परिवारका कुनै व्यक्तिलाूई त्यो समस्या भएकै हुनुपर्छ । त्यस्तै, मौसमी एलर्जी वा लामो समयसम्म कुनै प्रकारको एलर्जी भएर त्यसले गर्दा खोकी लागेको वा स्वाँ- स्वाँ भएको हुनैपर्छ ।

# रोगको लक्षण

१. छिटछिटो सास फेर्नु

२. सास फेर्न असजिलो हुनु

३. खोकीले गर्दा निद्रामा अवरोध हुनु

४. बारम्बार खोकीको अनुभव हुनु

५. खोकी प्रायः राति लाग्नु

६. सासमा घ्यारघ्यार सुनिनु

७. सास फेर्दा सिटी बजेजस्तो हुनु

८. छातीमा पीडा अनुभव हुनु

# दम रोगको घरेलु रोकथामका उपाय

१. अदुवा

अदुवा दमजस्ता खतरनाक रोगहरूलाई उपचार गराउने प्राकृतिक जडिबुटी हो। विशेषज्ञहरूका अनुसार यसले सुन्निएको स्वासनलीलाई राहत दिन्छ र हावालाई आवतजावत गर्न मद्दत पुर्याउँदछ।Ginger For Asthma

अदुवाको जुस, अनारको जुस र महलाई बराबर मात्रामा मिसाउनुहोस्। यो मिश्रणलाई दिनमा ३ चोटी १-१ चम्चा खाएमा दमबाट राहत पाउन सकिन्छ।

सुकेको अदुवालाई मसिनो गरि पिनेर हरेक दिन १ चम्चा अदुवाको धुलोलाई १ गिलास मनतातो पानीमा मिसाएर पिउनाले पनि दमबाट छुट्कारा पाउन सकिन्छ।

१ इन्च अदुवालाई पानीमा राखेर १० मिनेटसम्म उमालेर उक्त पानी पिउनाले पनि दमबाट तुरुन्तै राहत पाउन सकिन्छ। (अदुवा राखेको चिया पिउँदा के-कस्ता फाइदा हुन्छ, पढ्नको लागि यहाँ क्लीक गर्नुहोस्)
तपाईँले काँचो अदुवालाई नुनसँग मिसाएर पनि खान सक्नुहुन्छ।

२. तोरीको तेल

दमघात भएको बेलामा, तोरीको तेलले हलुका मसाज गर्दा स्वासनलीलाई खुलाउँदछ र स्वास फेर्नमा कुनै बाधा पुर्याउँदैन।Mustard Oil for Asthma

थोरै तोरीको तेललाई कपूरको धुलोसँग तताउनुहोस्।
त्यसलाई एकछिनसम्म चिसो बनाउनुहोस् र मनतातो भएपछि बिरामीको छाती र ढाडमा हलुका मसाज गरिदिनुहोस्।

३. लसुन

दमको प्रारम्भिक चरणको बेला लसुनको प्रयोगले फोक्सोमा परेको दवावलाई कम गराउँदछ।Garlic For Asthma

१ कप दूधमा २/३ कोसा लसुन राख्नुहोस् र उमाल्नुहोस्।
कोठाको तापक्रममा त्यसलाई चिसो बनाउनुहोस् र पिउनुहोस्।
तर, तपाईँ यी ५ प्रकारका व्यक्तिहरूमध्येमा पर्नुहुन्छ भने लसुनको प्रयोग नगर्नुहोस्।

४. कफी

Coffee For Asthmaकफी सेवन गर्नुको धेरै फाइदाहरू छन्। कफीमा पाइने ‘क्याफिन’ले स्वासनलीलाई आराम प्रदान गर्दछ र तपाईँलाई स्वास फेर्न सहज गराउँदछ। कफी जति कडा भयो, त्यति नै राम्रो! तर दिनमा ३ कपभन्दा बढी कफी नपिउनुहोस्। यदि तपाईँलाई कफी मन पर्दैन भने, कालो चिया पनि पिउन सक्नुहुन्छ। तर हरेक चोटी दमले आक्रमण गरेको बेला कफीको सहायता नलिनुहोला।

५. प्याँज

प्याँजमा जलनलाई प्रतिरोध गर्न सक्ने विशेषता हुन्छ जसले स्वासनलीमा भएको बाधालाई कम गराउँदछ। साथै, प्याँजमा पाइने सल्फरले पनि सुन्निएको स्वासनलीलाई राहत प्रदान गर्दछ। (प्याँज काट्दा किन आँशु आउँछ? पढ्न यहाँ क्लिक गर्नुहोस्)Onion For Asthma

दमले आक्रमण गरेको बेला काँचो प्याँज चपाउनुहोस्। यदि काँचो प्याँजको स्वाद मन पर्दैन भने बफाएको प्याँज पनि खान सक्नुहुन्छ।

६. कागती

दमबाट ग्रसित अधिकांश व्यक्तिहरूमा ‘भिटामिन सी’को कमी भएको हुन्छ। कागतीमा प्रशस्तै भिटामिन सी र एण्टिअक्सिडेन्टहरू पाइन्छन् जसले दमको लक्षणलाई केहि क्षणमै कम गराउँदछ।Lemon For Asthma

बिहानै, १ गिलास मनतातो पानीमा एउटा कागतीको रस मिसाउनुहोस् र आफ्नो स्वाद अनुसार चिनी मिसाएर पिउनुहोस्।
यसो गर्नाले दिनभरी दमले आक्रमण गर्न सक्ने सम्भावना कम हुन्छ।

सावधानी

१. जाडोमा हरेक समय न्यानो लुगा लगाउने

२. कोल्ड डि्रंक, आइस आदि नखाने

३. फ्रिजका खानेकुरा पनि नखाने

४. बालबालिकालाई सिरक ओढाएर सुताउने

५. बिहानबेलुका घरबाहिर ननिस्कने

६. रुखा, खोकी वा सासको समस्या देखिए जँचाउने

७. धुलोबाट बच्ने, धुलीकण घातक हुन सक्छ

८. घरपालुवाबाट टाढा रहने

९. घरपालुवालाई सातैपिच्छे नुहाइदिने

१०. एलर्जीको परीक्षण गराउने

११. धूमपान नगर्ने, भए ठाउँ नजाने

१२. एयरटाइट गद्दा, बक्स स्पि्रङ र सिरान उपयोग नगर्ने

१३. करेसाबारी वा पातको थुप्रोमा काम नगर्ने, नखेल्ने

१४. दमको अटयाक हुनासाथ नहड्बडाउने

१५. कुहिरो र हुस्सुमा नहिँड्ने

१६. भीडभाड भएको ठाउँमा नजाने

१७. राति हलुका खाना खाने

१८. सुत्ने कोठामा हिटरको उपयोग नगर्ने

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #दम #दम रोगका रोचक तथ्य #लक्षण