महिला वा पुरुष जो भए पनि कपाल झर्ने समस्या बाट चिन्तित हुनुहुन्छ ? अब यति कुरा जान्नुहोस्

कपालको काम टाउकोलाई सुरक्षा प्रदान गर्नु मात्रै होइन । अत्यधिक चिसो र अत्यधिक तातो बाट मस्तिष्कलाई जोगाउने काम पनि कपाल कै हो । अझ त्यसमाथी कपालले सुन्दरता थप्ने काम पनि सँगसँगै गरिरहेको हुन्छ । केटामान्छेले कपाल छोटो अवस्था मै काट्ने गरे पनि धेरै जसो केटीहरुले सुन्दर देखिनका लागि कपाल लामो हुने गरेर पाल्ने गर्छन् । सामान्यतया पुरानो कपाल झरिराख्ने र नयाँ पलाइराख्ने प्रक्रिया भइरहेको हुन्छ । तर कहिलेकाहीं असामान्य तरिकाले कपाल कमजोर हुने र झर्ने गर्न थाल्दछ । यसका अनेक कारण हुन सक्छन् ।

अचेल मानसिक तनाव, चिन्ता, पाचन प्रणालीको समस्या, अपर्याप्त पोषण, औषधिको साइड इफेक्ट, प्रदूषित वातावरण, खाद्यपदार्थमा विषादी रसायन आदिको अधिकतम प्रयोग र प्रकृतिबाट टाढिने प्रक्रियाले गर्दा शरीरका विभिन्न अंगसँगै कपाललाई पनि प्रभावित गर्न थालेको छ । अचेल तीस बर्ष नकटी युवायुवती कपाल झर्ने समस्याले पीडित हुन थालेका छन् । यसैले होला, कपाल झर्न रोक्ने दाबी गर्ने सौन्दर्य उत्पादनको बिक्री समेत हाम्रो मुलुकमा दिनहुँ बढ्दो छ ।

१. वंशाणुगत गुण

यदि परिवारमा कसैको कपाल झरेको थियो, आफ्नो बाबु वा आमाको पुस्तामा कसैमा यो समस्या थियो भने सोको कारण पनि तपाइको कपाल झर्न सक्दछ । वंशाणुगत गुण हो कपाल झर्ने भने यसको समाधान थप जटिल बन्ने गर्छ ।

२. अस्वस्थकर खाना

डाइटमा सही मात्रामा पोषण नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन थाल्छ । जसको कारण कपाल झर्ने समस्या निम्तिन्छ ।

३. धुम्रपान

चुरोटमा हुने निकोटिनको कारण रगतका नशा साँघुरिन थाल्दछन् । जसको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ । यसले शरिरको अंगहरुको साथ कपाललाई पनि असर पुर्याउँछ ।

४. रक्सी

बढी रक्सी पिउँदा शरिरमा टक्सिक पदार्थ बढ्न थाल्छ । आइरन, जिङ्क, पानीमा कमी हुन्छ । फलत: कपाल झर्छ ।

५. चिन्ता

कपाल झर्नुमा अर्को प्रमुख कारण हो चिन्ता । चिन्ताले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ । साथै शरिरको शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ ।

तपाईले कपाल झर्नुका कारणहरु त थाहा पाउँनु भयो । यदि यसमध्ये केहि कारणहरु तपाईको आदतका रुपमा बसेका छन् भने तिनलाई हटाउँनु या कम गर्नु राम्रो हुन्छ । यसका अतिरिक्त केहि उपचारहरु पनि कपाल झर्न रोक्नका लागि लाभदायक हुन्छन् । यहाँ केही सामान्य घरेलु टिप्सहरु दिएका छन् । यिनको प्रयोग निरन्तर धैर्य राखेर गर्नुभयो भने पक्कै पनि कपाल झर्ने समस्याबाट छुटकार पाउन सकिन्छ । प्रयोग गरेर हेर्नुस् ।

– नुहाएपछि टाउकोमा घ्युकुमारी दल्ने र १५ मिनटपछि धुने । यसो गर्नाले पनि कपाल झर्ने क्रम रोकिन्छ । सातामा तीनपटक यस्तो गरेमा चाँडै सुधार देख्न पाइन्छ ।

– पानीमा नीमको पात हालेर पानी आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी सेलाएपछि कपाल धुनाले कपाल बलियो हुन्छ । नीमपानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।

– सुकेको अमला तोरी अथवा नरिवलको तेलमा केही बेर भिजाइ मसाज गर्दा कपाल बलियो हुन्छ ।

– राती मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लाग्नेगरी टाउकोमा दल्ने । ४० मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल झर्ने क्रम रोकिन्छ ।

– प्याज पिसेर यसको रस निकाल्ने, त्यसमा रुवा चोपेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ ।

– ग्रीन टीको दुईवटा ब्याग तीन कप तातो पानीमा डुबाउने र यसलाई नसेलाइञ्जेलसम्म त्यसै छोडिदिने । त्यसपछि सेलाएको पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा कपाल बलियो हुन्छ ।

– अण्डाको पहेँलो भाग हटाइ सेतो भाग कपालको जरासम्म पुग्नेगरी टाउकोमा दल्ने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ ।

– कपाल बढी नै झर्ने गरेको छ भने सातामा पाँच दिन करिब ३० मिनेटका हिसाबले व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा टाउकाको रक्तसञ्चार तीव्र भई अक्सिजन पुग्छ र कपाल कमजोर हुन पाउँदैन ।

– कपाल झर्ने समस्या भएकाले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।

– समयसमयमा कपालमा मेहदी लगाउनाले पनि कपाल बलियो हुन्छ ।

– कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनुपर्छ ।

# के नगर्ने

– कपाल झर्ने समस्या भएकाले कपाल कसेर बाँध्नु हुँदैन ।

– कपाल भर्ने समस्या छ भने कपाल कोरिरहनु हुँदैन । यसो गर्दा कपाल झर्ने क्रम बढ्न जान्छ ।

– कपाल झर्ने समस्या छ भने घाममा धेरै हिँड्डुल गर्नु हुँदैन । घाममा निस्किँदा छाता बोक्नुपर्छ ।

– कपाल बढी नै झर्ने गरेको छ भने बढी तातो पानीले नुहाउनु हुँदैन ।

– कपाल नझरोस् भन्ने चाहनेले कपाल रंगाउने, स्ट्रेट गर्नु हुँदैन । कपाललाई प्राकृतिक अवस्थामै रहन दिनुपर्छ ।

– कपाल भर्ने समस्या भएकाले नुहाएपछि कपाल जोडसँग पुछ्नु हुँदैन ।

– कपाल झर्ने समस्या छ भने रातो मासु कम खानुपर्छ ।

– फर्सीको बियाँ (सुकाएको), बन्दा, ब्रोकाउली, काउली, दाल आदि बढी खानुपर्छ ।

– जंक फुडमा क्यालोरीको मात्रामात्रै उच्च हुने र अन्य पोषक तत्व नहुने भएकाले यसले कपाल थप झार्न सक्छ ।

यस्ता छन्, कपाल झर्ने समस्याबाट बच्ने उपायहरु –

यहाँ हामीले आयुर्वेद, अन्य प्राचिन तरिका र घरेलु उपायहरुका बारेमा केहि जानकारी राखेकाछौँ जसले कपाल झर्ने समस्याबाट बचाउँछ । यी मध्ये कुनै विशेष उपाय विशेष व्यक्तिहरुका लागि लाभदायक हुन्छन् र अरु नहुन सक्छन् । भन्नुको अर्थ, व्यक्ति अनुसार पनि यस्ता उपाय फरक फरक हुन सक्छन् । यसैले कुनै उपाय केहि दिन अपनाएर काम गर्छ कि गर्दैन भन्ने हेर्नु लाभदायक हुन्छ ।

१.प्याज र फिटकिरी

प्याजमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ । यसले कपाल झर्नबाट रोक्न मद्दत गर्छ । तीन वटा प्याज र फिटकिरीको सानो टुक्रा लिनुहोस् । प्याजको रस निकालेर फिटकिरी पिसेर मसिनो धूलो बनाउनुहोस् र त्यसलाई मिलाएर रातभर कपालमा लगाई छाडिदिनुहोस् त्यसपछि बिहान कपाल राम्रोसंग धुनुहोस् । यो कार्य हप्तामा दुईपटक गर्नु आवश्यक हुन्छ । जसले तपाइँको कपाल झर्नबाट रोक्छ ।

२.केरा र अण्डा

एक एक वाटा केरा र अण्डा लिनुहोस् र केरा अण्डा मिलाएर पेस्ट बनाउनुहोस् र कपालमा लगाएर आधाघण्टा छाडिदिनुहोस् । त्यसपछि मनतातो पानीले कपाल धुनुहोस् । यसो गर्नाले केही दिनपछि कपाल झर्न बिस्तारै रोकिन्छ ।

३.अण्डा र ग्रीन टी

अण्डा खानाले शरीरलाई जति नै फाइदा गर्छ त्यतिनै कापालका लागि पनि फाइदाजनक हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटीन हुन्छ । त्यसैले एक वटा अण्डाको सेतो भाग र दईचम्चा ग्रीन टीको पेस्ट बनाएर कपालको जरासम्म लगाउनुहोस् र आधाघन्टा पछि सफा पानीले धुनुहोस् । यो हप्तामा तीन पटक सम्म गर्नुभयो भने तपाइँको कपाल झर्ने समस्या समाधान हुन्छ । यसका साथै दैनिक रुपमा नियमित पौष्टिक आहारको सेवन गर्नु, नियमित ब्यायाम गर्नु तथा प्रशस्त मात्रामा निदाउनु पनि जरुरी हुन्छ ।

४.योगा गर्नुहोस्

विश्वास गर्नुस्, नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।

५. तातो तेलले मालिस गर्ने

तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरा सम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।

६. कागतीको रसमा अमलाचूर्ण
कागतीको रसमा अमलाचूर्ण र पानी मिसाएर लेदो बनाएर टाउकोमा लगाएर एक–डेढ घण्टापछि धुँदा कपाल झर्न रोकिनुका साथै चायासमेत कम हुन्छ । सातामा दुई पटक यस्तो गर्नु पर्दछ | कपाललाई स्वस्थ र निरोगी राख्न झर्ने समस्या नभएकाहरूले समेत यो प्रक्रिया अपनाउँदा यसले भविष्यमा हुन सक्ने सम्भावित कपाल झर्ने प्रक्रियाबाट बचाउ हुन्छ ।

७. अश्वगन्धा, ब्राह्मी तेल, सिकाकाई, भृंगराज आदिको उपयोगले कपाल झर्न रोक्ने मात्र नभई यसले कपाल उमार्ने काम गर्दछ |

८.अझ भृंगराजले त फुलेको कपाललाई कालोसमेत बनाउन छ । भृंगराजको १५/२० वटा पातको पेस्ट बनाएर २० मिनेटसम्म टाउकोमा लगाएर राख्ने र यसपछि स्याम्पु लगाएर धुँदा धेरै फाइदा पुग्छ ।

९.जटामसीसमेत कपालका लागि अत्यन्त लाभकारी मानिन्छ । यसले छालाहरूको खराबी हटाउनुका साथै रगतलाई शुद्घीकरणसमेत गर्छ । जटामसीले तालुमा रक्तसञ्चार राम्रो गराउँदा त्यहाँ पोषकतत्त्व आदि पुग्छ र कपाल झर्नबाट रोकिने मात्र नभई झरेको कपालसमेत पलाउँछ । जटामसीको ५/६ थोपा तेललाई हामीले लगाउने नरिवल वा अन्य तेलमा मिसाएर टाउकोमा १५ मिनेटसम्म मालिस गरेर आधा घण्टापछि टाउको धुँदा फाइदा पुग्छ ।

१०.हाम्रो भान्सामा उपयोग हुने मेथी कपाल झर्नबाट रोक्ने राम्रो उपाय हो । यसका लागि दुई चम्चाजति मेथी भुटेर पिँधी थोरै पानी राखेर पेस्ट बनाएर २० मिनेट कपालमा राखेर त्यसपछि धुनुपर्छ । यसले कपाल झर्नबाट रोकिनुका साथै चायालाई पनि हटाउँछ र छालाको स्वास्थ्य राम्रो पार्छ ।

११.नरिवल, महाभृंगराज, अमला, सिसिम विज, बदाम, ब्राह्मी तेलमध्ये कुनै एकले ४५ मिनेटसम्म टाउकोमा मालिस गर्दासमेत कपाल झर्न रोक्न सहयोग गर्दछ | तेल मालिसले टाउकोको रक्तसञ्चार बढाउनुका साथै जरा उत्पन्न हुने वा कपाल झरेको ठाउँमा फेरि कपाल पलाउ सहयोग गर्दछ |

१२.यस्तै पिप्पली, मरिच, दूध, कागतीको बीउको पेस्ट बनाएर रौँ झरेको ठाउँठाउँमा बेलुका लगाएर बिहान धुँदासमेत धेरै फाइदा पुग्छ ।

१३.आधा कप घ्यूकुमारीमा तीन चिया चम्चा नरिवलको तेल मिसाएर २० मिनेटसम्म तालु र कपालमा लगाएर मनतातो पानीले पखाल्दासमेत फाइदा पुग्छ । यस्तै भृंगराज, अमला, सिकाकाई, ब्राह्मी सबैको मात्रा मिलाएर पेस्ट बनाई सकेसम्म दिनहुँ, नभए साताको तीन पटक तालुमा लगाउँदासमेत कपाल झर्न रोकिन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।