बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।

बाथ रोग धेरै प्रकारका हुन्छन् । अहिलेसम्मको तथ्याड्क अनुसार बाथ रोग १०० भन्दा बढी प्रकारका छन् । नेपालमा अधिकाशंमा ४ प्रकारका बाथ रोग पाइन्छ

बाथ रोग के हो ? यसको लक्षण र उपचार

१. हड्डी दुख्ने बाथ रोग ।

२. मांशपेशी दुख्ने बाथ रोग ।

३. मुटु दुख्ने बाथ रोग र

४. नशा दुख्ने बाथ रोग ।

मांशपेशी दुख्ने, मुटु दुख्ने र नशा दुख्ने बाथ रोगीहरुको तुलानामा हड्डी खाने बाथ रोग बढी पाइन्छ । यसमा हड्डी वा जोर्नी दुख्ने,जोर्नीहरु कट्कट्ती दुख्ने, सुनिने, चिलाउँने आदि समस्या देखिन्छ ।

बाथ रोगका लक्षण

१.जोर्नी दुख्ने, सुनिने ।

२.कसैलाई शरीरको पुरै भाग दुख्छ त कसैलाई आधा भाग दुख्ने ।

३.शरीरमा निला, राता, डाम देखा पर्ने ।(नेपालमा अझै पनि काँही काँही यस्ता निलडामलाई बोक्सीले चुसेको भन्ने अन्धविश्वास रहेको छ )

४.घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पइताला झम्झमाउने वा दुख्ने ।

५. हड्डी सुनिने ।

६. जतिखेरै जाडो भए जस्तो वा मुटु कामे जस्तो हुने ।

७.श्वास फेर्न गाह्रो हुने ।

८. गर्भ तुहिने ।

९. खोकी लाग्ने, कसै कसैलाई खकारमा रगत पनि देखा पर्छ ।

१०. चिसो पानीमा हात राख्दा हातको छालाको सेतो हुने । छाला बिस्तारै बिस्तारै तन्किदै जाने र कडा हुने ।

चिकित्साशास्त्रमा बाथरोग लाग्ने मूख्य कारण र बच्ने उपाय अहिलेसम्म खासै पत्ता लागेको छैन् । बंशाणुगत गुणले पनि बाथरोग लाग्न सक्छ । बाथ रोगले चिसो याममा बढी सताउने गर्दछ । अस्वस्थ खानपान, विलासी जीवनशैली र कुलतबाट टाढै रहे बाथ रोगबाट केही हदसम्म जोगिन सक्छ ।

बाथरोग हेर्दा सामान्य भए पनि यसको बेलैमा उपचार गर्न सकिएन भने, गम्भीर अवस्था निम्तन सक्छ । बाथ रोगको उपचार भनेकै बाथलाई थप बढ्न नदिने हो । यो रोग लागि सकेपछि पूर्ण निको पार्न सकिदैन् । तर चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्दा कम गर्न भने सकिन्छ ।

बाथरोगको उपचारमा चिकित्सकको भूमिका

बाथ रोगको उपचारमा बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन । रोगको बारेमा राम्रोसँग जानकारि गराउनु, बिरामीले सेवन गर्ने औषधिको असरहरुबारे जानकारी गराउने जिम्मेवारी पनि चिकित्सककै हो । त्यसैगरी आवश्यक अन्य विभागका चिकित्सकहरुको परामर्श तथा उपचार सेवाकालागि अन्य चिकित्सककहाँ रेफर गर्नुपनि उपचार नै हो ।

हाम्रो देहमा अरुकहाँ रिफर नगर्ने, रिफर गर्दा आफ्नो आत्म सम्मान घटेको अनुभव गर्ने र रेफर गर्दा आफू सानो होइन्छ भन्ने पुरातनबादी सोचका कारण पनि धेरै बिरामीहरु पिडित हुनु परिरहेको अबस्था छ ।

समयमा नै सम्बन्धित विशेषज्ञकहाँ रिफर गर्दा बिरामीले उचित उपचार समयमा नै पाउने र रोगले जटिल रुप लिनबाट जोगाउन सकिन्छ । वाथ रोगिहरु को हकमा यि कुराहरु अझ धेरै सान्दर्भिक देखिन्छ ।

बाथ रोगको उपचारमा हाड जोर्नी र छालाका समस्याहरु मात्र निको पारेर हुँदैन त्यसका अलावा बाथ रोगले निम्त्याउने अन्य रोगहरु र असरहरु समेतको उपचार केवल बाथरोग विशेषज्ञ बाट मात्र संभब छ ।

बाथरोगका औषधिहरु

बाथरोगका औषधिहरु धेरै थरिका हुन्छन् जुलाई डिमार्डस् भनिन्छ । यि औषधिहरु लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । औषधि कहिलेसम्म खाने , कहिले कम गर्ने र कहिले बन्दगर्ने यि सबै कुराहरु अनिवार्य रुपमा बाथ रोगका चिकित्सकको निगरानीमा गर्नुपर्ने हुन्छ ।

बाथ रोगमा औषधिहरु ‘इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता कम गर्ने किसिमका औषधि) भएका कारणले समय समयमा यि औषधिहरुले गरेका असरहरुबारे जान्नकालागि रगतको जाँच, पिसाबको जाँच, एक्स रे लगायतका जाँच गर्नुपर्ने हुन्छ ।

यि औषधिहरुले रगतमा कमी ल्याउने कलेजोमा असर पुर्याउने पनि हुन्छ त्यसैले चिकित्सककले बोलाएको समयमा रगत जाँच गराई अनुगमनका लागि अनिबार्य रुपमा आउनुपर्ने हुन्छ ।

खाने औषधि बाहेक नासामा या छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन् जसलाई बायोलोजिक्स भनिन्छ । यि सुईहरु कोही सातामा एकपटक र केही दुईहप्तामा एकपटक वा दुई महिनामा एकपटक दिनुपर्ने किसिमका पनि छन् ।

मुखबाट सेवन गरेको औषधिहरुले ठिक नभएको खण्डमा यि सुइहरु प्रयोग गर्न सकिन्छ । यि सुइहरु अत्यन्त महँगा भएपनि अत्यन्त प्रभावकारी हुन्छन् । बाथरोग नयाँ रोग भने अबश्यपनि होइन ।

यि रोगहरु त बर्षौ पहिलेदेखि रहेका भएपनि सायद अध्ययन अनुसन्धानको अभावमा पहिचान मात्र हुन नसकेको अबस्थामा थिए । पछिल्लो समयमा यस रोगमा विशेषज्ञतम हाँसिल गरेका चिकित्सकहरु बढ्दै गएका कारण आगामी दिनमा बाथ रोगको राम्रो निदान निरुपण र उपचार हुनसक्ने अपेक्षा गर्न सकिन

यस्ता छन्, बाथ रोग लाग्नुको कारणहरु

-बढी चिल्लो भएको खाना धेरै खानु,

-अपच,

-खाना खाएको लगत्तै धेरै पानी पिउनु,

-कुपोषण,

-काम गरेर आउने वितिक्कै वा गर्मीबाट आउने वितिक्कै चिसो पानी खानु,

-व्यायाम नगर्नु वा धेरै गर्नु,

-जोर्नीमा युरिक एसिड जम्मा हुनु ।

-माँसाहारी खाना,

-वशागुणगत

-जोर्नीको सँक्रमण

-पिरो मसालेदार, तारेको खानु

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #बाथ #बाथ रोग #बाथ रोग लाग्नुको कारण