ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । तिहारमा भाई पूजाका लागि नभई नहुने ओखरको धार्मिक मात्र नभई स्वास्थ्यको दृष्ट्रिकोणले पनि निकै लाभदायी छ । ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्दछ ।

दिनहु एक ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्र हुन्छ । र यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छन् । यसले जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका मदत गर्छ।

यसको सेवनले जाडोमा शरीरलाई तातो बनाउन सहयोग पुर्याउछन् । यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरूबाट छुटकारा पाउछन् ।

दिनहुँ दूधका साथ ओखर खाँदा घुँडा, जोर्नी र कम्मर दुख्ने कम हुन्छ । बच्चाहरूलाई दूधसँग ओखर खुवाउँदा दिमाग तेजिलो हुन्छनन् । यसमा मेलाटोनिन हर्मोन हुन्छ जसले राम्रो निद्रा लाग्न सहयोग गर्छन् । ओखरको सेवनबाट महिलामा मधुमेह र स्तन क्यान्सर रोगहरु कम हुन्छन् ।

यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ ।

ओखरका फाइदा, यस्ता छन्

-ओखरमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्सका साथैओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् । जुन गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ ।

-ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

-ओखरमा फ्याटको मात्रा कम हुने भएकाले वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ ।ओखर मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ ।

-ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै
मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

-ओखरमा पर्याप्त मात्रामा ओमेगा – ३, फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट
छुटकारा पाउन सकिन्छ ।

-यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ ।

-ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

-ओखरको प्रयोगले अनावश्यक तौल कम गर्न सकिन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #ओखर #ओखर खादा हुने फाइदा #ओखरका फाइदा