पालुंगोको तरकारी सामान्यत रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ । यसको बीउ शीतल दिने खालको हुन्छ । श्वाश फेर्न कठिनाइ भएको, कलेजो सुन्निने भएकाहरुका लागि यसको तरकारी उपयोगी हुन्छ ।

नियमित रुपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढनुका साथै आयोडिनका कारण दिमागी थकान समेत कम गर्न मद्दत गर्छ । जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु निकै फाइदाजनक हुन्छ । रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।

पालुंगो साग खानुको फाइदा, यस्ता छन्

पालुंगोको सगको प्रयोगले छालामा पीलो वा दाना पलाएमा पालुंगोका पातलाई पानीमा उमालेर धुँदा छिट्टो निको हुन्छ ।

पालुंगो र कागतीको रसका दुई वा तीन थोपामा ग्लिसरिन मिसाएर छालामा दलेर सुत्ने बेलामा लगाउँदा छाला सुक्खा हुन पाउँदैन ।

पालुंगोले पाचनतन्त्रलाई सन्तुलनमा राखेर भोक बढाउन मद्दत गर्छ ।

पालुंगो र गाजरको रसमा दुईचार थोपा कागतीको रस हालेर पिउँदा अनुहार सुन्दर र कान्तिमय हुन्छ ।

पालुंगोमा शरीरका लागि आवश्यक अनेकौं अमीनो एसिड, फोलिक एसिड, प्रोटीन, भिटामिन ए र आइरन तत्त्व पाइन्छन् ।

यसमा भएको बीटा केरोटिन नामक भिटामिनले आँखा बलियो बनाउँछ ।

पालुंगोले रुखो छालालाई नरम बनाउँछ अनि आँखामा चमक ल्याउँछ । पालुंगोको पेस्ट अनुहारमा लगाउनुभयो भने सबै दागधब्बा हराउँछन् ।

थाइराइडको समस्या भएकाहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।

पालुंगो साग वायु कारक, शीतल, कफ बढाउने, श्वास, पित्त, रक्त बिकार एवं ज्वरोलाई हटाउन मद्दत गर्छ।

पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ ।

 

पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई शरीरको संरक्षक खाद्य पदार्थ हो ।

पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवलको पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलामा परेको पत्थरी हटाउन सहयोग पुग्छ ।

पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा श्वाश प्रश्वाशका रोगीलाई फाइदाजनक हुन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #चमत्कारी फाइदाहरु #पालुंगो साग #पालुंगो साग खानुको फाइदा