काँक्रो गर्मि मौसममा धेरै लाभदाहि मानिन्छ । यसमा ९६ प्रतिशत पानि हुन्छ । काक्रा हामी तेतिकै खान सक्छौ भने यसलाई आचार बनाएर पानी खान सकिन्छ ।

कहिँ गर्मिमा हिनेर गलेको आवस्था छ भने काक्रा खादा निकै आनन्द महसुस हुन्छ । साथै काँक्रोका अन्य फाइदाहरु पनि छन् ।

काँक्रोका फाइदाहरु यस्ता छन्

– काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसँग लड्न मद्दत गर्छन् ।

– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ ।

– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ ।

– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ ।

– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो ।

– काँक्रोले युरिक एसिडको लेभललाई पनि घटाउँछ ।

– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।

– काँक्रोको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यसकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ ।

– मिर्गौलाको पत्थरीको लागि यो निकै लाभकारी मानिन्छ ।

– काँक्रोमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा बृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ ।

 

 

– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ ।

– काँक्रोको चानाले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #काँक्रो खानुका फाइदा #काँक्रोका फाइदा #काँक्रोको अचम्मका फाइदा