अमला अति स्वस्थकर फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला एक बहुगुणकारी फल हो ।

गर्मि मौससमा धेरै रसिलो फल हो अमला । रसिलो संगै यसले स्वास्थमा धेरै फाईदा पुर्याउछ । ल अमलाको फल खादा मात्र होइन यसको छहारीमा बसेर खादा समेत स्वास्थमा धेरै फाईदा पुग्छ ।

अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ । यो एउटा सानो पतझर रुख हो |

अमला खानुस्, बिभिन्न समस्याबाट जोगिनुस्

कब्जियत

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

अरुचि

दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

रगत बग्ने

रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

शरीरको गर्मीपना हटाउन

जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

 

 

चिलाउने समस्या

सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।

आँखाको दृष्टिशक्ति बढाउन

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

स्वास गन्हाउने

अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कपालको चाया

हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

भिटामिन सीको कमी पूरा गर्न

अमला भिटामिन सीको प्रमुख स्रोत हो । त्यसैले यसलाई भिटामिन सीको भण्डार पनि भनिन्छ । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छन् । यी रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई पूर्ति गर्न अमलाको नियमित प्रयोग अति प्रभावकारी हुन्छ ।

पेट सफा गर्छ

दैनिक एउटा अमला खानेहरुमा पेटको समस्या हुदैन । ग्याष्ट्रिक, अपच, कब्जियत जस्ता पेट सम्बन्धी समस्या नियन्त्रण गर्न अमला प्रभावशाली औषधी हो । अमलाको रस अथवा सुकेको धुलोलाई दुधमा मिलाएर पिउनाले कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

मुटुको समस्या

अमला खाँदा नराम्रो कोलेस्ट्रोलको स्तर कम हुन्छ र हृदय रोगबाट बच्न सहयोग गर्दछ ।

तौल कम

शरिरमा मेटाबोलिजम बढ्छ र तौल निकै तिब्र रुपमा कम हुन थाल्छ ।

पाचन

फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । यो खाँदा कब्जियतको समस्या हट्छ ।

कमजोरी

भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरिरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

अनुहारमा चमक

यो खाँदा शरिरको टक्सिन टाढा रहन्छ र अनुहारको चमक बढाउन सहयोग गर्दछ ।

राम्रो कपाल

यसमा पाइने एन्टिअक्सिडेन्टले कपाल चम्किलो बनाउने र कपाल झर्ने समस्याबाट पनि मुक्ति दिन्छ ।

क्यान्सर

अमलायी रोग र समस्यामा अमलाले फाइदा गर्छ
मा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ

 

 

जाडोमा अमला किन खाने ? जान्नुहोस

१. अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसको नियमित सेवनले शरीरको सेल बढाउनुका साथै स्फूर्त पनि राख्छ ।

अझ महिलामा देखापर्ने विभिन्न शारीरिक समस्याबाट मुक्त राख्न अमलाले विशेष भूमिका खेल्ने गर्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढै राख्छ । रक्त सञ्चालन गराउँछ र मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउने गर्छ ।

२. अमलाले कपाललाई पनि निकै फाइदा पुर्याउँछ । यसले कपाललाई बाक्लो, कालो र चम्किलो बनाउँछ । यसले कपाललाई टुक्रनबाट रोक्छ । अमला खानुका साथै कपालमा कुटेर लगाउनाले पनि कपाल राम्रो हुन्छ ।

३. अमलामा पानीको मात्रा हुने भएकाले यसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ । अमलाले अनावश्यक नून, एसिडलाई पनि पिसाबका माध्यमबाट बाहिर निकाल्ने गर्छ । यसका कारण युरिक एसिड, मिर्गौलाका समस्या हटेर जान्छ ।

४. रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ ।

५. अमलाले आँखाको ज्योति बढाउन मद्दत गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाइदा पुग्ने गर्छ ।

६. अमलाले रगतमा चिनीको नियन्त्रण गर्छ । चिकित्सकले समेत मधुमेह रोगका बिरामीलाई अमला खान सल्लाह दिने गर्छन् । अमलालाई मुरब्बा, जुस, अचार जे बनाएर पनि खान सकिन्छ ।

यसले मेटाबोलिज्म बढाएर शरीरलाई तागत दिन्छ । यसमा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउने गर्छ । अमला खाँदा कब्जियत, अपच, पखालाजस्ता समस्या समाधान गर्छ ।

७. अमलाको सेवनले अनिद्राको समस्या कम हुन्छ ।

८. कोही मानिस उमेरै नपुगी बुढो देखिन्छन् । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #अमला #अमला खाँदाको फाइदा #अमलामा धेरै भिटामिन #अमलाले फाइदा