सुन्तला मिठो फल मात्र नभई यसले हम्रो शरीरलाई पनि फाइदा गर्छ कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक रहेको छ ।

सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।

सुन्तला खानैपर्ने ११ कारण

१. क्यान्सरको जोखिम घटाउँछ

सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ । सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ ।

२. मिर्गाैला स्वस्थ राख्छ

सुन्तला खाइरहने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

३. कलेजो जोगाउँछ

सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

४. कोलेस्टरोल घटाउँछ

सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । तसर्थ, उच्च कोलेस्टेरोल भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ ।

५. मुटु बलियो बनाउँछ

सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्याउछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

६. भाइरल इन्फेक्सन हटाउँछ

सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

 

 

७. कब्जियत खुलाउँछ

कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

८. आँखा तेजिलो बनाउँछ

सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैन ।

९. रक्तचाप नियन्त्रण गर्छ

सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

१०. छालाको सुरक्षा गर्छ

सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ । सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ ।

११. रोग प्रतिरोधात्मक क्षमता

सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । तसर्थ जाडोको समयमा सुन्तला खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो ।

सुन्तलाको बोक्राको फाइदा

-पेस्ट लगाइसकेपछि केहीबेर सुक्खा हुन दिनुहोस् । तर, महले पूर्ण रुपमा सुक्खा हुन भने दिँदैन ।

-यसका लागि सानो कचौरामा सुन्तलाको धुलो र एक चम्चा मह लिनुहोस् । अनि यसको पेस्ट बनाउनुहोस् ।

-जब पेस्ट आंशिक रुपमा सुक्खा हुन्छ, त्यसपछि बिस्तारै मसाज गर्नुस् ।

-त्यसपछि आफ्नो अनुहारलाई पानीले सफा गर्नुस् । नियमित यस्तो गतिविधि एक महिनासम्म गरेमा राम्रो परिणाम दिन थाल्छ ।

-सुन्तलाको बोक्रामा भिटामिन सी हुन्छ । जसले फ्री रेडिक्लससँग लड्ने काम गर्छ । परिणाम रौँ उम्रिने प्रक्रियामा ढिलाइ उत्पन्न हुन्छ ।

-सुन्तलाको बोक्राले प्राकृतिक ब्लिचिङकोसमेत काम गर्छ । यसका एन्टीअक्सिडेसन हुन्छ । त्यसैले अनुहारको अनावश्यक रौँ हटाउनका लागि सुन्तलाको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ ।

-त्यसपछि आफ्नो गाला र अन्य आवश्यक ठाउँमा पेस्टलाई राम्रोसँग लगाउनुहोस् ।

तौल घटाउनको लागि यसरी प्रयोग गर्नुहोस, सुन्तला

एउटा सुन्तलामा ६० देखी ७० क्यालोरी शक्ति हुन्छ । सुन्तलामा पाइने घुलनशील फाइबरले तौल घटाउन मद्धत गर्छ । यसमा पाइने फाइबरले भोक पनि कम गर्छ ।

तौल घटाउन क्यालोरी कम खाने र क्यालोरी धेरै खर्च गर्नुपर्छ । तौल पनि घटाउन र स्वस्थ पनि रहन दैनिक शारीरिक व्यायाम नै पहिलो अस्त्र हो । तौल घटाउन सन्तुलित आहार र व्यायामको तालमेल मिल्नुपर्छ ।

यसबाहेक सुन्तला पनि तपाईका लागि तौल घटाउने माध्यम बन्न सक्छ । तर सुन्तला तौल घटाउने बिकल्प भने होइन ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #सुन्तला #सुन्तला सेवन गर्नुको फाइदा #सुन्तलाको बोक्रा #सुन्तलाको बोक्राको फाइदा