याे राेग अामाशयमा अम्लिय मात्रा बढ्नाले हुने राेग हाे । फास्टफुडकाे प्रयाेग बढ्दै गएकाे याे समयमा प्राय व्याक्तिमा याे राेग देखिने गरेकाे छ ।

लक्षण 

याे राेग लागेमा छाती पाेल्ने, अमिलाे डकार अउने, मुखमा पानि अाउने, पेट दुख्ने, जीउ भारी हुने, ग्याँसकाे समस्या हुने, कलेजाे पाेलेजस्ताे महसुस हुने, अमिलाे उल्टी हुने, घाँटी पाेल्ने, कञ्जियत हुने जस्ता लक्षण देखा पर्दछ ।

कारण 

ताताे पदार्थ, धेरै पिराे, मसालेदार खाना खानु, समाेसा, कचाैरी, पकाैडा, भुटेकाे खानेकुरा, मासु, अचार, दही, तित्री, कागती, हरियाे खुर्सानी, प्याज, लसुन, रक्सी, चिया, कफी, सुर्ती, गुट्खा, चुराेट अादिकाे अधिक मात्रमा सेवन गर्नाले अम्लपित्त हुन्छ । चिन्ता गर्नाले, रिस गर्नाले, निद्रा नपुग्नाले, एस्प्रिन जस्ताे दुखार्इ हटाउने अाैषधि खाली पेटमा खानाले, मानसिक तनाब धेरै समयसम्म रहनाले, लामाे समयसम्म भाकै रहनु, अाधा पाकेकाे मासु खानु जस्ता कारणले याे राेग लाग्छ ।

के खाने ?

.  खानामा हल्का खालकाे दाल, भात, जाैकाे सातु, साबुदाना, मिठार्इ, मुंग खानुपर्छ ।

. मक्खन, नाैनी, घ्यू पनि खान सकिन्छ ।

. केरा, सलगम, अमला, कागती, अनार, नरिवलकाे पानी तथा काँचाे नरिवल, काँक्राे अादि खाने ।

. लाैका, परवल, करेला, गाँजर, प्याज, मूला, सलगम, बेथुकाे साग अादि खानुपर्छ । हरियाे धनियाँ धेरै मात्रमा खानु राम्राे हुन्छ ।

. चिसाे दुध एक-एक कम गरेर दिनमा तीनचार पटक  पिउनाले धेरै फाइदा गर्छ ।

. बिहान खाली पेटमा एकदुर्इ गिलास पानी पिउनु पर्छ ।

. अमलाकाे धुलाे एक कप दुधसँग बिहानबेलुका खाना खाइसकेपछि खाने ।

 

 

के नखाने ?

. खाना खाँदा ढिलाे पच्ने खालकाे भारी खाना नखाने ।

. नयाँ अन्न, बेमाैसमकाे खाना, घ्यू-तेलमा तारेकाे, भुटेकाे चीज नखाने ।

. पिराे, मसालेदार, चटपटे, धेरै नुन भएकाे, अचार, दही, अमिलाे, माछा-मासु, अण्डा, हरियाे खुर्सानी, मिठार्इ, सफ्टड्रीङ्क्सजस्ताे राेगलार्इ बढाउने खालकाे खाना नखाने ।

. चिया, कफी, रक्सी, सूर्तीजस्ताे चीजबाट पनि टाढै रहने ।

. मेथी, लसुन, बदाम, तील, भिण्डी नखाने ।

 

राेग हटाउने सहायक उपाय 

के गर्ने ?

रिस, चिन्ता, मानसिक तनावबाट टाढै बस्ने प्रयत्न गर्ने ।

पेटमा माटाेकाे गिलाे पट्टी अाधा घन्टासम्म बाँधेर राख्ने ।

बिहान खाली पेटमा नियमित रूपमा घुम्न जाने ।

सधैँ पूरै शरीर मालिस गर्ने । यसले नाडीकाे उत्तेजना शान्त गर्दछ ।

माेतीकाे माला लगाउँदा पनि फाइदा पुग्छ ।

अम्लपित्त बढेर दुःख दिएमा उल्टी गरेमा फाइदा हुन्छ ।

 

के नगर्ने ?

राेगीलार्इ कब्जियत हुन नदिने ।

दुखार्इ हटाउने दवार्इ विशेष गरी एस्प्रिन खाली पेटमा नखाने ।

धेरै समयसम्म खाली पेट नबस्ने ।

राती अबेरसम्म नबस्ने ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #अम्लपित्त #अम्लपित्त भनेकाे के हाे ? #राेग हटाउने सहायक उपाय