हामीले खाएकाे खानेकुरा राम्राेसँग पचेन भने अपच हुन्छ ।

लक्षण

याे राेग लागेकाे बेला भाेक लाग्दैन, जीउ भारी भएजस्ताे हुन्छ, अमिलाे डकार अाउँछ, छाती पाेलेकाे जस्ताे हुन्छ, उल्टी हुन्छ, पेट फुल्छ, टाउकाे भारी हुन्छ, मुटुकाे धडकन बढ्छ, शरीर अालस्य हुन्छ, जिब्राेमा फाेहाेरकाे पत्र लाग्न थाल्छ । जब राेग पुरानाे हुन्छ, तब पेटमा ग्यास बढ्ने समस्या देखापर्छ ।

कारण 

भारी खाना, धेरै खानु, कुसमयमा खाना खानु, राम्राेसँग नचपाइकन खानु, धेरै मानसिक परिश्रम गर्नु, शारीरिक परिश्रम नगरी अाराम गर्नु, चिया, कफी, रक्सी, चुराेट धेरै मात्रमा सेवन गर्नु, बासी खाना या अत्याधिक  पिराे मसालेदार खाना खानु, राति अबेरसम्म नसुती बस्नु, डर, रिस र्इष्या, मनमा ग्लानि हुनु, मन नलागेकाे खाना जबर्जस्जी खानु, खाना खाइसकेछि धेरै पानी पिउने गर्नु अादि ।

के खाने ?

१. नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानाे चामलकाे भात खाने ।

२. सुत्नुभन्दा तीन-चार घन्टापहिले नै राम्राेसँग चपाएर खाना खाने ।

३. खाना खानुभन्दा अगाडि र पछाडि अदुवा र कागतीकाे रस अाधा-अाधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।

४. नरिवलकाे पानी, काँचाे गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।

५. बेथुकाे साग र काँचाे मेवा खाने ।

के नखाने ?

१. धेरै बासनादार, बासी, अाधा पाकेकाे खाना नखाने ।

२. मीठाे लाग्याे भन्दैमा एकै चाेटी धेरै खाना पनि नखाने ।

३. अमिलाे, पिराे, मसला, गरम मसला, बेसनबाट बनेकाे चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।

४. पान, बिँडी, चुराेट, तमाखु, रक्सीबाट टाढै रहने ।

५. राती दही नखाने ।

६. खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।

राेग निवारणमा सहायक उपाय 

के गर्ने ?

. सूर्याेदय हुनुभन्दा अगाडि नै उठेर घुम्न जाने र शारीरिक ब्यायम गर्ने ।

. सधैँ नुहाउने ।

. बिहान खाली पेटमा सधैँ एक गिलास पानी पिउने ।

. खाना खाइसकेपछि कफी पिउनु पर्छ, जसले चित्त प्रशन्न पार्छ र स्फुर्ती अाउँछ ।

 

के नगर्ने ?

. राती धेरैबेरसम्म नबस्ने ।

. खाना छिटाेछिटाे नखाने र बीचबीचमा पानी पनि नपिउने ।

. सम्भाेगमा धेरै सहभागी नहुने ।

. मानसिक उत्तेजना नहाेस् भन्नकाे लागि छिटाे-छिटाे, हडबडीमा काम नगर्ने ।

. रिसाउन छाेड्ने ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #अपच #अपच भएमा घरेलु उपाय #खाएकाे खानेकुरा राम्राेसँग नपचे