यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ?

पाचन प्रणालीसँग जाेडिएकाे याे एउटा खास राेग हाे । यसमा अामाशय, खाने नली या सानाे अान्द्राकाे सुरूकाे भागमा घाउ या प्वाल हुन्छ ।

 

लक्षण

याे राेगमा छाती वा नाभीकाे माथिपट्टिकाे भाग दुख्छ । खाली पेट वा खाना खाइसकेपछि पनि दुख्छ, पाेल्छ, बेचैनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि अाराम मिल्छ, रगत छाद्नु, अान्तरिक रत्तश्राव हुनुकाे साथै कालाे रंगकाे दिसा अाउँछ ।

 

कारण

धेरै मानसिक तनाव, चिन्ता, क्राेधमा रहनु, अनियन्त्रित खाना खानु । धेरै रक्सी पिउनु, खाली पेटमा दुखार्इ कम गर्ने दबार्इ खानेजस्ता बानीले अामाशयमा घाउ हन्छ जसलार्इ हामी अल्सर भनेर चिन्छाैँ ।

 

के खाने ?

१. खाना ५-६ पटक थाेरैथाेरै खाने ।

२. चिसाे दूध एकपटकमा एक कप गरेर पटकपटक दिनमा ७-८ पटक खाने ।

३. खानामा दूध, दाल, बिस्कुट, टास्ट, भात, मूंगकाे दाल, साबुदाना, जाउलाे, अाराराेट, मख्खन खाने ।

४. अङ्गुर, पाकेकाे केरा, स्याउ, गाँजर खाने ।

५. प्राेटिनयुत्त पदार्थ, अन्डा, पनिर, दाल अादि खाने ।

 

 

के नखाने ?

१. अत्याधिक ताताे, चिसाे खानाबाट टाढै बस्ने ।

२. खाना एक दुर्इ पटकमात्र धेरै नखाने ।

३. थाेरैथाेरै बारम्बार खानेकुरा खाइरहने ।

४. ताताे खाना छिटाेछिटाे नखाने ।

५. पिराे, मसालेदार, चटपटे तरकारी, अमिलाे महि र छाछ धेरै नखाने ।

६. रक्सी, गाढा रंग हालेकाे चिया, कफि धेरै नखाने ।

७. एक पटकमा धेरै दूध नखाने ।

८. तारेकाे, भुटेकाे खाना धेरै नखाने ।

 

राेग निवारणमा सहायक उपाय 

के गर्ने ?

. खाना  निश्चिन्त भएर विस्तारै चपार्इ-चपार्इ खाने ।

. शारीरिक र मानसिक रूपमा अाराम गर्ने बानी बसाउने ।

. तनाव र चिन्ता हटाउने र हाँस्ने र खुसी रहन सिक्ने ।

. घरबाहिर काम गर्दागर्दै पेट पाेल्न थाल्याे भने २-४ वटा बिस्कुट खाने ।

. शारीरिक एवम् मानसिक शिथिलताकाे लागि शवासन गर्नै ।

 

के नगर्ने ?

. धेरैबेर भाेकै बस्नु माैका अाउन नदिने ।

. व्रत लिन छाेडिदिने ।

. मानसिक तनाव र चिन्तामा डुबेर बस्न छाेडिदिने ।

. राती धेरैबेरसम्म नबस्ने ।

. दुखार्इ हटाउने दबाइ अाफूखुसी नखाने ।

. दिउँसाे सुत्ने बानी नबसाउने । भए हटाउने ।

. कालाे चियाकाे प्रयाेग बिल्कुलै नगर्ने ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।