असामान्य रूपमा पानी मिसिएकाे पातलाे दिसा बारम्बार लाग्याे भने त्याे नै पखाला हाे । याे एउटा सबैले थाहा पाइराखेकाे सामान्य राेग हाे ।

 

लक्षण

पखाला लाग्नुभन्दा पहिला बिस्तारै पेट दुख्नु, कहिले थाेरै गाढा त कहिले पानी जस्तै पातलाे दिसा तेजसँग लाग्नु, शारीरिक दुर्बलता, पेट थिच्दा दुख्नु, जिब्राे सुक्नु अादि लक्षण देखापर्छ ।

 

कारण 

माैसम बदलिनु, पाचन अङ्गकाे काममा गडबडी अाउनु, बेमाैसमी अाहारबिहार, धेरै नुनिलाे, पिराे, मसालेदार खाना खाएमा, पच्न नसक्ने खानेकुरा खाएमा, तारेकाे, भुटेकाे, धेरै चिल्लाे खानेकुरा खाएमा, दुषित फल र पानीकाे प्रयाेग गरेमा, धेरै चिसाे पानी खानु, पहिला खाइसकेकाे खाना पचिनसक्दै फेरि खाना खानु, पेटमा जुका पर्नु, भय, शाेक, दुःख, मानसिक तनाव, अातंककाे प्रभाव, राती धेरै बेरसम्म बस्नु अादि ।

 

 

के खाने ?

१. जीवनजलकाे घाेल वा एक गिलास पानीमा एक चम्चा चिनी र एकचिम्टी नून मिसाएर एकएक छिनमा एकएक कप पिउनु पर्छ ।

२. खानामा दही, भात वा जउलाे खानुर्छ ।

३. चाैलानी, मूंग या मुसुराेकाे दाल पातलाे बनाएर पिउनु पर्छ ।

४. अाराराेट, साबुदानाकाे खीर, बार्ली या छाछ इच्छाअनुसार खाने ।

५. लाैकाकाे तरकारी या दही फिटेर खाने ।

६. एक कप दहीमा एउटा केरा मिसाएर बिहान, दिउँसाे र बेलुका खाने ।

७. कागती, माैसम, सुन्तला, अनारकाे रस खानुपर्छ ।

८. काँचाे तथा पाकेकाे मेवा, उखुकाे रस, गुलियाे स्याउ खानुपर्छ ।

९. बेलकाे सर्वत बनाएर पनि खान सकिन्छ ।

 

के नखाने ?

१. बासी, तारेकाे, भुटेकाे, पिराे, मसालेदार खानेकुरा तथा गहुँबाट बनेकाे ‌खाद्यदार्थ नखाने ।

२. रक्सी, चिया, कफी, दुध नपिउने ।

३. झिँगा बसेकाे, बासी, नछाेपेकाे खानेपिउने चीज नखाने ।

४. फ्रिजमा राखेकाे खानेकुरा बाहिर निकालेर तुरून्तै नखाने ।

५. अमिलाे, अालु, भान्टा, काेभी, अचार नखाने ।

६. अगाडिदेखि नै काटेर राखेकाे प्रदूषित  सलाद नखाने ।

 

राेग निवारणका सहायक उपाय 

के गर्ने ?

. पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने ।

. पेटलार्इ ताताे कपडाले ढाकेर राख्ने ।

. खाना खानुअगाडि हात राम्राेसँग धुने ।

. हातकाे नङ नियमित रूपमा काट्ने ।

. प्याजलार्इ पिधेँर नाइटाेनेर लेप बनाएर लगाउने ।

 

के नगर्ने ? 

. दिसा, पिसाब, अपान बायु नराेक्ने ।

. दिनमा सुत्ने र राती नसुत्ने बानी हटाउने ।

. अाैँलाकाे नङ बढ्न नदिने र नङ भए पनि फाेहाेर जम्मा हुन नदिने ।

. फाेहाेर र बासी पानी नपिउने ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

 

Topics #पखला #पखला लाग्दा के गर्ने ? #पखलाकाे राेकथाम कसरी गर्ने ?