के गर्ने बालबालिकालाई स्वस्थ बनाउन ? जानिराखाै

हामी चाहन्छौं, आफ्ना बच्चा स्वस्थ होस् । तन्दुरुस्त होस् । तगडा होस् । बलियो होस् । फूर्तिलो होस् । सधै सक्रिय र उर्जावान् होस् । यसका लागि कामना गरेर मात्र पुग्दैन, उनीहरुलाई केही कुरामा अभ्यस्त गराउनुपर्छ ।

बालबालिकालाई शारीरिक रुपमा स्वस्थ बनाउन खासै केही गर्नु पर्दैन । उनीहरुको आहारमा विशेष ध्यान दिएर पनि उनीहरुलाई स्वस्थ बनाउन सकिन्छ । जबकी कयौ अभिभावक यस्ता छन्, जो बच्चाको आहारमा खासै ध्यान दिदैनन् ।

‘आफ्नो बच्चाले खाना राम्ररी नखाएको’गुनासो गर्नमा मात्र समय खर्चिने गर्छन् । यस दौरान बच्चालाई कस्तो आहार दिने भन्ने कुरा समेत उनीहरु विर्सने गर्छन् ।

त्यसबाहेक, कामकाजी आमाबाबुका कारण पनि कयौ पटक बालबालिकाहरु स्वस्थ आहारबाट बञ्चित हुने गर्छन् । उनीहरुलाई बच्चासित बसेर खाने फुर्सद समेत हुँदैन । जबकी कुनै पनि बालबालिकालाई स्वस्थ आहार ख्वाउनु छ भने उनीहरुलाई आफ्नो साथमै राखेर स्वस्थ एवं सन्तुलित खानेकुरा खुवाउनु पर्छ ।

साथमा खुवाउने

सानो छँदै बालबालिकालाई स्वस्थकर खानेकुरा खान सिकाए भविष्यमा समेत उनीहरुको शारीरिक विकास सही ढङ्गले हुन्छ । यसको लागि सबैभन्दा पहिले उनीहरुलाई स्वस्थकर खानेकुराबारे जानकारी दिन आवश्यक छ ।

कुन खानेकुरामा के के पोषक तत्वहुन्छ, कुन कुन खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक छ भन्नेकुरा बताउन आवश्यक छ । ताकी उनीहरुलाई समेत आहारमा पाइने पोषकतत्वबारे जानकारी होस् । र , यी सबै कुरा जानकारी गराउनका लागि बालबालिकालाई साथैमा राखेर खाना खुवाउन जरुरी छ ।

आफूले पनि खाने

बालबालिकामा स्वस्थ खानेकुरा खाने बानीको विकासका लागि अभिभावकहरुले पनि आफ्नाे खानपानमा सुधार गर्न जरुरी छ । बालबालिकासित जंकफुड खानबाट परेज गर्नुपर्छ । सलाद, फलफूल, सागसब्जी, दही, सूप, आदी खानामा सामेल गर्नुपर्छ । र, बालिकालाई पनि यस्ता खानेकुरा खान प्रोत्साहित गर्नुपर्छ ।

स्वाद लिएर खान सिकाउने

खाना पेट भर्नको लागि मात्र नभएर शरीरलाई स्वस्थ राख्न र जिब्रोको स्वाद बढाउन पनि खाने गर्नुपर्छ । स्वाद लिएर खाना खाएमा यसले र्‍यालको निर्माण गर्छ । जसले पाचन प्रणाली चुस्त बनाउनुका साथै एसिडिटी, कब्जियत तथा छाती पोल्ने समस्याबाट छुटकारा दिलाउँछ । त्यसैले, बालबालिकालाई विस्तारै विस्तारै खाना खान प्रोत्साहित गर्नुपर्छ । यसले उनीहरुको शारीरीक विकास राम्ररी हुन्छ ।

खाँदा टिभी र मोबाइल चलाउन नदिने

आजकलका बच्चाहरुमा खाँदा टिभी हेर्ने र मोबाइल चलाउने क्रम बढ्दो छ । जबकी विशेषज्ञहरुअनुसार खाना खाने समय आˆनो पूरा ध्यान खानामा केन्दि्रत हुनुपर्ने बताउँछन् । अन्यथा, टिबी हेरेर खादाँ पेट भरिएको समेत थाहा नभएर बालबालिका ओभर इटिङ्गको शिकार हुने गर्छन् ।

परिवारसँग बसेर खुवाउने

बालबालिकाले समयमा खाना खान्छन् कि खाँदैनन्, पौष्टिक आहार लिन्छन् कि लिदैनन्, खाएपनि कति परिणाममा खान्छन् भन्ने कुरामा अभिभावकहरु सचेत हुनु पर्छ । र, यसको लागि परिवारको साथमा बसेर बालबालिकालाई खाना खुवाउनु पर्छ । परिवारमा बसेर खाना खाएमा बालबालिकाले स्वस्थ आहार खानुका साथै राम्रो संस्कार सिक्दछन् ।

खानेकुरा किन्न वा बनाउन प्रोत्साहित गर्ने

जब बालबालिका खानेकुरा किन्न आफै बजार जान्छन्, तबमात्र उनीहरुले खानाको महत्वबारे थाहा पाउँछन् र, कुन खानेकुरामा कति पौष्टिक तत्व हुन्छ भन्नेबारे जानकारी पाउँछन् । त्यतिमात्र हैन, जब उनीहरुले किनेर ल्याएको खानेकुरा उनीहरु आफै पकाउन थाल्छन्, पकाउन सहयोग गर्छन् तब उनीहरु आफूले तयार पारेको खानेकुरा चाख्न पनि लालायित हुन्छन् ।

पानी पिउन प्रोत्साहित गर्ने

गुलियो पेय पदार्थको अत्याधिक सेवनले बाबालिकामा मोटोपनाको समस्या बढाउन सक्छ । त्यसैले उनीहरुलाई मोटोपनाको समस्या हुन नदिन तथा स्वस्थ रहन बढी भन्दा बढी पानी पिउन प्रोत्साहित गर्नुपर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।