खानेकुरा कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा खानाबाट अमृतको साटो बिष खाकाे बराबर हुन्छ ।

खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् ।

किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन ।

१.चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ ।

२.फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन ।

३.दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ ।

४.चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #चिकेन #जुस र मिठाई #दूध