ओखर हामीले देखी, खाइ आएको फल हो । प्राय हामीले तिहारको समयमा प्रयोग गर्ने यो फल अन्य समयमा हामीले खासै वास्ता गर्दैनौ तर, अब ओखरलाई पनि हाम्रा अन्य फल जस्तै खाइरहने फल बनाउनु फाइदा जनक देखिएको छ ।

केही समय अघि गरिएको अध्ययनमा ओखरले दिने स्वास्थ्यका फाइदाका कारण पनि ओखरलाई दैनिक जीवनमा समावेश गर्नु फाइदाकर हुने भएको छ ।

ओखरले के-के फाइदा गर्छ त ?

स्तन क्यान्सरको खतरा कम

ओखरको नियमित प्रयोगले स्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ ।

चाउरीपनाबाट छुटकारा

ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ

मधुमेहबाट सुरक्षा

मधुमेहका बिरामीहरुका लागि ओखरले एक औषधिको रुपमा कााम गर्छ । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

मुटुलाई पनि फाइदा

ओखरको प्रयोगले मुटूलाई समेत फाइदा गर्छ । एक दिनमा ४ –५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

तनाव कम गर्न मद्धत गर्छ

ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । तनावसँग लड्ने क्षमतामा बृद्धि गर्छ । यसमा भएको तेलले ब्लड प्रेसर र त्यसको प्रभावलाई कम गर्न मद्धत गर्छ र तनाव कम हुन्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

कब्जियत समस्याबाट मुक्ति

ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

हड्डी बलियो बनाउछ

ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

थप जानकारी

– इन्फ्लामेटरी रोगहरूबाट पनि बचाउन सहयोग गर्छ ।

– क्यान्सर तथा अल्जाइमर्सबाट पनि जोगाउन मद्धत गर्छ ।

ओखरमा पाइने मोनो र पालीअनस्याचुरेट फ्याटले शरिरको इन्सुलिन सेन्सेटिभीटीलाई राम्रो फाइदा पुर्याउँछ ।

उक्त हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा के पत्ता लागेको छ भने जुन महिलाहरूले हप्तामा पाँच पटक ३० ग्राम ओखर खाने गर्छन् उनीहरुलाई टाइप २ मधुमेह हुने खतरा ३० प्रतिशत कम हुन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #ओखर खानुका फाइदा #ओखरले स्वास्थ्यमा पुर्याउने फाइदा #जाडोमा दिनदिनै ओखर खानुका फाइदा