तरकारीको रुपमा प्रयोग हुने विभिन्न तरकारीहरू मध्ये फर्सी पनि एक निकै उपयोगी तरकारी हो । फर्सी स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाजनक मानिन्छ। फर्सीमा भिटामिनको मात्रा निकै बढी पाइन्छ भने अन्य पौसष्टक पदार्थ पनि उत्तिकै पाइन्छ ।

यसमा पाइने पौष्टिक तत्व र यसका फाइदाहरू के के छन् त ?

१. २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरीरमा रहेको कोलस्ट्रोलको मात्रालाई समेत कम गर्ने काममा मद्दत पुग्छ।

२.  फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्दत गर्छ।

३.  पहेँलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

४. फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ, यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ। यसले शरीरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्दत गर्छ।

५. यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरीरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्दत गर्छ।

६. फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्दत गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #पाकेकाे फर्सी #फर्सी #फर्सी खानुका फाइदा #फर्सी बाट हुने फाइदा