रातो मासु खाँदा यति कुरामा ध्यान दिनुहोला

मासु खाने लत भए पछि जतिबेला पनि मासु खाऊखाऊ लाग्छ । जसले गर्दा हाम्रो तौल झन् झन् बढ्दै जान्छ । तर त्यहि मासुलाई सहि तरिकाले बनेर खाँदा हाम्रो स्वास्थ्यमा कुनै किसिमको पनि हानी पुग्दैन । यसैले मासु त्यसमा पनि रातो मासु खाँदा केहि कुराहरु याद गर्न जरुरी हुन्छ ।

हामी यहाँ तपाईलाई रातोमासु खानु भन्दा अगाडी वा खाए पछि याद गर्नु पर्ने कुराहरुको बारेमा जानकारी दिदैछौँ ।

बोसोरहित मासु

प्रोटिनको मुख्य आधार मानिने रातो मासुमा बोसोको मात्रा अधिक हुन्छ । यस्ता मासु मनपरी तरिकाले सेवन गर्दा तौल बढ्छ । त्यसका लागि मासु काट्दै ध्यान दिनुपर्छ । सकेसम्म बोसो तथा छालारहित मासु छनोट गर्नुपर्छ । छातीको मासुमा बोसो कम हुन्छ । बोसोरहित मासुका साथमा पोषकतत्वको दैनिक सेवनले कोलेस्ट्रोलको उतारचढावलाई नियन्त्रणमा मद्दत पुग्छ ।

क्यालोरी घटाऊँ

बिनाडाइटिङ शरीरको तौल घटाउने अर्को उपाय भनेको क्यालोरीयुक्त खानेकुरा कम गर्नु हो । एक अध्ययनका अनुसार एउटा मानिसले दिनमा आफूले लिने पाँच सय क्यालोरी कम गर्दा सातामा करिब एक पाउन्ड घटाउन सकिन्छ ।

पौष्टिक आहारमा सन्तुलन

शरीरको अतिरिक्त तौल कम गर्न पौष्टिक आहारमा सन्तुलन आवश्यक छ । त्यसका लागि भिटामिन, मिनरल्सलाई सन्तुलित ढंगले ग्रहण गर्नुपर्छ ।

अमेरिकी कृषि विभागका अनुसार रातो मासु सेवन गर्ने मानिसले तौल बढ्न नदिन प्रशस्त मात्रामा दूध, दही, प्रोटिन, फलफूल, सागसब्जी र अनाज सेवन गर्नु जरुरी छ ।

मासु पकाउने विधि

मासु पकाउँदा त्यसको विधिबारे ध्यान दिन पनि उत्तिकै आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले मासुमा भएको सबै बोसो हटाउनुपर्छ ।

सकेसम्म उसिनेको मासुको सेवन उत्तम हुन्छ । यदि तपाईं तारेको वा पोलेको मासु खान चाहनुहुन्छ भने पनि त्यसमा भएको बोसो तथा चिल्लोपनालाई हटाउनु आवश्यक हुन्छ । साथै, मसलायुक्त मासु खानु स्वास्थ्यका लागि हानिकारक हुने गर्छ ।

तपाईलाई हाम्रो जानकारी कस्तो लाग्यो ? यदि राम्रो लागेमा हाम्रो जानकारीहरु सेयर गरेर आफ्ना साथीहरुलाई देखाउँन सहयोग गर्नुहोस् । थाहा नभएकाहरुले थप जानकारी पाउँन सक्छन् भने हाम्रो जानकारी सेयर हुँदा हामीलाई पनि प्रोत्साहन मिल्नेछ । धन्यवाद ।