कुनै पनि खानेकुरा पत्रपत्रिकामा राखेर दिनु र पत्रपत्रिकामा पोको पारेर राख्नु हाम्रो समाजमा सामान्य मानिन्छ । तपाईं चटपटे खान जानु बिक्रेताले पत्रपत्रिकामै राखेरै दिन्छ । तात्तातो दुनोट माग्नुहोस् या पकौडा माग्नुहोस्, बिक्रेताले तपाईँलाई पत्रिकामा बेरेर दिन्छ ।

हामी पनि प्रायजसो बाहिर जाँदा पकौडाको पसलमा पत्रपत्रिकामा राखेर खानेकुरा खाने गर्छौ । साथै कतै बाहिर जादाँ केही नसोची नसम्झी पत्रिकामा खाना राखेर लैजाने र पत्रपत्रिकामा नै खाने कुरा खाने गर्छौ ।

यसैगरी मासु पसलेले समेत पत्रिकामै पोको पारेर तपाईँलाई मासु दिन्छ । तर, तपाईँ हामीमध्ये कमैलाई थाहा होला–पत्रपत्रिकामा पोको पारेर दिएको खानेकुरा खानु स्वास्थ्यका हिसाबले ठिक हुँदैन । झन् त्यस्ता खानेकुरा खाँदा प्राणघातक रोग क्यानसर लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैलाई थाहा नै छैन् ।

वास्तवमा खाद्य सुरक्षा निकायले यस्तो गर्नेलाई सचेत गराएको छ । निकायले मानिसहरूलाई यसको लागि सावधान गरेको छ कि पत्रिकामा खाना प्याक गर्न वा पत्रिकामा खाना खानु स्वास्थ्य को लागि हानिकारक हुन सक्छ ।

एफ.एस.एस.ऐ.आई.ले बताएको छ की यस्तो गर्नाले मानिसको शरिरमा कैंसर जस्तो घातक रोग उत्पन्न गर्ने खालको कारक तत्त्व प्रवेश गर्दछ । चेतावनी प्राप्त भएको छ र यही चेतावनीको साथ भारतीय खाद्य सुरक्षा एवंम मावन प्राधिकारणले मानिसको स्वास्थप्रति सचेत गराउँदै पत्रिकामा खाने चीज नराख्ने सल्लाह दिएको छ ।

यसले बताएको छ कि खाना जति पनि स्वास्थ्यवर्धक र स्वस्छ बनेको होस् तर जब यो पत्रिकाको सम्र्पकमा आउँछ तब यो हानिकारक हुन्छ । र, हाम्रो स्वास्थलाई नोक्सान पुयाउँछ ।

यस्तो किन हुन्छ ?

पत्रिका छाप्ने बेला प्रयोग हुने मसिमा धेरै प्रकारको खतरनाख ब्याक्टेरिया हुन्छ जसले हाम्रो शरीरमा एक्दमै नराम्रो असर गर्दछ । साथै, प्रकाशन मसि मा पनि नोक्सानदायक कलर, पिगमेंट र परिरक्षक हुन्छ जुन हाम्रो शरीरमा खानाको साथै टाँसिएर भित्र जान्छ जुन कि एक्दमै हानिकारक प्रमाणित हुन सक्छ ।

हो, यदी प्रयोगमा आइसकेका पत्रपत्रिकामा पाको पारेर राखिएका खानेकुरा खाने बानी छ भने आजै त्यागौँ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #चटपटे #पकौडा #पत्रिका