कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् । एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ । हातको औला जस्तो देखिने चार इञ्च लामो यो अंगमा जब अवरोध हुन्छ, त्यतिबेला एपेन्डिक्स हुन्छ।

एपेन्डिक्स एक प्रकारको मेडिकल इर्मजेन्सी हो । एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टाभित्रमा शल्यक्रियाद्धारा यसलाई नहटाए विरामीको ज्यान समेत जानसक्छ ।एपेन्डिक्स कुनैपनि उमेर समूहका मानिसलाई हुनसक्छ । सामान्यतया १० देखि ३० वर्ष उमेर समुहका मानिसमा बढी देखिने यो समस्या महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्दछ ।

एपेन्डिक्स हुनुको कारण

कव्जियत, क्यान्सर लगायतका कारण जब एपेन्डिक्समा कुनै पनि किसिमको अवरोध खडा हुन्छ, त्यतिबेला एपेन्डिक्स दोब्बर भई पेट फुल्ने तथा पेटमा संक्रमण हुन थाल्छ । जसले गर्दा एपेन्डिक्समा सुन्निने गर्छ । कब्जियतका कारण पनि मानिसहरुलाई एपेन्डिक्सको समस्या हुने भएकोले चिकित्सकहरु फाइबरयुक्त खानेकुरा खाने सल्लाह दिने गर्छन् ।

कसरी थाहा पाउने ?

१. पेटको दुखाई

२. हल्का ज्वरो

३. वान्ता आउने

४. खान मन नलाग्नु

५.कब्जियत

६. पखाला

पेटको दुखाई

पेटको दुखाई एपेन्डिक्सको प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा बेलाबेलामा दुख्छ भने एपेन्डिक्स हुने भय हुन्छ ।यस्तो दुखाई पेटमा रहेको एपेन्डिक्सको कारण बढी हुने गर्छ । जुन नाइटोको बीचबाट सुरु भई पेटको दाहिने तर्फको तल्लो भागसम्म पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ । एपेन्डिक्सको दुखाई खोक्दा तथा हिँड्दा अझ बढ्ने गर्छ ।

खानामा अरुची

भोक नलाग्नु वा खान मन नलाग्नु पनि एपेन्डिक्सको प्रमुख लक्षण मध्यको एक हो। कयौ अवस्थामा खान मन नलाग्नुका साथै वाकवाकी लाग्ने गर्छ । यसका साथै तपाईलाई कब्जियतको समस्या पनि हुने गर्छ । यदी तपाईमा पनि यस्ता लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकका जानु उचित हुन्छ ।

ज्वरो आउनु

एपेन्डिक्सको समस्या भएमा विरामीलाई हल्का ज्वरो आउने गर्छ । यस्ते ज्वरो सय डिग्री देखि १०३ डिग्रीको आसपास रहने गर्छ । जन हप्किन्स मेडिसिनका अनुसार एपेन्डिक्स भएको ४२ घण्टा देखि ७२ घण्टा भित्रमा फुट्न सक्छ ।

त्यसैले त्यो भन्दा अगाडी नै चिकित्सकका पुग्नु जरुरी छ । यदी तपाईलाई ज्वरोको साथमा कामज्वरो पनि आएको छ भने, त्यो एपेन्डिक्स फुटेको संकेत हुनसक्छ। त्यसैले, यदि तपाईलाई पनि एपेन्डिक्स भएको शंका लागेको छ भने तुरुन्तै चिकित्सकका जानु पर्छ ।

सामान्य पेट दुखाई र एपेन्डिक्स बीचको फरक

सामान्य पेट दुखाई र एपेन्डिक्सको बीच धेरै भिन्नता छ । यदी तपाईलाई केही समयको अन्तरालमा पेट दुख्ने समस्या छ र समयसँगै त्यो कम हुदै गएको छ भने बुझ्नुहोस् ।, त्यो सामान्य पेट दुखाई हो ।

सामान्य पेट दुख्दा वा ग्याष्ट्रिकको समस्या हुदाँ पूरै पटमा समस्या हुन्छ । जबकी एपेन्डिक्स भएमा दुखाई निश्चित हुन्छ । त्यस्तो दुखाई नाइटो वरिपरि सुरु भई बढ्दै जान्छ । त्यसबाहेक, यदी तपाईलाई १२ घण्टा भन्दा बढी वाता तथा पखाला छ र सहनै नसक्ने पेट दुखेको छ भने पनि तपाईलाई एपेन्डिक्स भएको हुनसक्छ । जहाँ एपेन्डिक्स छ । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसितको सल्लाह लिनुपर्छ ।दैनिक नेपाली खबर ।

एपेन्डिसाइटिसका प्रकार

१. एक्युट एपेन्डिसाइटिस

यस्तो एपेन्डिसाइटिस तीव्र गतिमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनि हुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको अवश्यकता हुन्छ ।

एपेन्डिक्समा जीवाणु संक्रमण, दिसा या कुनै अन्य प्रकारको रोकावटका कारण यसले शरीरलाई नै जोखिमपूर्ण बनाउँछ । जब एपेन्डिक्समा तीव्र गतिमा ब्याक्टेरिया उत्पन्न हुन्छ, यसको दुखाइ पनि त्यही गतिमा बढेर जान्छ । यस्तो एपेन्डिसाइटिस मृत्युको कारणसमेत बन्न सक्छ ।

२. क्रोनिक एपेन्डिसाइटिस

यसको दुखाइ लामो समयसम्म हुन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । आन्तरिक दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।

लक्षण

सुरुवाती समयमा सामान्य लक्षण देखिन्छ । यसले पेट दुख्नुका साथै भोक पनि कम लाग्ने समस्या हुन्छ । बान्ता हुने लक्षण पनि देखिन थाल्छ ।
बिस्तारै एपेन्डिसाइटिस बढ्दै जान्छ । र, दुखाइ यसको मुख्य लक्षणको रूपमा देखा पर्छ ।

यसको दुखाइ प्रभावित ठाउँमा मात्र सीमित हुँदैन । शरीरका अन्य भित्री अंगमा पनि दुखाइ फैलँदै जान्छ । राेगीलाई दुखाइको निश्चित ठाउँ पहिचान गर्न निकै गाह्रो पर्छ । यसले पेटको सम्पूर्ण भाग दुखेको अनुभूति हुन्छ । र, बिस्तारै यस्तो दुखाइ पेटको तल्लो भागतिर सर्दै जान्छ ।

यसले पेटको माथिल्लो भागमा हल्का दुखाउँछ भने दाहिने तल्लो भागमा भने दुखाइको मात्रा अत्यधिक हुन्छ ।
९९ देखि १०२ डिग्री फरेनहाइटसम्मको ज्वरो अउने गर्छ ।

बिस्तारै पेटको माथिल्लो भाग, पिठ्युँ मलाशयमा पनि दुखाइको अनुभूति हुन थाल्छ । पिसाब गर्दा समस्या उत्पन्न हुन थाल्छ ।
ग्यास्ट्रिकका साथै कब्जियतको समस्या पनि बढ्दै जान्छ । एपेन्डिसाइटिस पत्ता लागेमा कहिल्यै पनि ल्याजेटिभ औषधि खानुहुँदैन । यो औषधिको सेवनले एपेन्डिक्स फुट्न पनि सक्छ ।

उपचार नगरी उपाय छैन

शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को उपचारको विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने पेटमा रहेको आमाशयको सानो र ठुलो आन्द्रालगायतलाई ढाकेर राख्ने पेरिटोनियम तन्तुको एक तहलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरी फैलिएर बिरामीको मृत्यु हुन पनि सक्छ ।

पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ । भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । तर, करिव १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले आन्द्रामा दिसा वा ग्याँस भरिंदा शुरूको अवस्था फेला नपर्न सक्छ ।

यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि सेवन गर्नु हुँदैन । एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्छ । एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) उपचार गरी केही दिनको आरामपछि निको हुन्छ ।

छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ । त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ । त्यस्तो बेला निको हुन समय लाग्ने भएकाले फुट्ने खतरा हुन्छ । एपेन्डिक्स फुटेमा उपचारमा झन् जटिलता थपिन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #एपेन्डिसाइटिस #एपेन्डिसाइटिस के हो #एपेन्डिसाइटिसका लक्षण