मृगौलाको पत्थरीको बिमारी एक आम समस्या बनेको छ । पत्थरीको दुखाई यति गम्भीर हुन्छ की यसले बिरामी रातभरी सुत्न नसक्नुका साथै पिंडाले छटपटिन्छ । महिलाहरुमा भन्दा तीन गुणा बढी पुरुषमा पत्थरी हुन्छ । पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ । सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ ।

पत्थरीका लक्षणहरुमा बारम्बार पिसाब आउने, पिसाब फेर्ने समयमा पींडा हुने, पिसाब रोकी रोकी आउने, कहिले कहीं जोडको पिसाब आउने, र अन्डाकोष दुख्ने जस्ता समस्या भएमा पत्थरी भएको भनि तुरुन्तै थाहा पाउन सकिन्छ ।

पत्थरी हुनुका प्रमुख कारणहरु

जब कुनै खानपानले पिसाब गाढा बन्छ तब गाढा पिसाबले पत्थरी बन्न सुरु हुन्छ । गाढा पिसाबले विस्तारै विस्तारै गरेर केहि दिनमै पत्थरीको रुप लिन्छ । आज हामी पत्थरीको घरेलु उपचार विधि बताउन गइरहेका छौँ । जुन एकदम प्रभावकारी र जस्तो सुकै पुरानो पत्थरीलाई पनि सजिलै निकाल्न मद्धत गर्दछ ।

पत्थरीको घरेलु उपचार विधि

१. चाहिने चीज

कागतीको रस र ओलिव ओइल

बनाउने विधि

कागतीको रस (६० मिलिलिटर) र ६० मिलिलिटर ओलिव ओइल मिसाउने । मिक्स गरिसकेपछि यसलाई पिउने । यसको लगातार सेवनले केहि दिनमै पत्थरीलाई हटाउँछ। कागतीको रस र ओलिव ओइल हाम्रो स्वास्थ्यको लागि पनि निकै फाइदाजनक र लाभदायी सामग्री हुन्।

२. चाहिने चीज

प्याज, प्याजमा पत्थरीलाई नाश गर्ने तत्व हुन्छ ।

बनाउने विधि

एउटा प्याजलाई सानो सानो टुक्रामा काटेर पिस्ने । प्याज पिसेर पेस्ट बनिसकेपछी एक सुतीको कपडा अथवा छान्ने प्रयोग गरेर पेस्टबाट रस निकाल्ने । यो रसलाई बिहान खाली पेटमा पिउने। यसरी प्याजको रस नियमित रुपमा पिउनले पत्थरीलाई सानो सानो टुक्रामा निकाली केहि दिनमै पूर्ण रुपमा हटाउँछ।

३. चाहिने चीज

ज्वानो, नियमित रुपमा ज्वानोको चिया पिउनले पत्थरी निर्मुल पार्न सकिन्छ ।

बनाउने विधि

करिब एक गिलास पानीमा १० देखि १५ ग्राम ज्वानो राखेर १०-१५ मिनेट सम्म उमाल्ने । उमालि सकेपछी पानीलाई मन तातो चिसो हुन दिनुहोस् । पानी चिसो भए पछी यसमा एउटा कागतीको रस मिसाएर पिउनुहोस् ।

पत्थरी निकाल्नको लागि यो एक लाभदायी चिया हो।यदि तपाईलाई पत्थरी भएको छ भने यसरी घरेलु औषधी प्रयोग गरि यसरी निकालौ ।

के खाने र के नखाने पत्थरी भएमा ? पत्थरी सम्बन्धी केही महत्वपूर्ण जानकारी

पत्थरी अव्यवस्थित खानपान र जीवनशैलीको कारणले गर्दा लाग्ने रोग हो । पत्थरीबाट बच्नको लागी के खाने के नखाने भन्ने बारेमा जानकारी लिनुपर्दछ । पत्थरी बढ्दै गएमा औषधी वा शल्यक्रिया गर्नुको अन्य उपाय छैन् ।

पत्थरीबाट बच्नको लागी सदैव नियमित रुपमा समयमानै स्वस्थकर र व्यवस्थित खानपान गर्नुपर्दछ । मिगौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एक समस्या हो । यदि कसैलाई पत्थरी भएको छ भने यस्ता खानेकुरा खानुपर्दछ ।

१. पानी

यदि कसैलाई पत्थरी भएको छ भने पहिलेको तुलनामा बढीनै पानी पिउने गर्नुपर्दछ । बढि पानी पिउँदा पिसाबको मात्रा बढेर मिगौंलामा भएको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्दछ ।

२. नरिवलको पानी

पत्थरी भएकाको लागी नरिवलको पानी एक उत्तम औषधी हो । नरिवलको पानीमा प्रशस्त मात्रामा प्राकृतिक पोटासियम पाइन्छ । पोटासियमले पत्थर बन्नको लागी रोक्ने र बढ्न नदिने औषधी रुपमा काम गर्दछ ।

३. हरियो मकै चिया

हरियो मकैलाई चिया बनाएर पिइएको खासै पाइएको छैन् । किनकि यसको फाइदाको बारेमा कमै मात्र मानिसलाई थाहा छ । हरियो मकैमा प्रोटिन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । मकैको चिया बनाएर सेवन गर्दा टाटेट्स नामको तत्व पाइने कारणले गर्दा यसले पत्थरी बन्ने प्रक्रियालाई रोकेर मिगौलाको इन्फेक्सन कम गर्दछ ।

३. जौं

जौलाई धेरैले सेवन गर्नको लागी झन्झट मान्ने गर्दछन् । झन् जौको माड बनाएर त कसैले खाएको तपाईले देख्नुभएको छैन् होला । जौको माड बनाएर खानाले मिगौला सम्बन्धीत समस्या समाधान भई मुत्र प्रवाहलाई बढाएर मिगौला र मुत्रमार्गको संक्रमणबाट पनि बचाउँछ ।

४ भुइँकटर

प्राय सबैजसोलाई भुइकटर मनपर्दछ । भुइकटरको जुसले पनि पत्थरीको बिरामीलाई फाइदा गर्दछ । भुइकटरको जुस बनाएर सेवन गर्नाले पत्थरीलाई गाल्ने इन्जाइम फाइब्रिनलाई तोड्दछ ।

५.केरा

केरा पनि पत्थरीको बिरामीलाई फाइदा गर्ने फल हो । केराको सेवनले अक्जलिक एसिडलाई तोडि आक्जेलेट किस्टल बन्नबाट बचाउँछ ।

६.बदाम

जाडोमा धेरेले बदामको सेवन गर्ने गर्दछन् । बदामले न्यायो मात्र नभएर मिगौलाको पत्थरको पिडितलाई पनि फाइदा गर्दछ । बदाममा प्रशस्त भिटामिन र पोटासियमका पाइने कारणले पत्थरी बन्नको लागी रोक्दछ ।

७.कागती

कागतीका धेरै फाइदा रहेको छ । कागती सुन्दरताको लागी मात्र नभएर सरसफाइ र स्वस्थको लागी पनि उत्तिकै रहेको छ । कागती भिटामिन ‘सी’अधिक मात्रामा पाइन्छ । यसले अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउँछ ।

८.गहतको झोल

पछिल्लो समयमा धेरैलाई गहतको झोल के हो भन्ने बारेमा जानकारी छैन् । यसलाई पत्थरीको एकदमै राम्रो औषधीको रुपमा लिइन्छ । यसको झोल खानाले पत्थरीलाई गलाउने काम गरी बाहिर निकाल्दछ ।

९. गाजर

गाजरलाई धेरेले मनपराएर सेवन गर्न गर्दछन् । गाजरमा पायरोफा स्फेट र वनस्पतिय अम्ल पाइन्छ । गाजरमा किरोटिन पदार्थले मुत्र नलिमा हुने घाउँलाई पनि निको पार्न सघाउँछ ।

पत्थरी भएका बिरामीले के नखाने त ?

१. पालुंगोको साग, गोलभेडा सेवन नगर्ने । फलफुलमा अमला, कालो अगुर काक्रोबाट टाढै रहने । यस्तो फलफुलमा अक्जलेटको मात्रा बढि      हुन्छ, जसको कारणले गर्दा पत्थर बन्ने सम्भावना अधिक हन्छ ।

२. फूलगोभी , भन्टा, च्याउ, फर्सी लगायतका खानेकुरा पनि खानुपर्दन् यसमा युरिक एसिड बनाउने प्युरिन,न्युक्लयोटाइडको मात्रा प्रसस्त          हुन्छ र किस्टल बनाई पत्थरीको समस्या उत्पन्न गराउँछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #पत्थरी #पत्थरी हुनुका प्रमुख कारण #मृगौला #मृगौलाको पत्थरीको