हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ ।

सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्छ । कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ । र, बुद्धिको सोझो कनेक्सन दिमागसँग हुन्छ । अब अर्को प्रश्न, दिमाग चाहि कसरी तगडा बनाउने ?

यस सन्दर्भमा हिन्दी विविसीको अनलाइन संस्करणमा एउटा लेख प्रकासित छ, जसलाई हामीले यहाँ पेश गरेका छौं ।

तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

व्यायाम

नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो ।

जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

मुभमेन्टका साथ याद गरौं

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ ।

यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

सन्तुलित भोजन

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।

यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ ।

यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

दुनियाबाट बेखबर रहनुहोस्

तनाव दिमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ ।

साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।

नयाँ चुनौतीको खोजी

दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।

अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास, कुनै नयाँ कला सिक्ने अभ्यासले पनि दिमागको क्षमता बढाउँछ । यी सबै गर्न पाउनुभएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ । संगीतले दिमागमा जादुई प्रभाव पार्छ । कुनै गीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस्, तपाईंलाई महसुष हुनेछ कि, शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ ।

पढ्नुहोस् र सोच्नुहोस्

जब तपाई कुनै नयाँ कुरा पढ्नुहुन्छ, तब तपाईंको दिमागको दुई कोशिकाको तार जोडिन्छ । जब तपाईं सुत्नुहुन्छ, जुन यो सम्पर्क बलियो हुन्छ । तपाईंले पढ्नुभएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैपनि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो ।

त्यही कारण त हो नि, सुत्नुअघि फिल्म वा डरलाग्दो कथा सुन्नु राम्रो होइन, यसले तपाईंको मास्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

बिहानै यसरी उठौं

तपाईंलाई थाहा छ कि, निद्रा एकदमै महत्वपूर्ण छ । यदि तपाईं दिनमा पाँच घण्टा सुत्नुहुन्छ भने मानसिक रुपले त्यती सर्तक हुन सक्नुहुन्न । यो स्थिती त्यसबेला पनि हुन्छ, जब तपाई १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

यसको अर्थ के भने, तपाईं कति समय सुत्नुहुन्छ वा कतिबेला उठ्नुहुन्छ ? यसको साइनो स्मरण क्षमतासँग पनि जोडिएको छ ।

सबैभन्दा राम्रो स्थिती त यो हो कि, तपाईं अध्याँरोमा सुत्नुहोस् र क्रमस उज्यालो छाउन थालेपछि उठ्नुहोस् । जस्तो कि, सूर्यको किरण । उदाउदो घामको किरणको स्पर्शले पनि स्मरणशक्ति बढाउनमा निकै फाइदा गर्छ ।

कम उमेरमै स्मरणशक्ति त गुमाउनु हुदै छैन ? यस्ता कुरामा ध्यान दिनु अति जरुरी हुन्छ

स्मरणशक्तिको ठूलो महत्व छ मानव जीवनमा । त्यसो त मानिसहरुको जन्मजात स्मरण क्षमतामा खासै अन्तराल हुँदैन । करिव-करिव उस्तै हुने हो ।

तर, बाँच्ने क्रममा कसैले त्यसलाई तिखारेर तेज बनाउँछन् भने कसैले भुत्ते बनाउँदै लैजान्छन् । यो आफैंमा भर पर्ने कुरा हो ।

वैज्ञानिकहरुका अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको इच्छा, अनिच्छा, चाहना तथा रुचिसँग हुन्छ । तर, स्मरणशक्तिमा ह्रास आएमा मानिसले कुनै पनि क्रियाकलाप राम्रोसँग गर्न सक्दैन । जस्तो कि पढ्न, लेख्न, गणितीय काम गर्न वा कुनै कुरा सिक्न ।

स्मरणशक्ति उमेरमा पनि भर पर्छ । ५० वर्षको उमेर पार गरेपछि विस्तारै स्मरण शक्तिमा ह्रास आउन थाल्छ । तर, कम उमेरमै स्मरण शक्ति कमजोर भएमा त्यसलाई समस्याको रुपमा लिनुपर्छ । यस्तो समस्यालाई मेडिकल भाषामा एम्नेसिया भनिन्छ ।

किन हुन्छ स्मरणशक्ति ह्रास ?

सामान्य गल्तीले पनि स्मरणशक्तिमा ठूलो समस्या उत्पन्न हुन सक्छ । रुचीको अभाव, क्रमअनुसार काम नगर्नु, एकैपटक धेरै कामहरुमा हात हाल्नु, कामलाई उपेक्षा गर्नु आदि कारणले स्मरणशक्ति कमजोर हुँदै जाने गर्छ ।

कुनै कुरा याद राख्ने ईच्छाशक्ति नहुँदा पनि स्मरणशक्ति ह्रास भएर जान्छ । त्यस्तै, चिन्तामा डुबिरहने, शारीरिक तथा मानसिक समस्या भइरहने मानिसको पनि स्मरणशक्ति गतिलो हुँदैन ।

मस्तिष्कमा जन्मजात समस्या वा अविकसित मष्तिस्कले पनि स्मरणशक्ति प्रभावित तुल्याउँछ । टाउकोमा कुनै प्रकारको चोटपटक लाग्दा, क्षमताभन्दा बढी काम गर्न खोज्दा पनि यो स्मरणको समस्या आउँछ ।

क्रोध, भय, चिन्ता, अनिश्चता पनि स्मरणशक्तिलाई प्रभावित तुल्याउँछन् । उच्च रक्तचाप, डिप्रेसन, पेनकिलर औषधीको बढी प्रयोगको साइड इफेक्ट स्मरणशक्तिमा पर्न जान्छ ।

शरीरमा पौष्टिक तत्वको हुनु अर्को कारण हो । साथै, मद्यपानको नियमित सेवन गर्दा स्मरणशक्ति कमजोर भएर जान्छ ।

केही रोगहरु पनि छन्, जसले स्मरणशक्तिलाई कमजोर बनाउने काम गर्छन् । जस्तो कि थाइराइड, मधुमेह आदि ।

एम्नेसियाका लक्षण

-शुरुवाती लक्षण भनेको परिचितको नाम, ठेगाना नसम्झनु वा सम्झन गाह्रो पर्नु हो । यस्ता समस्या भएका व्यक्तिले केही दिनअघिका घटना पनि बिर्सने गर्छन् ।

पढेका, सुनेका कुराहरुलाई झ्याप्प याद गर्न नसक्ने । आफैंले सामान राखेको ठाउँसमेत बिर्सने गरिन्छ ।

भाषा, संगीत, गायन, नृत्य, अभिनय, कला वा अन्य काम सिक्न गाह्रो हुने । एकपटक भनेको कुरा नबुझ्ने । आलस्यता, अरुचि, चिड्चिडापन, निराशा, छटपटीजस्ता लक्षण पनि देखिन्छन् ।

के गर्ने ?

यस्तो समस्याबाट बच्नको लागि दैनिकको कार्यतालिका बनाउन सकिन्छ । आफ्नो समयअनुसार बिहान-बेलुकी घुम्ने बानी बसाल्नुपर्छ । कुनै पनि कुरा याद राख्नका लागि रुची लिनुपर्छ ।

कतिपयले कामलाई बढी महत्व दिएर निद्रालाई व्यवास्ता गर्छन् । यसले स्मरणशक्तिलाई कमजोर बनाउनका लागि भूमिका खेल्छ । त्यसैले पुरा निद्रा सुत्नुका साथै विगतका कुराहरुलाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानीको पनि विकास गर्नुपर्छ । यस्तो गतिविधि प्रत्येक हप्ता दोहोर्‍याउँदा राम्रो हुन्छ ।

योग अभ्यास, ध्यान, प्राणायामजस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बच्न सकिन्छ ।

के नगर्ने ?

धेरैपटक एउटै कुरा याद गर्ने प्रयास गर्नु हुँदैन ।

सँधै अाफ्नाे स्मरण शक्तिको विषयलाई लिएर चिन्तित बनिरहनु हुदैन ।

रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आउने स्मरणशक्ति बढाउने विज्ञापन हेरेर औषधी खोज्न दौडिनु हुँदैन

राती अबेरसम्म पढ्नु हुँदैन

सकारात्मकभन्दा बढी नकारात्मक सोच्ने गर्नु हुँदैन

स्मरणशक्ति कम हुने कारण हाम्रो खानपिनले गर्दा पनि रहेछ, स्मरणशक्ति बढाउने घरेलु उपाय

कुनै कुरा लामो समयको लागि मानसपटलमा राख्नु परेमा सबैभन्दा पहिले त्यसलाई दीर्घकालीन स्मृतिमा राख्न जरुरी छ । जबरजस्ती सम्झन खोज्दा दिमागले राम्ररी काम नगर्न सक्छ । धेरैजसो कुरा हामी स्मरण गर्न सकिरहेका हुँदैनौ । अझ उमेर बढ्दै गएपछि भुल्ने बानी हुन्छ । यसले हामी आफैलाई दिक्क लाग्छ । आफ्नो कमजोर स्मरणशक्तिप्रति दुख लाग्छ ।

आँखाले देखेको, कानले सुनेको सबै कुरा स्मरण गर्नैपर्छ भन्ने छैन । र, यो संभव पनि छैन । यद्यपी कतिपय कुरा, जो हामीले सम्झनैपर्ने हुन्छ । त्यस्ता कुरा पनि स्मरण गर्न नसक्नु हाम्रो कमजोरी हो । यसलाई स्मरणशक्तिमा ह्रास आएको भनिन्छ । सम्झनैपर्ने वा स्मरणमा राख्नपर्ने कुरालाई कसरी नबिर्सने त ? यसका लागि केहि काइदा छ । जर्मन साइकोलाजिस्ट हर्मन इविन्गहसले स्मरणसँग सम्बन्धित केही यस्ता उपाय बताएका छन्, जसले विश्वव्यापी रुपमा मान्यता पाएको छ ।

त्यसको लागि सबैभन्दा पहिले हामीले पढेका कुरा किन विर्सन्छौ, त्यसबारे जान्न आवश्यक छ ।

पढेका कुरा किन विर्सन्छौ ?

सामान्यतयाः हाम्रो मस्तिष्कले पढे लगत्तै पढेका सबै कुरालाई शतप्रतिशत दिमागमा भण्डारण गर्छ । तर त्यसको एक घण्टा नवित्दै हाम्रो दिमागमा भण्डारण भएका जानकारी ४४ प्रतिशतमा घट्छ ।

यस अर्थमा हाम्रो मस्तिष्कले त्यसमा भण्डारण हुने अनावश्यक जानकारीबाट बचाव गर्छ । जसको कारण हामीमा सञ्चित हुने जानकारी अल्पकालीन स्मृतिमा जम्मा हुन्छ । परिणाम स्वरुप, उक्त कुरालाई पटकपटक स्मरण नगरेको अवस्थामा ती कुुरा मस्तिष्कबाट स्वतः हटेर जान्छ ।

इविङ्गहसका अनुसार हामीले कुनै कुरा पढेलगत्तै हाम्रो मस्तिष्कमा उक्त कुरा शतप्रतिशत भण्डारण हुन्छ । उक्त कुरा करिब २० मिनेट पछि ६० प्रतिशतमा झरेर जान्छ । एक घण्टापछि ४० प्रतिशत, एक दिन पछि ३० प्रतिशत एक हप्ता पश्चात्त २० प्रतिशतमा सिमित भएर जान्छ ।

त्यसो भए सबैकुरा स्मरण गर्ने कसरी ?

– कुनै कुरा तुरुन्तै सम्झन परेमा

– पहिलो पटक दोहोर्‍याउने पढे लगत्तै

– दोश्रो पटक दोहोर्‍याउने करिब १५-२० मिनेट पश्चात्त

– तेश्रो पटक ६-८ घण्टा पश्चात्त

– चौथो पटक २४ घण्टा

लामो समयसम्म सम्झने उपाय

– पहिलो पटक दोहोर्‍याउने पढे लगत्तै

– दोश्रो पटक दोहोर्‍याउने करिब २०-३० मिनेट पश्चात्त

– तेश्रो पटक एक दिन पश्चात्त

– चौथो पटक २-३ हप्ता पश्चात्त

– पाचौ पटक २-३ महिना पश्चात्त

मस्तिष्कले कुनै पनि कुरा तुरुन्त सम्झन सक्दैन । त्यसैले यदी तपाई कुनै कुरा लामो अवधीको लागि सम्झन चाहनुहुन्छ भने आफ्नो मस्तिष्कलाई केही समय दिन जरुरी छ । चाहे त्यो एक दिन हेस्, चाहे एक हप्ता ।

कुनै कुरा स्मरणमा राख्ने सजिलो उपाय

१. बुझेर पढ्ने: जो मान्छेल बुझेर पढ्छ, उसले सो कुरालाई नौ गुणा छिटो आˆनो मानसपटलमा राख्छ ।

२. अत्यावश्यक कुरा पढ्ने : यसको लागि व्यक्तिलाई कुन कुरा बढी महत्वपूर्ण छ, त्यसबारे थाहा पाउन जरुरी छ ।

३. मानिसले बुदाँको माथि लेखिएको तथा अन्तिम बुदा सबैभन्दा बढी सम्झने गर्छ, यस कुरालाई ध्यानमा राख्नुहोस् ।

४. एउटा विषय पश्चात्त मात्र अर्को विषयमा प्रवेश गर्ने: एकैपटक धेरै विषय अध्ययन गर्दा कुराहरु मिसिन जान्छ ।

५. उल्टो कुरा सम्झने : मानिसले सकारात्मक भन्दा नकारात्मक कुरा चाडै सिक्ने हुदाँ यसले कुनै पनि कुरा सजिलै सम्झन मद्दत गर्छ । जस्तै, दिन र रात ।

६. मस्तिष्कमा चित्र कोर्ने प्रयास गर्ने : सुनेका भन्दा देखेका कुरा हाम्रो मानसपटलमा बसिरहन्छ । त्यसैले, कुनै पनि विषय पढ्दा होस्, वा सम्झदा त्यसको चित्र मस्तिष्कमा कोर्ने प्रयास गर्नुपर्छ । यो विधिले कुनै पनि कुरा छिटै सम्झन सहयोग गर्छ तथा सम्झेका कुरा धेरै दिनसम्म स्मरण गर्न मद्दत पुर्‍याउँछ ।

७. नयाँ कुरासित जोड्ने : कुनै नयाँ भाष सिक्दै हुनुहुन्छ भने तपाई त्यसलाई आफूले जानेको शव्दसित जोड्न सकिन्छ । यसले तपाईलाई उक्त शव्दबारे याद गराउन मद्दत गर्छ ।

८. कहानी बनाउने : यदी कसैलाई कुनै जानकारी याद गर्नुछ भने त्यसमा प्रयोग हुने शव्दलाई मिलाएर पनि एउटा कहानी बनाउन सकिन्छ । जसले तपाईलाई उक्त कुराबारे पछि सम्म यनद गर्न मद्दत गर्छ ।

९. टेप रेकर्डर : कुनै कुरा टेप रेकर्डरमा रेकर्ड गर्ने । अनि त्यसलाई फुर्सदको समयमा सुन्ने । यसले तपाईलाई कुराहरु सम्झन सहयोग गर्छ ।

१०. दृश्यांकन गर्ने : कयौ कुराहरु यतिकै सम्झन गार्‍हो हुन्छ । शरीरीक हाउभाउ तथा औलाहरुको प्रयोगले पनि त्यस्ता कुरा सम्झन मद्दत गर्छ ।

मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ ।

स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।

बढी टेलिभिजन हेर्दा-

दिनको २,३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागका लागि हानिकारक मान्छि । किनभने टेलिभिजन अत्याधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन् ।

बढी भिडियो गेम खेल्नाले –

आजकल केटाकेटीहरुमा भिडियो गेम खेल्ने चलन निकै बढेको छ । भिडियो गेम खेल्दा त्यसैको लत लाग्छ । जसले दिमागको चौतर्फी विकासमा अवरोध पु¥याउँछ । नकरात्मक दिमाग बनाएर अपराधिक क्रियााकलापमा लाग्न सक्ने समेत अध्ययनहरुले देखाएका छन् ।

पानी कम पिउनाले-

हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ । मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ । दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ ।

व्यायमको कमी-

व्यायामले शरीर तथा मस्तिष्कमा रक्त संचार राम्रो गराउँछ । व्यायम नगर्नेमा मानसिक तनावको मात्रा बढी हुन्छ । जसले गर्दा स्मरण शक्तिलाई कमजोर पार्छ । नियमित रूपमा एक्सरसाइज गर्नुहोस् । यसले तपाईको दिमागको साथै शरीरमा रक्त प्रवाह सन्तुलित ढंगले हुन्छ । मेडिटेशन, गहिरो श्वासप्रश्वास जस्ता यौगिक क्रियाकलाप गर्नुहोस् । यसले स्मरणशक्ति बढाउँछ ।

नकारात्मक सोचाइ-

नकारात्मक सोचाई राख्नाले तनावका हर्मोन पैदा हुन्छन् । जसले दिमागलाई सिधा असर गर्छन् र स्मरण शक्ति कमजोर हुन्छ ।

राम्रोसँग नसुत्नु-

करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ । नियमित रूपमा सुत्नुपर्दछ, जसले हाम्रो दिमाग शान्त रहन्छ र स्मरणशक्ति बढ्छ । हाम्रो दिमागको प्रयोग गर्दा दिमाग थाक्छ । यसकारण ७(८ घण्टाको प्रयाप्त निन्द्रा लिनुहोस् । यसले दिमागलाई ताजा बनाईराख्छ ।

धुम्रपानको प्रयोग-

सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।

कफिको अधिकतम प्रयोग-

धेरै कफिले पनि दिमागकको रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ । यसकारण राम्रो निद्रा लाग्दैन । राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ ।

हामीले आफ्नो खानपानमा बिषेश ध्यान दिनु पर्छ । जसको सहयोगबाट हिमीले बिर्सने बानि कमि गर्न सक्छौ । मानिसलाई आवश्यक पोषक तत्व प्राप्त नहुँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ ।

यहाँ केहि यस्ता खानपिनका नाम दिएका छौ । जस्ले तपाइको स्मरण शक्ति बढाउछ

१.नरिवलको तेल

नरिवलको तेलले हाम्रो दिमागको कोशिकालाई इन्धन दिन्छ । जसले हाम्रो स्मरणशक्ति बढ्छ । तपाई चाहनुहुन्छ भने नरिवलको तेललाई खानामा प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाई यसो गर्न सक्नुहुँदैन भने नियमित रूपमा नरिवलको तेलले आफ्नो टाउको मालिश गर्नुहोस् ।

२.बदाम

बदाममा एन्टीअक्सीडेन्ट र ओमेगा एसिड पाइन्छ । जसले हाम्रो स्मरणशक्ति बढाउँछ । राती ४/५ वटा बदाम भिजाउनुहोस् र बिहान यसको छिल्का निकालेर दुधको साथमा खानुहोस् ।

३.ओखर

ओखर दिमागको लागि निकै राम्रो मानिन्छ । यसले दिमागमा हुने कमजोरीलाई पहिचान गरी यस समस्यालाई समाधान गर्छ । दिनहुँ बिहान नियमित रूपले २० ग्राम अखरोटको सेवन गर्नुहोस् ।

४.फर्सीको बियाँ

फर्सीको बियाँमा भरिपूर्ण मात्रामा जस्ता पाइन्छ । यसकारण यो दिमागको लागि राम्रो मानिन्छ । फर्सीको बियाँको सेवनले राम्रो निन्द्रा पनि लाग्छ ।

५.ब्लुबेरीः

एन्टिअक्सिडियन्टयुक्त ब्लुबेरीले पनि स्मरणशक्तिमा अस्थायी रुपमा सुधार ल्याउन सहयोग पुयाउछ ।

६.गाजरः

क्यारोटिन तत्व युक्त गाजरले पनि स्मरण शक्तिलाई सशक्त बनाउँछ । दिनहु एक गिलास गाजर र एप्रिकेटको जुस पिउँदा स्मरण क्षमता तेज हुन्छ ।

७.अन्डाः

अन्डाले पनि स्मरण क्षमता वृद्धि गर्छ । अन्डामा हुने लेसिथिनले नशाको कोषलाई बलियो बनाउँछ ।

८.भिन्डीः

त्यस्तै दैनिक तरकारीको रुपमा प्रयोग हुने भिन्डीले पनि दिमागलाई तेज बनाउँछ ।

९.पिस्ताको नट:

थायमिन वा भिटामिन बी ए को कमीले पनि स्मरण शक्ति घट्छ । पिस्तामा थायमिनको मात्रा अत्यधिक हुन्छ । आधा कप पिस्ता नटमा ० दशमलब ५४ एमजी थायमिन हुन्छ । पचास वर्ष वा सो भन्दा मुनिका पुरुषमा १ दशमल पाँच एमजी र महिलामा १ दशमलब १ एमजी हुनुपर्छ ।

१०.गहुको जमराः

स्मरण शक्ति वा उमेरसँग सम्बन्धित समस्याका लागि गँहुको जमरा उपर्युक्त चिज हो । यसमा भिटामिन ईको मात्रा बढी हुन्छ ।

समाधान

स्मरणशक्ति ह्रास हुँदै गएमा मानिसको दैनिकी नै अस्तव्यस्त भएर जान्छ । त्यसैले लक्षण थाहा पाउने बित्तिकै समाधानमा लाग्नु राम्रो हुन्छ ।

होमियोप्याथिक चिकित्सा विधिबाट यसको निकै प्रभावकारी उपचार हुन्छ । बिरामीको मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर होमियोप्याथिक उपचार गरिन्छ । यस्तो समस्या समाधानका लागि होमियोप्याथिमा थुप्रै औषधी उपलब्ध छन् ।

Topics #किन हुन्छ स्मरणशक्ति ह्रास ? #सन्तुलित भोजन #स्मरणशक्ति #स्मरणशक्ति क्षमता बढाउने