कोलेस्टेरोल के हो ?

कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो । यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ ।

यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोर शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ।

यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन् । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ । त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ । कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।

४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ । मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन् ।

नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ ।

नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ । यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

१. ओखर

ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ । यसले शरीरको सूजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ । ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ ।

२. ओलिभ आयल

यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो । यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ । यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ । यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ ।

३. रेडवाइन

मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्टेरोल नियन्त्रणमा मद्धत गर्छ भन्ने देखिएको छ । रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ । यसले कोलेस्टेरोल लेभललाई घटाउँछ । यसका लागि राति एक ग्लास वाइन पिउन सकिन्छ। तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ ।

४. सुन्तलाको जुस

सुन्तलाको जुस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो । सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ । यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ । एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ ।

५. डार्क चकलेट

डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पुर्याउँछ । सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए । यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ । यसका साथै यसले छाला स्वस्थ राख्न मद्धत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसन्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए ।

६. ग्रीन टी

ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ । अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ । ग्रीन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।

कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्

१. कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।

२. भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।

३. कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।

४. चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।

५. हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।

६. मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।

७. कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।

८. कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ ।

९. कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुठ पनि कम खानुपर्छ ।

१०. फलफुल र सागसब्जि बढी खाने

११. नियमित शारीरिक व्यायाम गर्ने

१२. तौल घटाउने

१३. चुरोट र मदिरा छाड्ने

याे पनि पढ्नुहाेला अत्यन्तै जरूरी जानकारी,

हृदयघातले ज्यानै लान्छ, त्यसैले यति कुरामा ध्यान दिएर आफ्नो मुटु स्वास्थ्य राख्नुहाेस्

शरीरका लागी अत्यावश्यक यी वस्तुहरूको आपूर्ति रोकिएमा सबैभन्दा पहिले दिमागमा असर पर्छ । ५ मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोज आपूर्ति बन्द भएको खण्डमा दिमागको मृत्यु हुन्छ । दिमाग मरेपछि ज्यान सकिएको मानिन्छ ।

मुटुको आकस्मिक (इमर्जेन्सी) अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ ।

हृदयाघात के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगमध्ये हृदयाघातले विश्वमा वर्षेनी सबैभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ । त्यसमा पनि हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ । चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो ।

यसले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ ।

तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ ।

यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ ।

हृदयाघात भएको कसरी थाहा पाउने ?

हृदयाघात अकस्मात हुने रोग भएकाले छाती दुख्ने तथा यससंग संबन्धित अन्य लक्षण पनि अचानक नै सुरु हुन्छन् । छातीको बीच भागमा वा बायाँतिर दुख्नु वा पोलेको जस्तो अनुभव हुनु, छातीमा दबाब महसुस गर्नु वा मन्द मन्द दुखिराख्नु जस्ता लक्षण देखा पर्न सक्छन् ।

छाती दुख्नुको संगै अरु लक्षण जस्तै, पसिना आउनु, वाकवाकी लाग्नु, उल्टी हुनु, डर लाग्नु, छटपटी बढ्नु, मुटु ढुकढुक हुनु, रिंगटा लाग्नु आदि समस्या छन् भने हृदयाघात भएको सम्भावना झन् प्रबल हुन्छ ।

हृदयाघातका कारण भएका बिरामीमा यस्ता लक्षण देखिनासाथ यथाशिघ्र आकस्मिक सुविधा भएको अस्पताल पु¥याई इसिजि गराइहाल्नुपर्छ । लक्षणको आधारमा हृदयाघातको शंका भएका एस्प्रिन औषधिको ३०० मिग्रा घरमै दिन मिल्छ ।

हृदयाघातको प्रमुख उपचार

बन्द भएको कोरोनरी आर्टरीलाई खोल्नु र रक्तप्रवाहलाई पुनः सन्चालन गर्नु नै हृदयाघातको प्रमुख उपचार हो । रक्तप्रवाहलाई जति सक्दो चाँडो र पूर्ण रुपमा सञ्चालन गर्नु महत्वपूर्ण कदम मानिन्छ ।

बन्द भएको नलीलाई दुई तरिकाले खोल्न सकिन्छ । प्रथमः औषधि र दोस्रो एन्जिओप्लास्टी । कुन बिरामीलाई औषधि र कुनलाई एन्जिओप्लास्टी उपचार गर्ने हो, यसको निर्णय उपचारमा संलग्न चिकित्सकले धेरै कुरामा विचार गरेर गर्नुपर्ने हुन्छ ।

एन्जिओप्लास्टी भन्नाले कोरोनरी आर्टरीमा तार छिराएर बेलुन र स्टेन्टको मद्दतले रक्तप्रवाह सुचारु गर्ने भन्ने बुझिन्छ । औषधिले आर्टरीमा भएको क्लटलाई पगालेर रक्त प्रवाह सुचारु गर्छ ।

दुवै तरिकाको आ–आफ्नै फाइदा र बेफाइदा हुने भएकाले उपचारमा संलग्न विशेषज्ञले नै आफ्नो बिरामीको लागि उपयुक्त तरिका छान्ने गर्छन् । तर, सुविधा भएको ठाउँमा एन्जिओप्लास्टी नै सर्वोत्तम उपचार मानिन्छ । कुनै कारणवश एन्जिओप्लास्टी गर्न नमिल्ने अवस्था भएमा बिरामीलाई औषधिद्वारा नै उपचार गरिन्छ ।

भइसकेपछि के–के सावधानी लिनुपर्छ ?

उपचारका बारेमा चिकित्सकको सल्लाहअनुसार नै औषधि खानुपर्छ । आफ्नै इच्छाले मात्र कम गर्नु, बढाउनु वा खाँदैं नखानुले अर्को हृदयाघात निम्त्याउन सक्छ । चिकित्सकको सल्लाहअनुसार इसिजी, इकोकार्डियोग्राफी र पोटासियमको जाँच समय समयमा गराइराख्नुपर्छ ।

शारीरिक गतिविधिका बारेमा शारीरिक गतिविधि सामान्य रुपले कति दिनमा गर्ने हो, सो कुराको जानकारी चिकित्सकसंग लिनुपर्छ । बिरामीले बिस्तारै बिस्तारै प्रतिदिन गतिविधि बढाउँदैं लैजानुपर्छ र लगभग २, ३ हप्तापछि अफिस जाने या सामान्य कार्य गर्न सक्नेहुन्छ ।

हेभी एक्सरसाइज गर्नुहुँदैंन । यसका बारेमा आफ्नै मुटुरोग विशेषज्ञसंग छलफल गर्नुपर्छ । यौनक्रिया र गाडी चलाउनेबारे यौनक्रियामा संलग्नता र गाडी चलाउने काम ३ हप्तापछि गर्न मिल्छ । तर, यसबारे पनि डाक्टरको सल्लाह लिनुपर्छ ।
खानाका बारेमा स् खानामा नुन, चिनी र चिल्लो कम गर्नुपर्छ ।

सागपात र फलफुल बढी खानुपर्छ । खाना खाएपछि तुरुन्तै हिड्नु हुँदैंन । खाना थोरै–थोरै बरु धेरैपटक खान मिल्छ । मुटु रोगीले दिउँसो खाना खाएपछि एकछिन भएपनि सुत्नु वा आराम गर्नु जरुरी छ ।

धूमपान र मदिरा सेवनका बारेमा हृदयाघात भइसकेका व्यक्तिले एउटासमेत चुरोट सेवन गर्न मिल्दैन । अरुले सेवन गरेको धुवाँले पनि नराम्रो असर गर्छ ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

१. शरीरको तौल नियन्त्रण गर्ने ।

२. सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ ।

३. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमित रुपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाईन्छ । गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ।

४. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।

५. ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् ।

ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ।

६. तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।

७. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ।

८. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ ।

९. महिलाले दिनमा एक डिंक रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पु¥याउँछ।

१०. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ ।

११. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ ।

१२. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।

१३. यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ ।

१४. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।

१५. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Topics #कोलेस्टेरोल #कोलेस्टेरोल के हो #कोलेस्टेरोलको मात्रा बढ्न नदिन