हड्डी के हो ?

कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ ।

हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा भन्छन्, ‘जोर्नीले हाडलाई चलायमान हुन मद्दत गर्छ। जोर्नी चलाउन अथवा हाडलाई गतिशीलता प्रदान गर्न मांसपेशीको आवश्यकता हुन्छ। मांसपेशीलाई चलाउन पनि नसाको आवश्कता पर्छ।’

चिकित्सकहरु हाडको संरचनालाई जीवशास्त्रीय रुपमा व्याख्या गर्छन् । उनीहरुका अनुसार, हाडलाई ‘कनेक्टिभ टिस्युज’ भनिन्छ । अर्थात् क्याल्सियम र खनिज पदार्थ जम्मा गरेकाले नै हाड कडा स्वरुपमा रहेको हुन्छ ।

शरीरका अरु महत्वपूर्ण अंगलाई आफ्नो ठाउँमा राख्न, सुरक्षित बनाउन, चल्न, हिँड्डुल गर्नका लागि आवश्यक पर्ने संरचना नै हड्डी हो । हाडजोर्नी विशेषज्ञ डा. रमेशमानसिंह प्रधान भन्छन्,‘हाडका संरचनाहरु जोर्नी बनाएर जोडिएको हुन्छ र यो चल्न सक्ने अवस्थामा रहन्छ ।’

शिशु आमाको पेटमा रहँदादेखि नै शरीरमा हाडको विकास हुन थाल्छ । सुरुमा कुरकुरे खालका नरम हाडहरुको विकास हुन्छ । कतिपय अंगका हाडहरु विभिन्न खनिज पदार्थ लिएर विकास भइसकेका हुन्छन् र शिशु आमाको पेटमा रहँदा नै कडा खालका भइसकेका हुन्छन् । अरु हाडहरु बालक जन्मिएपछि विकास हुन्छ । २ सय ६ वटा हाडमध्ये क्याल्सियम र खनिज पदार्थ लिएर विकास हुन्छ । हाडहरुको बढ्ने भाग बालकको जन्मपछि विस्तार हुन्छ ।

के रोग लाग्छ हड्डीमा ?

हाडजोर्नी तथा नसामा विभिन्न खालका रोगहरु देखा पर्ने खतरा उत्तिकै रहन्छ । बालक जन्मेदेखि जीवनपर्यन्त विभिन्न रोग लाग्न सक्छन् । बालबालिका, युवा तथा वृद्धावस्थामा यसको असर फरक–फरक हुन्छ । कतिपय रोग जन्मजात नै सिर्जना भएका हुन्छन् भने कतिपय समस्या दुर्घटनापछि आउँछन् । केही रोग भने मानिसको दैनिकी र 18 आदिका उपज हुन्छन् ।

हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा हाडसम्बन्धी रोगलाई सात तहमा वर्गीकरण गर्न सकिने बताउँछन् ।

१. कन्जिनेन्टल

जन्मिँदादेखि नै हाडसम्बन्धी संरचनामा समस्या भएकोलाई यस वर्गमा राखिन्छ । हाड सानो हुने, हड्डीको वृद्धि नहुने, बाङ्गो तथा कमजोर हुने खालका समस्या यसमा रहन्छन्। वंशाणुगत समस्या नै यस रोगको प्रमुख कारण हो।

२. डेभलपमेन्टल

बच्चाहरुको विकास हुने क्रममा देखा पर्ने रोगहरुलाई ‘डेभलपमेन्टल’ भनी वर्गीकरण गरिएको हुन्छ। यस्ता रोग बालबालिका जन्मिएपछि विकास हुने क्रम वा बढ्ने क्रममा देखा पर्छन्। कहिलेकाहीँ हड्डीको विकास हुँदाहुँदै बीचमा रोग देखिन सक्छ। हड्डी, नसा वा मांसपेशीमा यो खालको समस्या देखिन सक्छ।

३. मेटाबोलिक 

शरीरलाई आवश्यक पर्ने तत्वहरु नपुगेका कारण लाग्ने रोगहरु यस वर्गमा पर्छन्। हाड वा समग्रमा अस्थिपञ्जरको विकासका लागि आवश्यक पर्ने क्याल्सियम, फस्फोरस, मिनरल नपुगेमा यस्तो समस्या देखिन्छ। मजबुत हाडका लागि शरीरमा जुन तत्व आवश्यक पर्ने हो, त्यसको न्यूनतम उपलब्धता नहुँदा यस्ता रोग देखा पर्छन्।

४. ट्रमाटिक

चोटपटक वा दुर्घटनाजन्य कारणले देखा पर्ने हाडसम्बन्धी समस्या ‘ट्रमाटिक’ हुन्। हाडजोर्नीमा असर गर्ने, मासु च्यातिनेजस्ता समस्या हुन्छन्।

५. इन्फेक्सन

संक्रमणका कारण पनि हाडसम्बन्धी रोगको समस्या देखिन सक्छ। हड्डीलगायत मासु पाक्न सक्ने खालका समस्या हुन्छन् । यस्ता रोग दुई प्रकारमा विभाजन गरेर अध्ययन भएको पाइन्छ, ‘नन्स्पेसिफिक’ र ‘स्पेसिफिक’। ‘नन्स्पेसिफिक’मा कारणबिनै संक्रमण हुने र हाडमा समस्या आउने हुन्छ। इन्फेक्सनमा भने अन्य रोगका कारण हाडसम्बन्धी समस्या देखिन्छ। कुष्ठरोग र त्यसले हाडमा गर्ने असर यसको उदाहरण हो। थाइराइडको समस्या भएकाहरुलाई पनि हाडको समस्या निम्तिन सक्छ।

६. इन्फ्लामेसन

बाथ रोग लागेर हाडजोर्नी बिग्रिनेलगायतका समस्या हुन्छन्। हात/खुट्टाहरु दुख्ने समस्या यसमा पर्छन् । टिबीका कारण पनि हाडमा असर हुन्छ। ब्रोसेलोसिस, पोलियो (जसलाई हामीले भाइरल इन्फेक्सन पनि भन्छौं) जस्ता रोग देखिन सक्छन्। बच्चालाई हुने पोलियो ‘भाइरल इन्फेक्सन’ हो, जसले अस्थिपञ्जरमा पनि असर गर्न सक्छ। पोलियो

के खाएमा हड्डी बलियो हुन्छ ? जान्नुहोस्

साग 

हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्सियमका साथै भिटामिन समेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरुको घनत्व बढाउँछ ।

बदाम 

बदाम, ओखर जस्ता खानेकुराहरुमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइन्छ जसले हड्डीको क्षयिकरण रोक्न मद्दत गर्छन् र हड्डीको निर्माणमा सघाउ पुर्याउँछ ।

माछा, मासु र अण्डा 

माछा, मासु र अण्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूर्ण खानेकुराहरु हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै हड्डीको विकाशमा समेत सहयोग पुर्याउँछ ।

दुध 

दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।

केरा 

हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ ।

यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र शरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।

पनीर 

पनीरमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुनबाट बचाउँछ । र हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।

यस्ता फलफूलमा पौष्टिक गुणका साथै औषधीय गुणहरु पनि पाइन्छ, जानी राखौ

अंगुर

अंगुर पनि हामीले अत्यधिक सेवन गर्ने फलमध्ये पर्छ । अंगुरमा पाइने पौष्टिक र औषधीय गुणले मानव शरीरलाई धेरै फाइदा पुर्याउँछ ।

अंगुरको औषधीय गुण

१. अंगुरमा ‘फ्ल्याभोनोइड्स’ भन्ने तत्व पाइन्छ, जसले राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ। यसले गर्दा मुटु स्वस्थ रहन्छ ।

२. अंगुरको नियमित सेवनले ट्युमर हुनबाट जोगाउन सक्छ। यसमा रहेको ‘रेस्भेरेट्रोल’ नामक तत्वले ट्युमर हुनबाट रोक्छ ।

३. अंगुरको रस नियमित प्रयोग गर्नाले उच्च रक्तचाप नियन्त्रण हुन्छ ।

४. अंगुरले रगत सफा गर्न मद्दत गर्छ। यसले रगतमा भएका हानिकारक ‘टक्सिन’हरु निकाली रगत सफा गराउँछ ।

५. अंगुरको रस नियमित सेवन गर्दा दम रोग लाग्ने सम्भावना कम हुन्छ ।

६. अंगुरमा पाइने एन्टिअक्सिडेन्टले अल्जाइमर, ‘ऐथेरोस्क्लेरोसिस’जस्ता रोगबाट बचाउन सक्छ ।

केरा

केरामा पोटासियमको मात्रा पर्याप्त मात्रामा पाइन्छ । यसका अलावा केरालाई डायट्री फाइबर, भिटामिन, पोटासियम र म्यागनेसियमको राम्रो स्रोत मानिन्छ ।

केराको औषधीय गुण

१. केरा नियमित सेवन गर्नाले यसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

२. केराको सेवनले छालालाई विकीरणले हुने जोखिमबाट जोगाउँछ ।

३. पाकेको केराको सेवनले ग्यास्टिक रोग लाग्न बाट बचाउँछ। केराले झाडापखाला र आउँ पर्नबाट पनि जोगाउँछ ।

४. केरो सेवनले रातो रक्त कोष बन्न मदत गर्छ र रक्तअल्पता हुन बाट जोगाउछ ।

५. केराको नियमित सेवनले तौल बढाउन मद्दत मिल्छ। साथै, केराले तुरन्तै शक्ति दिने काम गर्छ ।

स्याउ

पौष्टिक हिसाबले स्याउमा कार्बोहाइड्रेड, भिटामिन र खनिज पदार्थ पाइन्छ, जुन हाम्रो शरीरका लागि आवश्यक तत्व हो । स्याउ पौष्टिक गुणले मात्र होइन औषधीय गुणहरुले पनि भरिपूर्ण छ ।

स्याउमा पाइने औषधीय गुण

१. स्याउमा पाइने मलिक एसिड, टार्टरिक एसिडहरुले शरीरका जोर्नीहरु दुख्ने समस्या कम गर्न मद्दत गर्छ। साथै, स्याउमा पाइने यी एसिडले पाचन क्रियामा पनि सहयोग गर्छन् ।

स्याउमा प्रकृतिक रुपमा पाइने एसिडले स्याउ आफैँलाई पच्न मात्र भनई हामीले खाएको अन्य खानेकुरालाई समेत पचाउने गर्छ ।

२. पाकेको स्याउ वा यसको रस नियमित खाएमा पुरानो कब्जियत निको हुन सक्छ ।

३. स्याउको नियमित सेवन गर्नाले ब्रोङ्काइटिस र लहरे खोकी हुनबाट जोगाउँछ ।

४. स्याउको नियमित सेवनले रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ ।

५.स्याउमा भएको मलिक एसिडले रगतबाट बिकार पदार्थ निकाली रगत सफा पार्न सहयोग गर्छ ।

६.आखाँ सुन्निएको अथवा इन्फेक्सन भएको बेला स्याउको रसले आखाँ सफा गरेमा आराम मिल्छ ।

७. काँचो अथवा बेक गरेको स्याउ नियमित सेवन गर्नाले छाँतीको दुखाइ कम हुन्छ साथै मिर्गौला जोगाउन सहयोग गर्छ ।

अम्बा

अम्बा पौष्टिक रुपमा भरिपूर्ण छ । अम्बामा ‘डायट्री फाइबर’ प्रसस्त मात्रामा पाइन्छ। यस्तै, अम्बा क्यालसियम र पोटासियमको महत्वपूर्ण स्रोत हो। यसमा केही मात्रामा फलाम पनि पाइन्छ । अम्बामा भिटामिन, प्रोटिन पनि पाइन्छ । अम्बा ‘भिटामिन सी’को स्रोत हो ।

अम्बाका औषधीय गुण

१. अम्बाको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

२. अम्बाभित्रको गुटीमा १४ प्रतिशतसम्म तेल हुन्छ, जसले राम्रो कोलेस्टेरोल ९एचडिएल० को मात्रा बदाउँछ ।

३. अम्बामा प्रसस्त मात्रामा भिटामिन सी पाइने हुनाले यसले छाला सम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

४. अम्बाको सेवनले रगतमा चिनीको मात्रा उपयोगमा ढिलाइ गराउन मद्दत गर्छ, जुन डाइबिटिज रोगीलाई अत्यन्त उपयोगी हुन्छ ।

५. अम्बामा धेरै मात्रामा पाइने ‘ट्यानिन’ तत्वले झाडापखाला निको पार्न मद्दत गर्छ ।

६. नियमित अम्बा सेवन गर्नाले क्यान्सरको सम्भावना घटाउँछ ।

आँप

आँपमा कार्बोहाइड्रेड, फाइबर, सोडियम, क्यालसियम, जिङ्क, कपर, भिटामिन सी, भिटामिन बी कम्पलेक्स आदि तत्व पाइन्छ । आँप पौष्टिक रुपले भरिपूर्ण फल हो ।

आँपका औषधीय गुण

१. आँपको सेवनले क्यान्सर हुने सम्भावना कम गर्छ ।

२. आँपले कोेलेस्टेरोलको मात्रा घटाउन मद्दत गर्छ । यसमा रहेको फाइबर एवं भिटामिन सीले रगतमा रहेको कोेलेस्टेरोलको मात्रा घटाउँछ ।

३. आँपमा भिटामिन ए पाइने हुनाले रतन्धो हुनबाट जोगाउँछ। साथै, आखाँ सुख्खा हुने रोगबाट पनि बचाउँछ ।

४. आँपको सेवनले छाला स्वस्थ रहन्छ ।

५. आँपले उच्च रक्तचाप हुनबाट पनि जोगाउँछ ।

मेवा

मेवा पौष्टिक र औषधीय गुणले भरिपूर्ण फल हो। मेवामा ‘पपाइन’ भन्ने इन्जाइम पाइन्छ। मेवा कार्बोहाइड्रेड, भिटामिन ए, भिटामिन सी, मिनरल, म्यागनेसियम, कपर आदिको राम्रो स्रोत हो ।

मेवाका औषधीय गुण

१. मेवाले छाला सफा र चम्किलो राख्न मद्दत गर्छ। यसमा पाइने भिटामिन ए, पपाइन जस्ता तत्वले छालालाई स्वस्थ राख्न सहयोग पुर्याउँछ ।

२. मेवाले कपाल स्वस्थ राख्नुका साथै कपाल झर्नबाट जोगाउँछ ।

३. मेवाको सेवनले आखाँ तेजिलो हुन्छ। यसले रतन्धो हुनबाट पनि जोगाउँछ ।

४ मेवाको नियमित सेवनले मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।

५. मेवाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। मेवाको नियमित सेवनले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

Topics #के खाएमा हड्डी बलियो हुन्छ #के रोग लाग्छ हड्डीमा ? #हड्डी के हो