पेटभित्र रहेको अनावश्यक वायु मलद्वारबाट निष्कासन हुने प्रक्रियालाई पाद भनिन्छ । पाद्नु एक सामान्य प्राकृतिक कार्य हो जुन हरेक मान्छेमा हुन्छ ।

पेटको समस्या तथा ग्यास्ट्रिक भएको मान्छेलाई भने यसको ठूलो प्रभाव हुन्छ । तपाईं थाहा होला या नहोला, पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक हो । किनकी पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ ।

कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन । यो त मानिसको पाचन प्रणाली स्वस्थ भएको संकेत हो ।

पाद किन आउँछ ?

पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । मलद्धारबाट निस्किने ग्यास सधै दुर्गन्धित तथा ठूलो आवाज सहितको हुँदैन । शोध अनुसार एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्दछ ।

अधिकांश पटक कुनै आवाज विना नै ग्यास उत्सर्जन हुन्छ । यसरी छाडिने ग्यासमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । यदि तपाइँले छाड्ने ग्यास तिखो गन्ध सहितको छ भने यसबाट बुझ्नुपर्छ की तपाइँले पर्याप्त फाइबर सहितको भोजन लिन पाउनुभएको छ र तपाइँको पेटमा पर्याप्त मात्रामा लाभदायक ब्याक्टेरिया छन् ।

तर ग्यास निकै दुर्गन्धित छ र सहनै नसक्ने तरिकाले गन्हाउँछ भने चाहीँ यसले राम्रो संकेत गर्दैन । यसको अर्थ हुन्छ तपाइँको पाचन तन्त्र अस्वस्थ छ । यसरी ग्यास बढि गन्हाउनुको अर्थ कारण तपाइँले यस्ता चिजहरु खाइरहनुभएको छ जसले उच्च मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न गरिरहेको छ ।

शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । शोधकर्ताका अनुसार केवल ग्यास छाड्नेलाई मात्र होइन ग्यास सुघ्नेलाई पनि फाइदा हुन्छ । पादमा मिसिएर आउने मिथेन ग्यास सुँघ्नाले मानिसमा विभिन्न खाले रोगको खतरा क मगर्दछ ।

डिमेन्सिया रोगका बिरामीलाई मिथेन ग्यासले निकै लाभ पूराउँदछ । त्यस्तै हाइड्रोजन सल्फाइड ग्यासले पनि डिमेन्सियाका बिरामीको सरिरमा लाभदायक इन्जाइम उत्पादन गर्न सहयोग पूराउँछ ।

पादका बारेमा रोचक तथ्हहरू यस्ता छन्

१. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ । यसमा ५९५ नाइट्रोजन, २१५ हाइड्रोजन, ९५ कार्बनडाइअक्साइड, ७५ मिथेन, ३५ अक्सिजन तथा १५ अन्य तत्वहरु मिसिएको हुन्छ ।

२. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।

३. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।

४. पादले हाम्रो ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।

५. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दविश्वास थियो ।

६. ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुल यति ठुलो हुन्छ कि उक्त फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।

७. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।

८. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउँछ ।

९. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।

१०. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउने गर्छ ।

११. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलैसंग निभाउन सक्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।

१२.पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ । पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ । यस्तो कार्यले कहिले कहीं तपाइलाई चोट पनि पुराउन सक्छ ।

१३. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।

१४. नाइट्रोजन र कार्बनडाइअक्साइड बढी भएको पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।

१५. कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।

१६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।

१७. तपाइलाई यदी पादै पादले भरिएको च्याम्बरमा थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुँदैन ।

१८. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।

१९. हाम्रो पादमा हुने १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।

२०. पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्छ ।

२१. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।

२२. चिम्पान्जी धेरै ठूलो आवाज निकालेर पाद्छ ।

याे जानकारी पनि

पिसाब रोक्ने बानी नराम्रो

हतार हुँदा पिसाब रोकेर काम गर्ने धेरैको बानी हुन्छ । ‘एकैछिन त हो नि के फरक पर्ला र ? भन्दै धेरैले पिसाब रोकेर अरू काम गर्छन् । विशेषगरी नेपालमा उपयुक्त ठाउँको अभावमा धेरै महिला पिसाब रोक्न बाध्य छन् । तर पिसाब रोकेर गरिने हेलचेक्र्याइँ जीवनभरका लागि पीडा बन्न सक्छ ।

यसतर्फ चिकित्सकले सावधान रहन सुझाएका छन् । चिकित्सकका अनुसार समयमै पिसाब गरिएन भने वा महसुस गरेको दुई मिनेटभित्र फेरिएन भने त्यसले स्वास्थ्यमा घातक असर गर्छ । युरोलोजोस्ट डा.भोलाराज जोशीका अनुसार जति धेरै समय पिसाब रोकेर राखिन्छ पिसाब थैलीमा उति नै बढी ब्याक्टेरिया विकसित हुन्छ ।

धेरै पानी पिउनु पनि हानिकारक

एक अध्ययनअनुसार धेरै पानी पिउनु पनि हानिकारक हुन्छ । केही समयअघि बेलायतमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । धेरै पानी पिउँदा मृगौला ठीक रहन्छ तर तौल कम हुनुका साथै एकाग्रता घट्छ ।

विशेषज्ञहरूका अनुसार धेरै पानी पिउँदा शरीरमा नुनको मात्रा कम हुन्छ । यसले दिमागमा असर पर्न सक्छ । प्रशस्त पानी पिउनाले बारम्बार पिसाब लागिरहन्छ । यसले गर्दा निद्रा पनि कम लाग्छ । खाना खानुअघि पानी पिए भोक कम लाग्ने कुरा पनि अध्ययनबाट पत्ता लागेको ।

अनारका फाइदा पनि पढ्नुहाेस्

अनारमा भिटामिन सी प्रशस्त पाइन्छ । अनारबाट पोटासियम, आइरन, अमिनो एसिड, जिंक तथा भिटामिन बी पनि प्राप्त हुन्छ । यसले धमनीको रक्षा गर्छ । मौसम कोलस्ट्रोलको स्तर तथा तौल घटाउन पनि सहयोगी हुन्छ । अनार खाँदा पाचनक्रिया ठीक रहन्छ । यो फल पत्थरी, निमोनिया, सर्दी तथा ज्वरोमा पनि फाइदाजनक साबित हुनसक्छ । यसको नियमित सेवन गरे अनुहारमा निखार आउँछ।

आँखाको रोगका लागि

अनारको दाना पिसेर त्यसको रस छान्नुपर्छ । यो रसलाई आँखामा राखे आँखा रातो हुने तथा पोल्ने समस्या कम हुन्छ ।

थकाइ लाग्दा के खाने ?

शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । धेरै शारीरिक परिश्रम गर्दा तथा खेल खेल्दा थकाइ लाग्न सक्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्‍याउनुपर्छ ।

प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ ।

फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ ।

अंकुरित भोजन, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ ।

दूधमा मह मिसाएर पिउनुपर्छ ।

भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ ।

थकाइको उपचारमा पोटासियमको विशेष महत्व हुन्छ । यसका लागि हरिया सागपात तथा दिनमा दुईवटा केरा खानुपर्छ ।

त्यस्तै क्याल्सियम, सोडियम, जिंक आदिले पनि थकान निवारण गर्न विशेष भूमिका निर्वाह गर्छ ।

माछा–मासुको सेवन पनि लाभदायक मानिन्छ ।

५ सय मिलिलिटर गाजरको जुस, ३ सय मिलिलिटर चुकन्दरको जुस तथा १ सय मिलिलिटर काँक्राको जुस मिसाएर पिए शक्ति प्राप्त हुन्छ ।

१ गिलास अनारको जुस पिउनु शक्तिबद्र्धक मानिन्छ ।

दिनहुँ २ लिटर पानी पिए शरीरका कोषहरू ताजा तथा स्फुर्त हुनुका साथै बढी ऊर्जा प्राप्त हुन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेस्

Topics #किन आउँछ( अपन वायु ) पाद #पाद रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ #पादका बारेमा रोचक तथ्हहरू यस्ता