हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरू वृद्धि हुन्छन् । ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा खानाको विषाक्तता गराउँछ ।

हामीले प्रदूषित खाना वा पानी खाएमा यसमा भएको ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादीहरूले खानाको विषाक्तता हुन्छ । खानाको विषाक्ततामा प्रदूषित खाना, पानी खाएको ४८ घन्टाभित्रमा वाकवाकी लाग्ने, बान्ता हुने पेट दुख्ने र दिसा लाग्नेजस्ता समस्याहरू देखिन सक्छ ।

यी लक्षणहरू उही खानेकुराहरू खाएका सबैमा वा कुनै एक व्यक्तिमा पनि देखिन सक्छ । प्रायः खानाको विषाक्तता भोजभतेर, विद्यालय, सामाजिक कार्यक्रमहरू तथा रेस्टुरामा खाँदा हुन्छ ।

खानेकुराहरू प्रदूषित हुनुको मुख्य कारणहरू फोहोर ठाउँमा खानाहरू राख्ने, राम्रोसँग नपकाउने वा आफू स्वयंले सरसफाइमा ध्यान नदिनु नै हो राम्रोसँग प्याक नगरेको खाद्यान्नको प्रयोग र उचित तापक्रममा खानेकुराहरू नराख्नाले पनि खानाको विषाक्तता हुन सक्छ ।

खानाको विषाक्तता ब्याक्टेरिया, भाइरस परजीवी र विषादीका संक्रमणले गर्दा हुन्छ । ब्याक्टेरियाको प्रवेश खानेकुरामा निम्न कारणले गर्दा हुन्छ ।

फुड पाेइजन विभिन्न ब्याक्टेरिया तथा भाइरसका साथै त्यसबाट उत्पन्न भएका विषबाट हुने गर्छ । फुड पाेइजनका जिवाणुहरु नोरो भाइरस, सालमोनेला,कम्पेलोब्याक्टर, इकोलाई टोक्सोप्लाज्मा गोडी आदि हुन् ।

याे समस्या नेपालमा पनि हरेक वर्ष देखिने गरेकाे पाईन्छ । फुड पाेइजनकाे मुख्य कारण कुन जीवाणु हाे त्याे भन्ने अहिले सम्म यकिन भएको पाइँदैन । विशेषगरी अस्वस्थकर खानपानबाटै फुड प्वाइजनिङ भएको पाईन्छ । खानामा संक्रमण भएको केही घण्टादेखि केही दिनमा यसका लक्षण देखिन्छ ।

किन हुन्छ फुड पोइजनिङ ?

१.राम्रोसँग हात नधोई खाना बनाएमा,

२.खाना बनाउँदा प्रयोग हुने सामानहरू सफा नभएमा,

३.लामो समयसम्म बाहिर राखेको डेरी पदार्थहरूको प्रयोग गरेमा,

४.प्रशोधन नगरेको माछाको प्रयोग गरेमा,

५.राम्रोसँग नपखाली फलफूल वा तरकारीहरूको प्रयोग गरेमा,

६.राम्ररी नपाकेको अन्डा, माछा तथा मासुको प्रयोग गरेमा,

७.इनार तथा कुँवाको पानीहरू वा सहर बजारका पानीहरू प्रशोधन नगरी प्रयोग गरेमा ।

विशेषगरी गर्भवती वा दूध खुवाउने आमाहरूले खानाको विषाक्तताको रोकथाम गर्नुपर्दछ । खानाको विषाक्तताको जोखिम प्रायः बूढाबूढी र बच्चाहरूमा हुने गर्दछ । यदि हामीमा गम्भीर स्वास्थ्यस्थिति जस्तैः मिर्गौलासम्बन्धी रोग, मधुमेह र कम प्रतिरोधात्मक क्षमता छ भने खानाको विषाक्तताको जोखिम हामीमा पनि हुन सक्छ ।

कस्ता लक्षणहरु देखापर्छ ?

खानाको विषाक्तताको लक्षण प्रदूषित खाने कुराको मात्रा र संक्रमित ब्याक्टेरियाको प्रकारमा निर्भर हुन्छ । यसका लक्षणहरू ३० मिनेटभित्र वा विस्तारै केही दिन वा हप्तामा देखिन सक्छ । यसको मुख्य लक्षणहरू यस प्रकारका छन् ।

फुड पाेइजनकाे लक्षण

– बान्ता हुने

– वाकवाकी लाग्ने

– पानीजस्तो वा रगत मिसिएको पखाला लाग्ने

– पेट दुख्ने तथा मांसपेशी बाउडिने

– ज्वरो बान्ता हुने

– वाकवाकी लाग्ने

– पानीजस्तो वा रगत मिसिएको पखाला लाग्ने

– पेट दुख्ने तथा मांसपेशी बाउडिने

– ज्वरो आउने

सामान्यतया खानाको विषाक्ततामा घातक हुँदैनन् र २४ देखि ४८ घन्टाभित्रमा निको हुने गर्दछ । विषालु च्याउको प्रयोगले गर्दा वाकवाक लाग्ने, दिसा लाग्ने, बान्ता हुने, पसिना आउने, काप्ने र अचेतसमेत हुसक्छ । यसरी विषालु च्याउको प्रयोगले मानिसको ज्यान नै जोखिममा पार्न सक्छ ।

फुड पोइजनिङ भएको थाहा भएमा बिरामीलाई जतिसक्दो चाँडो स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्ने हुन्छ । स्वास्थ्य संस्था पुग्नु अघिसम्म यदि बिरामीले पिउन सक्छ वा बान्ता भएको छैन भने जीवनजल दिन पनि सकिन्छ । स्वास्थ्य केन्द्र वा अस्पताल पुगेपछि जीवाणु पत्ता लगाएर त्यसै अनुरूप एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ भने समयमा उपचार नभए जटिलता उत्पन्न हुन सक्ने डर रहन्छ ।

कडा जलवियोजन र इकोलाइका केही प्रजातिले गराउने हेमोलाइटिक युरेमिक सिन्ड्रोमको समयमै उपचार नभएमा बिरामीको मृत्युसम्म पनि हुन सक्ने डर रहन्छ । यसकाे जाखिम वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीमा अझ बढी हुने गर्छ ।

फुड पोइजनिङको उपचार के त ?

प्रायजसो खानाको विषाक्तता दुई दिनपछि आफैँ निको हुने गर्दछ । उपचारको मुख्य उद्देश्य शरीरमा पानीको मात्रा कम हुन नदिनु हो ।

दिसा हुन्जेल ठोस खानेकुराहरू नखाने, दुग्ध पदार्थहरूबाहेक अन्य तरल पदार्थ प्रशस्त मात्रामा खाने, बच्चाहरूलाई जीवनजल खुवाउने, यदि विषादी खानेकुराहरू (च्याउ/माछा) खाइएको छ भने तुरुन्त चिकित्सालाई देखाउनुपर्दछ ।

के के हुन् एलर्जी गराउने खाद्य पदार्थ ? र फुड एलर्जीका लक्षण

एलर्जी गराउने खाद्य पदार्थ

१. सोयाविन

२. मकैको सेवन

३. माछा

४. गाईकेा दूध वा अन्य दूग्धजन्य उपात्दन

५. ग्लुटेनयुक्त गहु लगायतका उत्पादन

६. बदाम

७. अण्डा

फुड एलर्जीका लक्षण

१. सास लिनमा समस्या उत्पन्न हुने

२. मुटुको धड्कन बढ्ने

३. चिलाउने

४. आँखा, ओठ, अनुहार तथा घाटीमा सुजन हुने

५. पखाला

बच्चालाई जंकफुडबाट बाहिर निकाल्ने उपाय, यस्ता छन्

यदि बच्चाले सागपात, फलफुल, दूध आदि खान आनाकानी गर्छन् भने अरु उपाय लगाएर भए पनि उनहिरुर्लाइ ती चिजहरु खान दिनुपर्छ ।

उनीहरुले रुचाउने बजारिया खानेकुराहरु यदि घरमै बनाउन सम्भव छ भने त्यो प्रयास गर्नुहोस । घरमै बर्गर र पिज्जा बनाउनुस र तिनीहरुमा बढिभन्दा बढि हरियो सागपात समावेश गर्नुहोस ।

स्कुलका टिफिन बक्समा हरेक दिन बच्चाहरुलाई केही नयाँ कुरा राखिदिनुहोस । तर, ती चिजहरु पोषक तत्वबाट भरिपूर्ण हुनुपर्छ ।

घरमा यस्ता खानेकुराहरु राख्ने गर्नुहोस जुन स्वादिष्ट हुनुका साथै स्वाथ्यलाई पनि लाभदायक होस जंक फुड सकभर घरमा राख्दै नराख्नुहोस् ।

बच्चालाई सबै परिवारसँगै बसेर खाना खान दिनुहोस। बच्चाले जे कुरा खानलाई आनाकानी गर्छन्, त्यो उनीहरुकै अगाडि आफूले खाएर देखाउनुपर्छ ।

जंक फुडले कसरी निम्त्याउछ तपाइको अनुहारमा डण्डिफोर ? थाहापाउनुस

डण्डिफोरबाट बिशेष गरी (१४–२१) वर्षसम्मका युवायुवती पीडित हुन्छन् । उनीहरूले गर्ने खानपान जस्तै, धेरै तेलजन्य पदार्थ, पिरोजन्य खाना, जंक खाना (चाउचाउ, बर्गर आदि)ले उनीहरूको अनुहार बिगारिदिने गर्छ ।

अनुहार डण्डिफोर आउन नदिन धेरै सागसब्जी, फलफूल, दालजन्य र थोरै चिल्लो पदार्थ सेवन गर्नुपर्छ । भिटामिनको मात्रा बढाउन लौका, हरियो सागपात, फर्सी, स्याउ, अम्बा, सुन्तला, अनारको नियमित सेवन गुर्नपर्छ। यस्ता खानेकुरा खाए अन्य रोगबाट पनि बच्न सकिन्छ।

छालामा पोषण तत्व कमी भए विभिन्न डण्डिफोर र खटिरा देखा पर्छन् । त्यसकारण छाला र पोषणको निकै सम्बन्ध हुन्छ । बिषजन्य प्रोटिनको मात्रा रगतमा बढि भएमा धेरै समस्या हुन्छन् । यस्तो प्रोटिनको संलग्नता समुद्री माछा, मासु अण्डा र स्टोबेरीमा हुन्छ ।

छाला धेरै पोषण तत्वको कमी अथवा बढिको पहिलो सूचक पनि हो । जस्तै भिटामीन ‘ए’ को कमीले गर्दा कपाल र छालामा समस्या देखा पर्न सक्छन् । भिटामिन ‘बी’ को कमीले मुखमा खटिरा र घाउ आउन सक्छ ।

भिटामिन ‘सी’ को कमीले स्करभी र घाउ निको नहुन सक्छ भने भिटामिन ‘डी’ को कमीले छालाको टिबीलाई सहयोग पुर्‍याउँछ । क्याल्सियमको मात्रा धेरै भए पिम्पल र खटिरासँग हुन्छ भने म्यागनिसियमको मात्रा थोरै भए मुसा र अन्य खटिरा देखा पर्छन् ।

यस्ता समस्या भए धेरै तरकारी खानुपर्छ ।

बढी कोष उत्पादन अथवा शरीरमा नचाहिएको कोष बन्नु नै क्यान्सर हो । क्यान्सर चिकित्साशास्त्रको प्रमुख चुनौती बन्दै आएको छ । क्यान्सरका कारण विभिन्न छन् । अनुसन्धानले खानाबाट क्यान्सर रोकथाम अथवा न्यूनीकरण गर्न सकिने देखाएको छ ।

रक्सी, चुरोट सेवन तथा सूर्तीजन्य वस्तुको सेवनबाट मुख, फोक्सो, घाँटीमा क्यान्सर लाग्छ । धेरै मात्रामा चिल्लो पदार्थको सेवनबाट स्तन र पेटको क्यान्सर हुने सम्भावना बढि हुन्छ साथै धेरै मासु खानाले आन्द्राको क्यान्सर हुने सम्भावना हुन्छ ।

क्यान्सर एक दीर्घ रोग भएकोले विभिन्न उपचार पद्धति जस्तै केमोथेरापी, रेडियोथेरापी र सर्जरी लागू गरिन्छ । यस पद्धतिको उपचारबाट रोगीमा शारीरिक पोषण तत्व कमी हुन जान्छ र रोगीलाई निकै असर पार्छ । त्यसकारण खाना मिलाएर खान सके, पोषण तत्वको समन्वय गर्न सकिन्छ र रोगबाट लड्ने शक्ति निर्माण गर्न सकिन्छ ।

क्यान्सरपीडितले उपचार पद्धतिबाट विभिन्न समस्या झेल्न सक्छन् । त्यसैले खानामा ध्यान दिनसके राम्रो हुन्छ । रिंगाटा लागे र वान्ता आए थोरै खाना धेरै पटक सेवन गर्नुपर्छ । खानामा फलफूल सलाद तथा जुस खाना खानुभन्दा १ घण्टाअगाडि खानु बेश हुन्छ । बिरामीलाई भोक नलागेको अवस्थामा अथवा नरुचेको अवस्थामा धेरै पोषण तत्व मिलाएर सेवन गर्नुपर्छ । यस्तो अवस्थामा धेरै प्रोटिनको मात्रा र धेरै क्यालोरी पाइने वस्तुको सेवन गर्नुपर्छ ।

क्यान्सर रोगीलाई सचेतपूर्वक पोषणको सल्लाहको खाँचो हुन्छ । क्यान्सरले शारीरिक कोषबाट निकै पोषण तत्व घटाउने भएकोले रोगीमा मानसिक, पाचन क्रियामा र अन्य शारीरिक समस्या देखा पर्न सक्छन् । त्यसैले खानेकुराको सन्तुलन मिलाउन सके बिरामीलाई हानीबाट बचाउन सकिन्छ ।

क्यान्सरपीडितले दिनमा प्रोटिनजन्य वस्तु जस्तै मासु, माछा, अण्डा, दूध र दाल ५० ग्राम भन्दा माथि खानुपर्छ । बिरामीले फलफूल र तरकारीको मात्रा उचित मात्रामा सेवन गर्नुपर्छ । खानाले संक्रमण समस्या आउने भएकोले धेरै दुध, दही सेवन नगर्दा उचित हुन्छ।

मुख र घाँटी दुखेमा हलुका र सादा खाना खानुपर्छ र मसलादार खाना बार्नुपर्छ । निल्न समस्या भए झोलजन्य वस्तु साथै तेल र ध्यूको मिश्रण भएको खाना र सानो टुक्रामा भएको खाना सेवन गर्नुपर्छ । भोक नलागेको अवस्थामा बिस्तारै खाना खाने, पानीको मात्रा खाना खानु भन्दा आधा घण्टाअगाडि नखाने र मुख सुख्खा भए झोलजन्य वस्तुको मात्रा बढाउने र तरकारी गेभ्री बनाएर सेवन गर्नुपर्छ ।

यस्ता छन्, ‘सुपर फुड’ जसको नियमित सेवनले रोगको भयबाट बच्न हुन्छ

१. ग्रीन टी

ग्रीन टि एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । पेट सफा राख्न, रगतको शुद्धिकरणका लागि समेत ग्रीन टि उपयोगी हुन्छ । ग्रीन टिमा यस्तो तत्व हुन्छ, जसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।

यो छाला, केस, हड्डी स्वस्थ्य राख्न प्रभावकारी मानिन्छ । ग्रीन टिमा एन्टि क्यान्सर गुण समेत हुने अध्ययनहरुबाट थाहा भएको छ ।

२. गहुँको पातको रस

गहुँको पातको रस निकै उपयोगी हुन्छ, स्वास्थ्यका लागि । यद्यपी धेरै कमलाई मात्र यसबारे थाहा छ । गहुँको पातको रसले खासगरी दम, गलाको इन्फेक्सन, चिसो, रुँघा, पखला लाग्नबाट बचाउँछ ।

३. बेसार

धेरैले बेसारलाई सामान्य मसालको रुपमा लिन्छन्, जसले सब्जीको रंग र स्वादमा प्रभाव पार्छ । यद्यपी बेसार मसला मात्र होइन, यो उत्तिकै औषधिय गुणले भरिपूर्ण छ । बेसारले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

शरीरको दुखाई कम गर्न पनि यो उपयोगी हुन्छ । केस, छालाको सौन्दर्य निखार्न समेत बेसारको प्रयोग गर्न सकिन्छ ।

४. दालचिनी

दालचिनी धेरै परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ । यसको सेवनले स्वाद मात्र बढ्दैन, रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

यसको सेवनले ब्लड शुगर लेभल नियन्त्रणमा सहयोग पुग्छ । त्यसैले खानामा दालचिनीको प्रयोग लाभदायक हुन्छ ।

५. लसुन

लसुन, जो दिनहुँ भान्सामा प्रयोग हुन्छ । यसलाई पकाएर वा काँचो खान सकिन्छ । लसुनमा भिटामिन बि-६, भिटामिन-सि, आइरन र फस्फोरस जस्ता तत्व पाइन्छ ।

यसमा एन्टि फंगल र एन्टि ब्याक्टेरियल गुण पनि पाइन्छ । लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

६. ड्राइ फुड्स

नियमित रुपले ड्राई फुड्स सेवन गर्नुपर्छ । काजु, बदाम आदिको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । ड्राई फुड्समा ओमेगा-३ फ्याटी एसिड, जिंक, म्याग्नेसियम, भिटामिन इ जस्तो तत्व पाइन्छ ।

७. मौसमी फल

प्राकृतिले हाम्रो शरीरको आवश्यक्ता अनुसार फलहरु दिएका छन् । जुन मौसममा, शरीरलाई जस्तो पोषण तत्व आवश्यक हुन्छ । त्यही अनुसार फलहरु प्राप्त हुन्छ ।

त्यसैले मौसम अनुसार फल सेवन गर्नुपर्छ । फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

८. भिटामिन सि युक्त खानेकुरा

कागति, सुन्तला, अमला, किवी जस्ता फल भिटामिन सिको राम्रो स्रोत हुन् । यस्ता फलको सेवनले पनि रोगसँग लड्ने क्षमता बृद्धि गर्छ ।

९. केसरयुक्त दुध

केशरयुक्त दुधको सेवनले शरीरमा ताकत मिल्छ । यसले छाला, केस, आँखामा राम्रो प्रभाव पार्छ । साथसाथै केसरयुक्त दुधको सेवन यौन दुर्बलतामा पनि फाइदाजनक मानिन्छ ।

गर्भवतीले केसर मिश्रति दुध पिउनु राम्रो हो । यसले आमा र गर्भको बच्चा दुबैलाई फाइदा गर्छ ।

१०. नीमको पात

नीमको पात सहजै उपलब्ध हुन्छ । त्यसो त नीमको पातदेखि बिज, बोक्रा सबै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । दाँतको सफाईमा नीमको दातुन उत्कृष्ट बिकल्प हो ।

हुन त नीमको पात सोझै सेवन गर्दा धेरै तीतो हुनसक्छ । त्यसलाई पिसेर गोली बनाउने । अतः नियमित रुपमा खाली पेटमा सेवन गर्नुपर्छ ।

यसले रगत शुद्धिकरण गर्छ, प्राकृतिक रुपमा । शरीरमा इम्युनिटी बुस्ट गर्छ । साथै छाला सम्बन्धी समस्या पनि हटाउँछ । नीमको पात मिश्रण गरिएको पानीले नुहाउँदा छालाको रोग लाग्दैन ।

११. अदुवाको सेवन

अदुवा, भान्सामा सजिलै पाइन्छ । यसले तरकारीको स्वाद त बढाउँछ नै, स्वस्थ्यका लागि फाइदाजनक पनि हुन्छ । खासगरी चिसोले सताएको छ भने अदुवाको चिया बनाएर पिउनुपर्छ ।

बाह्य चोट पटकमा समेत औषधीको काम गर्छ यसले । केस र्झनबाट रोक्न, केस उमार्न अदुवाको रस उपयोगी हुन्छ ।

१२. तुलसीको पात

तुलसी त आर्युवेदमा अति महत्वपूर्ण वनस्पती मानिन्छ । यसलाई हामी घर आँगनमा रोपेर पूज्ने पनि गर्छौ । वास्तवमा तुलसी बहुगुणी वनस्पती हो । दैनिक ५-७ वटा तुलसीको पात खानाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

चिसो वा रुँघामा तुलसीको चिया बनाएर सेवन गर्नुपर्छ, फाइदा गर्छ ।

१३. दही

दहीमा यस्तो सुष्म ब्याक्टेरिया पाइन्छ, जो पाचन यन्त्रका लागि अति फाइदाजनक मानिन्छ । दहीको सेवनले पेट सम्बन्धी रोगबाट छुटकारा मिल्छ ।

यद्यपी दही बिहान वा मध्यन्हको खानामा मात्र सेवन गर्नुपर्छ । राती दही सेवन गर्नु हानिकारक मानिन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला ।

Topics #कस्ता लक्षणहरु देखापर्छ #किन हुन्छ फुड पोइजनिङ #फुड पाेइजनकाे लक्षण #फुड पोइजनिङको उपचार के त