तपाइहरूलाई आँफ्नो स्किनलाई कसरी केयर गर्न सकिन्छ भन्ने चिन्ता बढी रहेको हुनसक्छ । तपाँईलाई त्यस्तो चिन्ता लागेको छ भने अब बिभिन्न घरेलु उपाएबाट पनि तपाईले आँफ्नो स्किनलाई केयर राख्न सक्नु हुनेछ । जसको लागि तपाँईले बिभिन्न उपाए अपनाउदा समधानका लागि स्वंयमले सजकता अपनाउनुपर्ने देखिन्छ ।

छालालाई कसरी बचाउने ?

नुहाउँदा तातो पानी प्रयोग नगर्ने

तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा तातो पानीले नुहाउन सजिलो भएपनि यसले छालालाई रुखो तथा फुस्रो बनाउँछ ।

मस्चराइजर लगाउने

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।

पानीमा तेलको मिश्रण

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन प्रयोग

साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोेज्दा अति उत्तम देखिन्छ ।

हनी प्याकको प्रयोग

मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

छालालाई स्वस्थ कसरी राख्ने ?

छालालाई कसरी राम्रो देखाउने वा स्वस्थ कसरी राख्ने भन्ने बारेमा धेरैले अनेक थरि उपाय गरिरहेता पनि केही यस्ता सामान्य तरिका साथै घरमा सधैजस्तो प्रयोग भइरहने सामान अनि खानेकुराहरु प्रयोग गरेर पनि छालालाई राम्रो अवस्थामा राख्न सकिन्छ । छालाको गोरोपनको साथै चमक ल्याउन भिटामिनहरु र पानीको प्रशस्त सेवन जरुरी हुन्छ। सकेसम्म सुर्यको प्रकाशबाट बचाउने गर्नुपर्छ संवेदनशील छालालाई ।

के के गर्ने छालाको गुणस्तर कायम राख्न ? हेर्नुहोस केही टिप्सहरु

देशी बदामको तेल

छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन मद्दत गर्छ । यसको प्रयोगले छालालाई आवश्यक पर्ने चिसोपन प्रदान गरी सुक्खा हुनबाट बचाउँछ । देशी बदामबाट छालालाई आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुन्छ र छाला ताजा, चम्किलो, स्वस्थ एवम् नरम हुन्छ ।

लिप बाममा कोको–नौनी

प्रायजसो बडी लोसन तथा लिप बाममा कोको–नौनी प्रयोगमा ल्याएको पाइन्छ । यो लगाउने गर्नाले फुटेको छालालाई धेरै फाइदा दिन्छ । साथै सुक्खा छालालाई पनि सुक्खा हुनबाट बचाइराख्छ । कोको–नौनीमा एन्टिअक्सिडेन्टको गुण भएकाले छालालाई चिसोपन बनाई नरम राख्न पनि मद्दत गर्छ ।

सूर्यमुखी तेल

सूर्यमुखी तेलमा भिटामिन ए, बी, सी,डी र ई प्रशस्त हुन्छ । त्यसैले छालामा यसको प्रयोग गर्नाले सुकेको तथा बिग्रेको छालामा सुधार हुन्छ । अनि नरम, कलिलो र चिसोपना गराइराख्न सहयोग गर्छ । यो तेल स्वास्थ्यवद्र्धक पनि हो ।

नीमको तेल

नीम एक बहुउपयोगी रुख हो । यो रुखका प्रत्येक भाग विभिन्न प्रयोजनका लागि उपयोगी हुन्छ । स्वास्थ्योपचारमा, खेतीपातीमा, सौन्दर्य सामग्रीहरुमा यसको धेरै उपयोग हुने गरेको पाइन्छ ।

शरीर चिलाउने र छालामा रातो–रातो देखा पर्नेहरुका लागि यो तेलको सेवन प्रभावकारी मानिन्छ । चाउरीपन हटाउने कार्यका लागि पनि यो तेल सेवन गर्नु बडो प्रभावकारी देखिएको छ । यसमा एन्टिसेप्टिक गुण पनि छ । सुक्खा छालालाई चिसो गरिराख्न धेरै मद्दत गर्छ ।

काँक्रो

काँक्रो स्वास्थ्यका लागि धेरै लाभदायी रहेको अनुसन्धानको सिलसिलामा प्रमाणित भइसकेको छ । यो खानको लागि मात्र नभई सौन्दर्य बढाउनमा पनि विशेष उपयोगी देखिएको छ । काँक्रोको सेवनले छालालाई चिसोपन र ताजा बनाइराख्न मद्दत पुर्याउँछ । यसको प्रयोग अनुहारको छालामा पनि गर्न सकिन्छ । बिग्रेका छालालाई स्वस्थ बनाउन पनि काँक्रो सहयोगी हुन्छ ।

घिउकुमारी

आजकल घिउकुमारीका बारे निकै चर्चा हुने गरेको छ । यसमा हुने बहुउपयोगी गुणका कारण स्वास्थ्य र सौन्दर्य क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ । यसलाई छालामा प्रयोग गर्दा छाला नरम पार्छ, सुक्खा हुन दिँदैन र प्राकृतिक हानिकारक अल्ट्राभायोलेट किरणबाट बचाइराख्ने गर्छ ।

फर्सीको बियाँ

फर्सीको बियाँको तेलमा फ्याट्टी एसिड, जिङ्क, भिटामिन ‘ई’ र बेटा क्यारोटिन प्रशस्त पाइन्छ । त्यसैले यसको तेल सेवन गर्ने गरेमा छाला सुक्खा हुन दिँदैन र छालामा भएको चिसोपनलाई कायम राख्ने काम गर्छ । यसले गर्दा छाला नरम, ताजा तथा कलिलो देखिने हुन्छ । तेल मात्र नभएर फर्सीको बियाँ नै खानु पनि सौन्दर्यका दृष्टिले राम्रो मानिन्छ ।

अंगुरको तेल

अंगुरको बियाँको तेल ९न्चबउभ यष्०ि मा ब्कतचष्लनभलत को गुण भएकोले छाला झुल्न नदिई तन्काइराख्ने काम गर्छ । यो तेल सेवन गर्ने र छालामा लगाउने गर्दा छाला कसिलो हुन्छ । यसले छालामा भएको चिसोपनलाई सञ्चित गरिराख्ने भएकाले छाला सुक्न दिँदैन । छाला सुक्खा भएन भने कोमल र ताजा देखिन्छ ।

भिटामीन सी युक्त खानेकुरा सेवन गर्नुहोस

भिटामीन सी ले छालाको रंगको गुणस्तर बढाउछ साथै छालाको मुलायमता कायम राख्दछ। छालालाई बलियो बनाइराख्न चाहिने आधारभुत प्रोटिन कोलाजेन निर्माणको लागि पनि भिटामिन सी महत्वपुर्ण मानिन्छ।

के के बाट पाइन्छ भिटामिन सी ?

अमिलो प्रजातिका फलफुलहरु भिटामिन सी को स्रोतको रुपमा मानिन्छ। कागती, सुन्तला लगायत स्ट्रबेरी, गोलभेंडा आदि सेवनबाट शरीरले भिटामिन सी पाउछ । भिटामिन सी को चक्कीहरु पनि पाइन्छ खानको लागि। दिनको २५० मिलीग्राम भन्दा बढी नहुने गरी वा चिकित्सकले भनेको मात्रा अनुसार दैनिक सेवन पनि गर्न सकिन्छ।

भिटामिन ए युक्त खानेकुरा सेवन गर्नुहोस

छालाको रेटिनोल जुन भिटामीन ए को मद्दतले मजबुत बन्छ, छालालाई नै स्वस्थ तथा बलियो बनाउँछ । छाला लुज छ र टाइट गर्न चाहनुहुन्छ भने भिटामिन ए चाहिने हुन्छ । भिटामिन ए अण्डाको पहेलो भाग, दुध तथा बेटा क्यारोटीन भएका खानेकुरामा पाइन्छ, जसले सुर्यले पुर्याउने असरलाई कम गर्दछ। गाँजर, खरबुजा, मेवा, गोलभेडां आदी सेवन गर्नुहोस ।

छालालाई अत्याधिक सुर्यको प्रकाश र प्रदुषणबाट बचाउनुहोस

सनस्क्रिन क्रिमहरु प्रयोग गर्नुहोस । प्रदुषण छालाको गुणस्तर घटाउने प्रमुख कारण हो । सु्र्यबाट निस्कने अल्ट्राभ्वाइलेट रे ले मरेका कोषहरुलाई नयाँ बनाउने प्रक्रियामा असर पार्दछ। पुरा कपडा वा सनस्क्रिन नछुटाउनुहोस ।

यो पनि पढ्नुहोस

छाला फुट्ने र डण्डिफोरको समस्या समाधान कसरी गर्ने

छाला सुन्दर र आकर्षक बनाउने खानेकुरा

दिनको ६-७ ग्लास पानी पिउनुहोस ।

प्रशस्त पानी पिउनाले तपाईको छाला सुख्खा हुनबाट बचाउछ। साथ साथ पेट पनि सफा राख्न मद्धत गर्छ । याद गर्नुहोस्, तपाईको पेटको अवस्था ठिक छैन भने अनुहारको छालाको चमकमा प्रत्यक्ष प्रभाव पर्छ ।

कागती छालामा लगाउने गर्नुहोस, यसले छालाको रंग हल्का बनाउने गर्छ

छालाको पिगमेन्टसहरुमा बिस्तारै काम गर्छ र छालालाई हिलिङ गर्ने काम गर्छ कागतीले । बराबर मात्रामा पानी र कागतीको रस मिसाइ स्प्रे वा छालामा लगाउने गर्नुहोस, फरक तपाई आफैले थाहा पाउनुहुनेछ ।

छाला चाउरी पर्नबाट जोगाउने यी फलहरु

बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ । यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूलले तपाईको छालामा चमक ल्याउछन् ।

सुन्तला 

सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

स्याउ 

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

मेवा 

पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन ै। मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ ।

खरबुजा 

खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

अनार 

अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स ९आरबीसी० हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

छाला गोरो बनाउने घरेलु उपाय

गोरो बन्ने रहर धेरैलाई हुन्छ र यसैका लागि मानिसहरुले धेरै रुपैयाँ खर्च गरिरहेका हुन्छन् । अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ । अनेक किसिमका क्रिम, पाउडर मात्र नभएर प्रविधिह समेत गोरो बन्न प्रयोग गर्न थालिएको छ । कतिपय यस्ता चिजहले नकारात्मक असर पनि गरिरहेको छ ।

सबैको छालमा लागू नभए पनि गोरो बनाउन धेरै घरेलु कुराले पनि मद्द्त गर्छ । हामीले खानेकुराले पनि छालाको गोरोपनामा भूमिका खेल्छ । केही तरकारी तथा फलफूलमा भएका गुणहरुले हामीलाई प्राकृतिक रुपमै गोरो बनाउन मद्दत गर्छन् । तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन

यस्ता फलफुल तथा तरकारी यस्ता छन् 

मेवा

ब्रोकाउली

टमाटर

गाजर

क्याप्सिकम (भेडे खुर्सानी)

स्ट्रबेरी

किवी

पालुंगो तथा अन्य हरियो पात हुने तरकारी ।

यसबाहेक अनुहारमा कागती, टमाटर, दही, दूधले मसाज गर्नाले पनि छाला गोरो हुन्छ ।

१.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

२.नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।

३.एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

४.टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो।

५.काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

६.चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

७.कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

८.एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

९.दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

१०.एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

११.छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।

१२.छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

१३.चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

१५.शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला

Topics #छाला फुस्रो हुने समस्या #छालालाई कसरी बचाउने #छालालाई स्वस्थ कसरी राख्ने