विश्वमा स्थान, मौसम अनुकुल धेरै थरिका तरकारीहरु फल्ने गर्छन् जसलाई अधिकांशले मिठो मानेर खान्छन् । पोषक तत्वले भरिएको गुणकारी तरकारीको मुल्य अहिले आकासिएको छ तर विश्वमा एउटा यस्तो तरकारी पनि छ जसको भाउ सुन्दा नै रिंगटा लाग्छ । जसलाई खरिद गरेर खाने हत्तपत्त कसैको हिम्मत नै हुँदैन ।

होप सूट्स नामको एउटा तरकारी पा्ईन्छ जसको मुल्य विश्वमा नै सर्वाधिक महंगो छ । यसको मुल्य १ हजार युरो अर्थात झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ । बिकसित देशहरुमा भने यसको माग दिनानुदिन बढ्दो छ । यो निकै गुणकारी छ यसलाई तरकारी बनाएर मात्र होईन अचार बनाएर पनि खान सकिन्छ भने यसको फूल पनि हुन्छ निकै स्वादिलो हुने गर्छ । यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ ।

ब्रिटेन, जर्मन समेत धेरै युरोपियन देशहरुमा यसको खेती गरिन्छ । यसलाई जंगलमा बसन्त ऋितुको समयमा लगाइन्छ । तर बाह्रै माहिना उमार्न सकिन्छ । जाडो मौसममा यसको बोट मर्छ । एकदमै चाडो बढ्ने यो तरकारीको रंग बैजनी हुन्छ ।

बढ्दै गएपछि हरियो रंगको हुन्छ । तव यो तरकारी खानको लागि योग्य हुन्छ । यो तरकारी यति छिटो छिटो बढ्छ की यसलाई समयमा नै काटिएन भने लहरा बन्छ जो खानको लागि उपयुक्त हुँदैन ।

थप जानकारीहरू

कुरिलाे खानुका फाइदा

वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ । काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ ।

एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरेकाे कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राे‌ंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।

अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ

काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ ।  यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरिएकाे छ ।

कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राे‌ंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।

केराको फूल (बुङ्गो) खाने गर्नु भएको छैन भने आजै देखी खान थाल्नुस् यस्ता छन चम्तकारी फाईदाहरु

केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ ।

केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको फूलको उपयोगिता बारे चर्चा गरौँ ।

१. रक्तअल्पताको उपचार

केराको फूलमा अत्यधिक आईरनको मात्रा पाईन्छ । यसमा पाईने आईरनले रक्त सेल स्वस्थ राख्न एकदमै मद्धत गर्छ । तसर्थ केराको फूलको नियमित सेवनले रक्तअल्पताबाट बच्न त सकिन्छ नै रक्तअल्पताको उपचार समेत हुन सक्छ ।

२. महिनावारी नियमित गराउँछ

शरिरमा हर्मोनको कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । यदि महिनावारी अनियमित छ भने केराको फूल सेवन गर्नुहोस, यसले नियमित महिनावारी त गराउँछ नै, तल्लो पेटको दुखाईमा आराम मिल्नुका साथै अत्यधिक रक्तश्राव समेत रोक्दछ ।

३. डायविटिजको उपचार

अनुसन्धानबाट पत्ता लागेको छ की केराको फूलको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ र डायविटिज हुनबाट बचाउँछ ।

४. आमाको लागि लाभदायक

केराको फूल सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउँछ । दुधको मात्रा समेत बढाउँछ ।

५. मुत्र स्वास्थ्यमा सहयोग

केराको फूलमा आईरन, क्याल्सियम तथा कपर हुन्छ जसले मुत्र संक्रमण हटाउँछ । यहाँसम्म की मुत्र संक्रमणबाट समेत जोगाउँछ । यसको नियमित सेवनले पेल्भिक एरियाको मजबुत बनाउनुको साथै प्रजनन क्षमतामा समेत बृद्धि गर्छ ।

६. कब्जियतबाट राहत

फाइबर युक्त केराको फूल सेवन गर्नाले कब्जियतको समस्या हटाउँछ ।

७. सुन्निने र जलनको उपचार

एन्टिव्याक्टेरियायुक्त केराको फूल सेवन गर्नाले शरिर सुन्निने र जलनको समस्या पनि हटाउँछ ।

फलफूल, सागसब्जी कम खानुहुन्छ ? हुन सक्छ कुपोषणको खतरा

यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वको कमीले मुटु, मधुमेह र अन्य प्रकारका गैरसंक्रमक रोगलाई बढावा दिन्छ ।

इन्डियन जर्नल फर मेडिकल रिसर्च (आइजेएमआर)मा प्रकाशित नेसनल इन्स्टिच्युट अफ न्युट्रिसियन हैदराबादका वैज्ञानिक कमला कृष्णस्वामी र राजगोपाल गायत्रीको रिपोर्टका अनुसार, दैनिक ४०० ग्राम सब्जी एवं फलफूलको सेवन गर्नाले मधुमेहको खतरा २४ प्रतिशत, नसामा रगत जम्ने खतरा ११ प्रतिशत तथा हुदयाघातको खतरा ११ प्रतिशतले कम हुन सक्छ ।

रिपोर्टका अनुसार, विश्वका शीर्ष वैज्ञानिक संस्थाको अध्ययनमा फलफूल–सब्जीको सेवनमा भएको कमीलाई लिएर चिन्ता बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) खानामा फलफूल र सब्जीको मात्रा ४०० ग्राम तय गरेको हो ।

यी हुन् भ्यान्टा खानुका फाइदा

भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतिपयलाई यो त्यति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् । यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ ।

भ्यान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्यांगानिज सेलेनियम आदि तत्व पाइन्छ ।

भ्यान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ ।

यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचन प्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ ।

भ्यान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भ्यान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ ।

भ्यान्टाको नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखिमसमेत न्यूनीकरण गर्छ । -यसमा पाइने भिटामिन बी–६, सी, पोटासियम, वनस्पतिजन्य पोषक तत्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ ।

यसमा फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइन्छ । जसले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ । भ्यान्टा सेवनले ब्याड कोलस्ट्रोललाई

नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ ।

भ्यान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेस् जानकारीकाे लागि