आजकाल मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरु प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन् । यसलाई दैनिक खाने पनि गर्छन् । सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ ।

तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ । हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ ।

भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन (ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ । केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं

मुटु रोग

यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ ।

गर्भवती महिला

डा. शर्माका अनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन ।

मृगौलाको समस्या हुँदा

मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।

थाइराइडका बिरामीले

सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।

सोयाबीन खानुका फाइदा पनि छन्

एसिडिटीबाट राहत

यदी तपाईं एसिडिटी को समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटी की समस्या हट्छ ।

मानसिक संतुलन ठीक गर्छ

जो तनाव र मानसिक रोगबाट पीष्ति हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिलनमा सोयाबीन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।

सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भन भिटामि B र विटामिन E को मात्र प्रचुर ह्न्छ । जसले शरीरका लागि आवस्यक एमिनो एसिड को कमी पूरी गर्छ । सोयाबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन पाइन्छ ।

हड्डि बलिया हुन्छन्

सोयाबीन मा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई कमजोर हुनबाट जोगाउँछ ।

यस्ता छन्, सोयाबीन चाट बनाउने तरिका

सामग्री

सोयाबीन (उमालिएको) २५० ग्राम

कालो चना (उमालिएको) १०० ग्राम

प्याज ७५ ग्राम

गोलभेंडा ९० ग्राम

उमालेको आलु १०० ग्राम

कालो नून एक चम्चा

मरिचको धूलो आधी चम्चा

कागतीको रस डेढ चम्चा

विधि

एउटा भाँडोमा सोयाबीन, कालो चना, प्याज, गोलभेंडा, आलु, कालो नून, मरिच र कागतीको रस हालेर मज्जाले मिसाउनुस् ।

सोयाबीन चाट तयार भयो ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाैँ

हाम्राे खानालाई स्वादिष्ट बनाउने मसलाको प्रयोग स्वास्थ्य र सुन्दरताका लागि कति फाइदाजनक ?

इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन मद्दत गर्छ’भनी परिभाषित गरेको छ ।

हाम्रो भू–बनोट, हावापानी, जलवायु र बृहत् ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे हामी निकै जानकार छौँ । अझ औषधिजन्य प्रयोग, अत्तर बनाउन, सौन्दर्य प्रसाधन बनाउन र प्रयोग गर्न पश्चिमी सभ्यताभन्दा निकै जाकार छौँ ।

नेपाल मसला तथा जडीबुटीको भण्डारका रूपमा विश्व प्रसिद्ध छ । जसले चालीस थरीभन्दा बढी मसला उत्पादन गरेको पाइन्छ । तिनीहरूमध्ये मरिच, अलैँची, अदुवा, बेसार, खोर्सानी, ल्वाङ लसुन, केशरी तथा दानाजन्य मसला जस्तै, मेथी, धनिया इत्यादी ।

सुगन्ध अनि स्वाद

सुगन्धित बाफ भएर उड्ने तेलहरू वा अत्यावश्यक तेलहरू धुलो मसालालाई बाफद्वारा तरल पदार्थ निकालिएका एउटा महत्वपूर्ण मसलाजन्य उत्पादन मानिन्छ ।

बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा वासनका लागि तथा स्वादका लागि विख्यात मानिन्छन् । ओलियो रेसिन मसलाहरू अत्यावाश्यक बाफ भएर उड्ने र वाफ भएर नउड्ने मौलिक मसलाका माग जसलाई गल्ने गाल्ने प्रविधिबाट मूल्य तत्व निकालिन्छ । तिनले मौलिक मसलासँग मेलखाने तीतो पीरो स्वाद र सुगन्ध प्रमाणित गर्छन् ।

पोषणजन्य महत्व

यद्यपि मसलाहरू विशेषगरी हाम्रा भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउनका लागि प्रयोग गरिन्छ । यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्छ । यी मसलामा सबै तीन खाले पोषणको अंशहरू कार्बोहाइड्रेट प्रोटिन बोसो पनि हुने हुँदा यिनमा पोषणजन्य महत्व पनि हुने गर्दछ ।

यसले शरीरका शक्ति तथा खनिज लवण आपूर्तिमा थप टेवा पुर्याउँछ । यिनीहरू आफैमा शक्ति क्षमता हुन्छ । यसलाई प्राविधिक शब्दमा क्यालोरी क्षमता भनिन्छ ।

उदाहरणका लागि प्रायजसो प्रयोग गरिने मसलाहरू प्रतिसय खानयोग्य मात्रमा सयपत्रीको मसालामा चार सय सैंतीस, जाइफलमा चार सय बहत्तर, ज्वानोमा तीन सय चैंत्तीस, जीराको गेडामा तीन सय छपन्न, बेसारमा तीन सय उनन्चास, मेथीको गेडामा तीन सय तेत्ततीस मिलिग्राम हुने गर्दछन् । जे भए पनि यिनको पोषणजन्य क्षमता सीमाबद्ध मात्र हुन्छ ।

अझ हाम्रा भोजन परिकारमा मसलाको प्रयोग थोरै भए पनि प्रत्यक्ष योगदान पुर्याउँने खालका छन् । तथापि यिनीहरूको अप्रत्यक्ष क्रियाकलाप महत्वहीन पनि छन् । किनकी यिनले भोक जगाउन तथा भोजन रुचाउने मात्रा बढाउँछ ।

शरीरविज्ञानजन्य क्रियाकलाप

मसलाहरूले र्यालका साथै अमाइलेज न्युरामिनिक अम्ल हेकसोसामाइन उत्सर्जन तथा प्रवाहलाई तीव्र पार्ने काम गर्छन् । यसले मुखमा खानेकुरा तथा जीवाणु टासिनबाट बचाउन मद्दत गर्दछ । मसलाहरूले र्याललको उत्र्सजनको मात्रा बढाउँछ, जसमा अमाइलेज वा पिटाइलिनको मात्रा बढी हुने हुँदा यिनले पेटमा खाना पचाउनमा सहजीकरण गराउन तथा खानेकुरालाई परिमार्जन गरी कार्बोहाइड्रेट लाइप्रचुर सारयुक्त बनाई बढी सजिलै पच्ने बनाउँछ ।

यसले मुख पाचन प्रणलीमा हल्का एत्तेजित क्रियाकलाप देखाउँछ । अतः मसलाहरूले खाने अभिरुचि बढाउने प्रेरणा दिनुका साथै र्यालजन्य तथा पेटको रसको प्रवाहलाई तीव्र पार्न महत्वपूर्ण भूमिका खेल्दछ ।

औषधिजन्य गुणहरू

मसलामा धेरैखाले औषधिजन्य गुण भएको दाबी गरिन्छ । विभिन्न खाले औषधि बनाउन प्रयोग गरिन्छ । खासगरी प्राकृतिक उपचार प्रणालीमा प्रयोग हुने, जस्तै आर्युवेदिक तथा युनानी प्रायः जसो पाचन प्रणालीमा जन्मा भएको वायु उत्र्सजक किसिमका हुन्छन् । केही चाहिँ वायुग्रस्त सरक्षण गर्ने र उत्तेजित पार्ने किसिमका हुन्छन् ।

अर्कोतिर केही मसलाहरू अपज अजीर्ण नपच्ने रोग निवारक, सड्न, गल्न, पाक्न नदिने तथा मांसपेसी बटारिन नदिने खालका हुन्छन् । केही मसलाले भने अरू औषधिको निमीठो, तीतो, टर्रो स्वादलाई ढाकछाप गर्ने गर्छन् ।

धेरैखाले मसालामध्ये लसुन सँझना गर्न नसकिने बेलादेखि नै पैतीसभन्दा बढी औषधिजन्य गुणयुक्त प्रभावशाली मसला मानिन्छ । हालैको समयमा आधुनिक औषधि प्रयोग गरी उपचारमा अभ्यासरत स्वास्थ्यकर्मी पनि उच्च रक्तचापग्रस्त बिरामीका लागि निश्चित भरपर्दाे एवम् प्रभावकारी औषधिका रूपमा स्वीकार्न थालेका छन् ।

के तथ्य फेला पारिएको छ भने यसको प्रयोगले बिरामीमा यस्तो एलडीएस कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइड मात्रा तह घटाउँछ । साथै संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्यमा राख्न मद्दत गर्दछ ।

सौन्दर्य तथा शरीर रक्षामा मसलाको भूमिका

आजका महँगा अत्तरहरूमा जीरा दालभिनी, ल्वाङ, जाइफल, मेथी, अलैँची जस्ता मसला वा व्युत्तपादित तेलहरूको आवश्यक पर्दछ । सौन्दर्यता र शरीरको रेखदेख एवम् सुरक्षका लागि हामी कहाँ यिनको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ । खाने विविध मसला काँचै प्रशोधन नगरी आज पनि शरीरको रङ सुधार्न अनि राम्रो देखिन प्रयोग गरिन्छ ।

बेसार असाध्यै लोकप्रिय मसलाको श्रेणीमा पर्दछ । यसलाई लेदो बनाएर अनुहार लेप आँत र शरीरमा लगाएमा छालाको रङ परिष्कृत गर्न सकिन्छ । यसका साथै नचाहिँदा रौँ हटाउन पनि प्रयोग गरिन्छ । यसलाई मूल आधार सूत्र लिएर केही व्यापारिक उत्पादकहरूले विभिन्न सौन्र्दय प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी बजारीकारण गरिराखेका छन् ।

त्यसमा मूल अवयव अंश बेसार नै आवश्यक पर्छ । केही अनुसन्धान संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी व्यापार पनि गरेका छन् । यसमा मूल अंश बेसारकै प्रयोग भएको हुन्छ ।

केही अनुसन्धानात्मक संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधनसँग चासो राखी गरेको पाइन्छ । बेसार, मेथी, मरिच, दालचिनी, ल्वाङ, सुपका दाना जस्ता धेरैजसो मसला राम्रो अनुहार रूप रङ देखिन लेपमा मलम तथा लोसन बनाउन प्रयोग गर्न सकिन्छ ।

यिनीहरूलाई डण्डीफोरको फोका सडाउन, गलाउन, पाक्न नदिन प्रयोग गर्न सकिन्छ । हाम्रै भान्सामा यति महत्वपूर्ण सामग्री हुँदा पनि यिनबाट उत्पादन भएका सौन्दर्य प्रसाधन तथा शरीर रक्षाका सामग्री खरिद गर्न भौँतारिएर बजार चाहार्छौँ र चर्को मूल्य तिर्छौं ।

सधै भान्सामा प्रयोग हुने मसला जिराको १० ज्यादै उपयोगी फाइदाहरु

जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ ।

१. पिसाब रोग र पत्थरी भएमा

जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।

२. शूल भएमा , धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

३. आँखा पोलेमा, बिजाएमा वा रातो भएमा

जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।

४. कुनैपनि साधारण दुखाईमा

जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।

५. अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।

६. स्त्रीजातिको सेतोपानी आउने रोगमा

जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १\१ चम्चा बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।

७. साधारण चिलाउने रोगमा

१ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।

८. अजीर्ण (खाएको नपच्ने) भएमा

छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

९. मुखमा पोतो वा दाग आएमा

जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

१०. रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

घरमा भएको मसलाको सुरक्षा यसरी गर्नुहोस् जसले स्वाद जोगाइराख्छ

मसला स्वादका लागि मात्रै होइन, सहि मात्रामा प्रयोग गर्दा स्वास्थ्यका लागि पनि फाइदाजनक कुरा हो । मसलाका रुपमा प्रयोग हुने हरेक कुराहरुको औषधिय गुण पनि निकै राम्रो हुने गर्छ ।

उदाहरणका लागि : मसलाका रुपमा प्रयोग गरिने ल्वाङ, धनियाँ, अदुवा, बेसार, लसुन लगायत सबै कुराहरु स्वास्थ्यका लागि फाइदाकारी छन् । तर यसका लागि मसलाको सहि तरिकाले प्रयोग भने गर्नु पर्ने हुन्छ ।

यहाँ हामी तपाईलाई मसलाको प्रयोग गर्ने तरिका होइन, मसलालाई जतन गरेर राख्न कसरी सकिन्छ भन्ने कुराहरु बताइरहेका छौँ । भान्सामा प्रयोग हुने मसलालाई लामो समय राख्दा बिग्रने, सड्ने वा किरा पर्ने डर हुन्छ । त्यसैले यसका निम्ति केही सावधानी अपनाउनुपर्छ ।

– मसलालाई जहिले पनि सुख्खा स्थानमा राख्नुपर्छ ।

– धेरै उज्यालो आउने स्थानमा मसला राख्नु हुदैन ।

– मसला पारदर्शी बट्टामा राख्नुको साटो कालो र बाक्लो कभर भएको बट्टामा राख्नु उपयुक्त हुन्छ ।

– पिसिएको मसलालाई फ्रिजमा राख्नु हुदैन । फ्रिजमा मसला राख्दा त्यसको फ्लेवर नष्ट हुन्छ ।

– पिसेको मसला भन्दा नपिसिएको मसला धेरै समय सुरक्षित राख्न सकिन्छ जसलाई आवश्यक पर्दा आवश्यकता अनुसार पिसेर पनि प्रयोग गर्न सकिन्छ ।

यस बाहेक मसलाका गुणस्तर तथा मसलाको मात्राको पनि सँधै ख्याल राख्नु पर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेेछ ।

याे भिडियाे पनि हेर्नुहाेला