अन्न नलीबाट खाना जाने बेलामा केही खुकुलो हुने यो मासंपेशी अरु बेलामा साँघुरिएर बस्छ । यसको विशेषता भनेकै खाना एकतर्फी रुपमा पास गर्ने हो ।

तर कतिपयको अन्ननली र आमासयको बीचमा हुने भाग सामान्य अवस्थाभन्दा बढी खुकुलो भएकाले यस्तो समस्या हुन्छ । हर्निया भएका मानिसहरूको पनि आमासयको माथिल्लो भल्भ खुकुलो भएर अमिलो पानी आउने समस्या हुनसक्छ।

कुनै विशेष कारणले आमासयको भल्भ केही समयका लागि खुकुलो भएर पनि अमिलो पानी या डकार आउने समस्या रहनसक्छ । गर्भवती अवस्था अर्को उदाहरण हो । उनीहरूको पेटको आकार बढेर आमासयमा दवाव पर्छ ।

त्यसले गर्दा भल्भ खुकुलो भएर अमिलो पानी आउने लक्षण बढ्छ । अर्को कारण गर्भवती अवस्थामा हुने हर्मोनको गडबड हो । त्यसले पनि अमिलो पानी आउने, वाकवाकी लाग्ने बनाइदिन्छ।

कसैलाई पहिलो ३ महिना हुन्छ भने कसैको अवधि ९ महिनासम्म पनि जानसक्छ । यस्तो लक्षणले आत्तिनुपर्ने कुनै कारण त छैन । तर कतिपय महिलाहरूलाई भने कुनै खानेकुरा नखाने, पानी पनि नरहने भएकाले जलविनियोजन डिहाइड्रेसन भएर अस्पताल भर्ना गर्नेसम्म पनि हुनसक्छ ।

तर अधिकांशको पहिलो ३/४ महिनापछि कम हुँदै जान्छ । त्यस क्रममै कतिपयलाई यति धेरै अमिलो पानी आइदिन्छ कि कुनै औषधिले पनि छुँदैंन ।

अन्य कतिपय कारणले पनि अन्ननली र आमासयको जङसनमा असर परेर अमिलो पानी आउछ । मानिसको आमाशयमा अम्ल हुन्छ । त्यो अम्ल फर्केर अन्ननलीमा वा मुखमै पनि आउन सक्छ, जसलाई हामीले अमिलो महसुस गर्छौं ।

आमाशयमा अम्ल बस्न नै अनुकुल संरचना हुने भएकाले त्यहाँ अम्ल रहँदा हामीले असजिलो महसुस गर्दैनौं । तर अन्ननली, मुख आदि अंग त्यस्तो अंम्लसँग सम्पर्क नहुने भएकाले त्यससँग लड्ने संरचना हुँदैन र अम्ल ती अंगमा पर्नासाथ हामीले पोलेको महसुस गर्छौं ।

हामीले खाएको खाना अन्ननली, आमासय, सानो/ठूलो आन्द्रा हुँदै निस्कासन हुने निश्चित अवधि हुन्छ । हरेक अंगमा खाना केही समय भण्डारण हुन्छ । खानाको स्वरुप र प्रकृति हेरेर एउटा अंगबाट अर्कोमा जाने अवधि फरक पर्छ । झोल र पानी छिटो जान्छ भने ठोस पदार्थले केही समय लिन्छ । बोसो र चिल्लोयुक्त खाना खादा आमासयदेखि सानो आन्द्रामा जाने अवधि लम्बिन्छ ।

लामो अवधि आमासयमा रहने भएकाले बोसो र चिल्लोयुक्त खानाले अन्ननली र आमासयको जङ्सनलाई केही खुकुलो बनाइदिन्छ । फलस्वरुप हामीले अमिलो पानी आएको महसुस गछौं । गुलियो वा फलफूल खाँदा छिटो भोक लाग्छ ।

तर बोसो र चिल्लोयुक्त खाना खाएपनि अन्यको तुलनामा हामीलाई भोक पनि अलि ढिलो नै लाग्छ । आमासयबाट सानो आन्द्रामा खाना जान समय लाग्ने र पच्ने अवधि पनि लम्बिने भएकाले भोक ढिलो लाग्ने गरेको हो ।

याे जानकारी पनि पढ्नुहाेस्

पत्थरीबाट जोगिन चाहनुहुन्छ  ?  नभुलि गर्नुस् यी ७ काम !

मानिसहरुलाई पत्थरीको समस्या आम रुपमा नै हुन्छ । गर्मी मौषममा त पत्थरीका विरामी ४० प्रतिशतले वृद्धी हुने चिकित्सकहरु बताउँछन् । पत्थरी हुनुको मुख्यकारण शरीरमा पानीको कमी, तापक्रम, आद्रता लगायत हुन् । नेपालमा लाखौं मानिस पत्थरीबाट पीडित छन् ।

१. प्रयाप्त पानी पिउनुस्

गर्मी मौषममा पत्थरी हुने मुख्य कारण पानीको कमी हो । गर्मीमा शरीरमा पानीको माग बढी हुन्छ । कम्तिमा २ घण्टामा बाथरुम जानु हुन्न भने बुझ्नुस् तपाइँले कम पानी खाँदै हुनुहुन्छ । गर्मीमा प्रयाप्त पानी पिउनु पत्थरीबाट मुक्ति पाउने एउटा सरल उपाय हो ।

२. कागतीको शरवत

गर्मी मौषममा कागती हालेर बनाएको शरवत राम्रो हुन्छ । यसले पत्थरीबाट जोगाउँछ । यसले पेटमा हुने समस्याबाट पनि जोगाउँछ ।

३. सोडाबाट टाढै रहनुस्

आजकल खानामा सोडा मिसाउने चलन आमरुपमा नै छ । तर पत्थरीका लागि भने सोडा घातक मानिन्छ । पत्थरीबाट बँच्नका लागि सोडा हुने खानाबाट बँच्नुस् । गर्मीमा आइस टी, चकलेट, रुबाब र स्ट्रबेरी सेवन नगरेकै राम्रो ।

४. क्याफिन नखानुस्

गर्मी मौषममा पत्थरीबाट बँच्नका लागि गर्मी महिनामा चिया कफी नखाएको राम्रो मानिन्छ । किन भने चिया कफीमा क्याफिनको मात्रा उच्च हुने हुँदा यो पत्थरीका लागि घातक मानिन्छ । क्याफिनले शरीरमा पानीको कमी हुने अवस्था उत्पनन्न गराइँदिन्छ । चिया कफीको साटो पानी प्रयाप्त मात्रामा पिउनु राम्रो मानिन्छ ।

५. नून कम खानुस्

गर्मीमा पत्थरीबाट बँच्नका लागि नुनको सेवन कम गर्नु नै राम्रो मानिन्छ । सँधै खाने भन्दा पनि कम नून गर्मी महिनामा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । नुनले पत्थरी हुने खतरा बढाउँछ ।

६. डाक्टरको सल्लाह

गर्मीमा पत्थरीबाट बँच्नका लागि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । निरन्तर चिकित्सकको परामर्श लिनुस् । पत्थरीबाट बँच्नका लागि सेवन गर्न सकिने औषधीबारे जानकारी लिन पनि चिकित्सकसँग सल्लाह लिनु राम्रो मानिन्छ । कतिपय औषधीले पत्थरीको सम्भावना कम गर्न मद्धत गर्छन् ।

७. प्रोटिन ठिक्क खानुस्

पत्थरीबाट बँच्नका लागि प्रोटिनको मात्रा नियन्त्रित खानु पर्छ । खानमा माछा मासु र अण्डामा जोड गर्नु भन्दा शाकाहारी भोजनमा जोड दिनुस् । प्राकृतिक शाकाहारी भोजनबाट प्रोटिनको मात्रा पुरा गर्नुस् ।

पत्थरी के हो ? कसरी हुन्छ ? रोकथाम, खानु पर्ने र मुख बार्नु पर्ने कुराहरु

मुत्र प्रणाली अन्तर्गत मिर्गौला, पिसाबनली र पिसाब थैलीको पत्थरीको समस्या लिएर पिसाब सम्बन्धी शल्यक्रिया विभागमा आउने बिरामीको संख्या उल्लेख्य छ। यस विभागमा आउने सय जना व्यक्तिमध्ये १५ जनालाई मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने गरेको पाइएको छ। एक पटक पत्थरी भएका व्यक्तिमध्ये करिब ४० देखि ६० प्रतिशतमा पाँच वर्षभित्र दोहोरिने सम्भावना रहन्छ। हाम्रो देशको भौगोलिक बनावट, खानपानको तरिका र स्वास्थ्य चेतनाको अभावका कारण पत्थरीको समस्या चुनौती बनिरहेको छ।

मुत्र प्रणाली सम्बन्धी पत्थरी २० वर्षभन्दा कम उमेरकालाई कमै मात्र हुन्छ। साधारणतया ४० देखि ६० वर्ष उमेरका मानिसमा मुत्र प्रणाली सम्बन्धी समस्या बढी देखिन्छ। पुरुषको पिसाबनली लामो हुने कारणले महिलामा भन्दा पुरुषमा यो समस्या दुईदेखि तीन गुणा बढी हुन्छ। मुत्र प्रणालीमा हुने पत्थरीको समस्या पित्त थैलीको पत्थरीभन्दा फरक हुनुका साथै उपचार पद्धति पनि फरक हुन्छ।

किन हुन्छ पत्थरी ?

मानव शरीरको विकार वस्तुमध्ये पिसाब एक प्रकारको जटिल रसायन हो। यसमा पत्थरी बनाउने र पत्थरी बन्न नदिने दुईवटै तत्व हुन्छ। पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सिन, युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन। कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ।

पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ। कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिन्छ।

तौल बढी भएको, पहिला पनि पत्थरी भएको र परिवारमा अरुलाई पनि पत्थरी भएका व्यक्तिहरुमा पत्थरी हुने सम्भावना बढी हुन्छ। कतिपय व्यक्तिमा अनुवंशिक रोगहरुले पनि पत्थरी बनाउन सक्छ। युरिक एसिडको समस्याबाट प्राताडितमध्ये करिब १० प्रतिशतलाई युरिक एसिडखालकै पत्थरी हुने सम्भावना हुन्छ।

पत्थरी भएको कसरी थाहा हुन्छ ?

कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्‍याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन्। पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन् ।

लामो समयसम्म पत्थरीले पिसाबको बहावमा अवरोध भएमा पिसाबको संक्रमण हुने, मिर्गौला सुन्निने, मिर्गाैला नै संक्रमित हुने र मिर्गौला फेल हुनेसम्मको अवस्था आउँछ। पिसाब जाँच, भिडियो एक्सरे, सामान्य एक्सरे, सिटी स्क्यान र कतिपय रगत जाँचले मुत्र प्रणाली सम्बन्धी पत्थरी भएन/भएको पत्ता लाग्छ।

उपचार विधि

पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ। सामान्यतः तीन तरिकाबाट पत्थरीको उपचार हुने गर्छ। पेट चिरेर, सानो प्वाल (घाउ) मात्र बनाएर र नचिरीकन। तपाईंको पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्छ। किनकि कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ।

१. नचिरीकन गरिने उपचार

सिटी स्क्यानबाट पत्थरी नरम अर्थात् १० मिमिभन्दा सानो भेटियो र त्यस्तो पत्थरी मिर्गौलाको माथिल्लो र बीचको भाग वा पिसाबनलीको माथिल्लो भागमा छ भने नचिरीकन गरिने प्रविधि (इएसडब्लुएल) बाट पत्थरीको उपचार गरिन्छ। यो प्रविधिबाट पत्थरी हटाउँदा अस्पतालमा भर्ना भएर बस्नु पर्दैन। कतिपय अवस्थामा दुईदेखि तीनचोटि सम्म उपचार गर्नुपर्ने हुन सक्छ। कसैकसैको त्यति गर्दा पनि पत्थरी फुटेन भने अर्को पद्धति अपनाउनुपर्ने हुन्छ।

पिसाबको नलीमा भएको पत्थरी पिसाबनलीको कुन भागमा छ त्यसैका आधारमा नचिरीकनै उपचार गरिन्छ। मिर्गौलाको तल्लो भागमा भएको पत्थरीलाई पनि नचिरीकन आरआइआरएस विधिबाट निकाल्न सकिन्छ।

२. सानो प्वाल (घाउ) बनाएर गरिने शल्यक्रिया

मिर्गौलामा १० मिमिभन्दा माथिको पत्थरी छ भने, त्यो पत्थरीको कडापन हेरेर पिसिएलएल (सानो प्वाल बनाएर पत्थरी निकाल्ने प्रविधि) विधिबाट पत्थरी हटाइन्छ। यो प्रविधिबाट गरेको शल्यक्रियाले मिर्गौलालाई असर गर्दैन र मिर्गौलाको काम यथावत रहन्छ।

३. पेट चिरेर पत्थरी निकाल्ने विधि

माथि उल्लेखित कुनै पनि प्रविधिले पत्थरीको उपचार सम्भव नभएमा वा गर्न नमिल्ने भएमा नेफ्रोलिथोटोमी र युरेटेरोलिथोटोमी भनिने शल्यक्रियाबाट पत्थरीको उपचार गरिन्छ। तर, मिर्गौलाले १५ प्रतिशतभन्दा कम काम गरेको देखिएमा मिर्गौला नै फाल्नुपर्ने हुन सक्छ।

उपचार नगरी निको होला पत्थरी ?

यदि, पत्थरी ७ मिलिमिटरभन्दा सानो छ र त्यस्तो पत्थरी मिर्गाैलाको तल्लो भागमा छैन भने प्रसस्त मात्रामा पानी पिउँदा वा केही औषधिको प्रयोगले पत्थरी हराउन सक्छ। तर, यस्तो पत्थरीले पिसाबको बहावमा अवरोध पुर्‍याएको छ भने तुरुन्त शल्यक्रिया गर्नुपर्छ।

पत्थरी आफैँ निक्लेला भनेर घरमै बस्ने वा घरेलु उपचार गर्ने हुँदा मिर्गौला नै बिग्रिने अवस्था पनि आउन सक्छ। त्यसैले पत्थरीको शंका भएमा सकेसम्म चाँडो उपचारतर्फ नै लाग्नुपर्छ।

जुन तरिकाले उपचार गरे पनि यसको मुख्य उद्देश्य पिसाबको बहावलाई निरन्तरता दिनुका साथै मिर्गाैलालाई थप बिग्रिन नदिनु नै हो। मिर्गौला थप जोखिममा पर्नेगरी सबै पत्थरी निकाल्नै पर्छ भन्ने हुँदैन। तसर्थ नचिरीकन वा सानो प्वालमात्र बनाएर पत्थरी निकाल्न अपनाइने आधुनिक उपचार विधि प्रभावकारी मानिन्छ।

पत्थरी हुन नदिन के गर्ने?

१. पानी प्रसस्त पिउने।

एक दिनमा दुई लिटर पिसाब बन्नेगरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ। यदि, हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ।

२. मासु कम खाने । सागसब्जी धेरै खाने। मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ। विशेष गरी, रातो मासु कम खानु वुद्धिमानी हुन्छ।

३. नुन कम खाने। नुनिलो खाने कुरा, जंकफुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने।

४. क्याल्सियम भएको खाने कुराले पत्थरी बनाउने होइन। तर, प्राकृतिक रुपमा (पशु र वनस्पतिमा हुने) क्याल्सियम खानु राम्रो हुन्छ। दूध वा दुधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ। क्याल्सियम चक्की खानुपरेका खण्डमा खालि पेटमा खानु हुँदैन।

५. अक्जालेटयुक्त खानेकुरा सकेसम्म कम खाने। पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा अक्जालेटको मात्रा बढी हुन्छ।

६.साइट्रेटयुक्त एवं पोटासियमयुक्त फलफूल बढी खाने। सुन्तला, कागतीजस्तो बढी साइट्रेट हुने र केरा, च्याउ, हरियो सागपात, आलुजस्तो पोटासियम बढी हुने खानेकुराको सेवनले पत्थरीको समस्या कम हुन्छ।

७. भिटामिन ‘बी ६’ पाइने अण्डा, चिज र माछाको सेवनले पनि पत्थरीको सम्भावना टार्ने गर्छ।

पत्थरी भएमा वा पत्थरी हुन नदिन खानु पर्ने भोजनहरु

तपाईलाई थाहा हुनु पर्छ, पत्थरी हुने मुख्य कारण भनेको हाम्रो खानपिन र रहनसहन नै हो । रहनसहनसँगै खानपिन पनि पत्थरीको लागि मुख्य कारक हुन्छ । यसैले पत्थरी भएमा वा पत्थरी हुन नदिन खानु पर्ने भोजनहरु यहाँ हामीले समेटेका छौँ ।

१. पानी

यदि कसैलाई पत्थरी भएको छ भने पहिलेको तुलनामा बढीनै पानी पिउने गर्नुपर्दछ । बढि पानी पिउँदा पिसाबको मात्रा बढेर मिगौंलामा भएको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्दछ ।

२. नरिवलको पानी

पत्थरी भएकाको लागी नरिवलको पानी एक उत्तम औषधी हो । नरिवलको पानीमा प्रशस्त मात्रामा प्राकृतिक पोटासियम पाइन्छ । पोटासियमले पत्थर बन्नको लागी रोक्ने र बढ्न नदिने औषधी रुपमा काम गर्दछ ।

३. हरियो मकै चिया

हरियो मकैलाई चिया बनाएर पिइएको खासै पाइएको छैन् । किनकि यसको फाइदाको बारेमा कमै मात्र मानिसलाई थाहा छ । हरियो मकैमा प्रोटिन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइन्छ । मकैको चिया बनाएर सेवन गर्दा टाटेट्स नामको तत्व पाइने कारणले गर्दा यसले पत्थरी बन्ने प्रक्रियालाई रोकेर मिगौलाको इन्फेक्सन कम गर्दछ ।

३. जौं

जौलाई धेरैले सेवन गर्नको लागी झन्झट मान्ने गर्दछन् । झन् जौको माड बनाएर त कसैले खाएको तपाईले देख्नुभएको छैन् होला । जौको माड बनाएर खानाले मिगौला सम्बन्धीत समस्या समाधान भई मुत्र प्रवाहलाई बढाएर मिगौला र मुत्रमार्गको संक्रमणबाट पनि बचाउँछ ।

४. भुइँकटर

प्राय सबैजसोलाई भुइकटर मनपर्दछ । भुइकटरको जुसले पनि पत्थरीको बिरामीलाई फाइदा गर्दछ । भुइकटरको जुस बनाएर सेवन गर्नाले पत्थरीलाई गाल्ने इन्जाइम फाइब्रिनलाई तोड्दछ ।

५.केरा

केरा पनि पत्थरीको बिरामीलाई फाइदा गर्ने फल हो । केराको सेवनले अक्जलिक एसिडलाई तोडि आक्जेलेट किस्टल बन्नबाट बचाउँछ ।

६.बदाम

जाडोमा धेरेले बदामको सेवन गर्ने गर्दछन् । बदामले न्यायो मात्र नभएर मिगौलाको पत्थरको पिडितलाई पनि फाइदा गर्दछ । बदाममा प्रशस्त भिटामिन र पोटासियमका पाइने कारणले पत्थरी बन्नको लागी रोक्दछ ।

७.कागती

कागतीका धेरै फाइदा रहेको छ । कागती सुन्दरताको लागी मात्र नभएर सरसफाइ र स्वस्थको लागी पनि उत्तिकै रहेको छ । कागती भिटामिन ‘सी’अधिक मात्रामा पाइन्छ । यसले अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउँछ ।

८.गहतको झोल

पछिल्लो समयमा धेरैलाई गहतको झोल के हो भन्ने बारेमा जानकारी छैन् । यसलाई पत्थरीको एकदमै राम्रो औषधीको रुपमा लिइन्छ । यसको झोल खानाले पत्थरीलाई गलाउने काम गरी बाहिर निकाल्दछ ।

९. गाजर

गाजरलाई धेरेले मनपराएर सेवन गर्न गर्दछन् । गाजरमा पायरोफा स्फेट र वनस्पतिय अम्ल पाइन्छ । गाजरमा किरोटिन पदार्थले मुत्र नलिमा हुने घाउँलाई पनि निको पार्न सघाउँछ ।

पत्थरी भएका बिरामीले के नखाने त ?

१. पालुंगोको साग, गोलभेडा सेवन नगर्ने । फलफुलमा अमला, कालो अगुर काक्रोबाट टाढै रहने । यस्तो फलफुलमा अक्जलेटको मात्रा बढि हुन्छ, जसको कारणले गर्दा पत्थर बन्ने सम्भावना अधिक हन्छ ।

२. फूलगोभी, भन्टा, च्याउ, फर्सी लगायतका खानेकुरा पनि खानुपर्दन् यसमा युरिक एसिड बनाउने प्युरिन,न्युक्लयोटाइडको मात्रा प्रसस्त हुन्छ र किस्टल बनाई पत्थरीको समस्या उत्पन्न गराउँछ ।

पत्थरी हुनुका प्रमुख कारणहरु

मृगौलाको पत्थरीको बिमारी एक आम समस्या बनेको छ । पत्थरीको दुखाई यति गम्भीर हुन्छ की यसले बिरामी रातभरी सुत्न नसक्नुका साथै पिंडाले छटपटिन्छ । महिलाहरुमा भन्दा तीन गुणा बढी पुरुषमा पत्थरी हुन्छ । पत्थरी हुँदा बिरामीको पेटको तल्लो भागमा दुख्छ । सामान्यतय पत्थरीको लक्षण सुरुवातदेखि नै थाहा पाइन्छ ।

पत्थरीका लक्षणहरुमा बारम्बार पिसाब आउने, पिसाब फेर्ने समयमा पींडा हुने, पिसाब रोकी रोकी आउने, कहिले कहीं जोडको पिसाब आउने, र अन्डाकोष दुख्ने जस्ता समस्या भएमा पत्थरी भएको भनि तुरुन्तै थाहा पाउन सकिन्छ ।

जब कुनै खानपानले पिसाब गाढा बन्छ तब गाढा पिसाबले पत्थरी बन्न सुरु हुन्छ । गाढा पिसाबले विस्तारै विस्तारै गरेर केहि दिनमै पत्थरीको रुप लिन्छ । आज हामी पत्थरीको घरेलु उपचार विधि बताउन गइरहेका छौँ । जुन एकदम प्रभावकारी र जस्तो सुकै पुरानो पत्थरीलाई पनि सजिलै निकाल्न मद्धत गर्दछ ।

पत्थरीको घरेलु उपचार विधि

१. चाहिने चीज

कागतीको रस र ओलिव ओइल

बनाउने विधि

कागतीको रस (६० मिलिलिटर) र ६० मिलिलिटर ओलिव ओइल मिसाउने । मिक्स गरिसकेपछि यसलाई पिउने । यसको लगातार सेवनले केहि दिनमै पत्थरीलाई हटाउँछ। कागतीको रस र ओलिव ओइल हाम्रो स्वास्थ्यको लागि पनि निकै फाइदाजनक र लाभदायी सामग्री हुन्।

२. चाहिने चीज

प्याज, प्याजमा पत्थरीलाई नाश गर्ने तत्व हुन्छ ।

बनाउने विधि

एउटा प्याजलाई सानो सानो टुक्रामा काटेर पिस्ने । प्याज पिसेर पेस्ट बनिसकेपछी एक सुतीको कपडा अथवा छान्ने प्रयोग गरेर पेस्टबाट रस निकाल्ने । यो रसलाई बिहान खाली पेटमा पिउने। यसरी प्याजको रस नियमित रुपमा पिउनले पत्थरीलाई सानो सानो टुक्रामा निकाली केहि दिनमै पूर्ण रुपमा हटाउँछ।

३. चाहिने चीज

ज्वानो, नियमित रुपमा ज्वानोको चिया पिउनले पत्थरी निर्मुल पार्न सकिन्छ ।

बनाउने विधि

करिब एक गिलास पानीमा १० देखि १५ ग्राम ज्वानो राखेर १०-१५ मिनेट सम्म उमाल्ने । उमालि सकेपछी पानीलाई मन तातो चिसो हुन दिनुहोस् । पानी चिसो भए पछी यसमा एउटा कागतीको रस मिसाएर पिउनुहोस् ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेस् जानकारीका लागि