मानिसको प्राय सबैको एउटा एउटा अधत हुन्छ । कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् । नङ टोक्ने बानी खराब हो ।

त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ । नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ । शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो ।

नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरु

रक्तस्राब

नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।

आन्द्रामा जुका

नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ

सासको गन्ध

धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।

मुखमा फोका

यदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

शरीरमा केमिकल

यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।

नङ बांगिने

बारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।

छालाको सक्रमण

नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।

ब्याक्टेरियाको संक्रमण

सन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ l

नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।

प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ ।

भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ ।

१. एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।

२. नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ ।

३. फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ ।

४. नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने । बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन् ।

५. नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस् । कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा । कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस् ।

यस्तो गर्नाले नङ पालिस निस्किन्छ । अन्त्यमा पुनः कागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस् । यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ ।

६. शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस् । यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ ।

७. नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस् । यसो गर्नाले नङ कडा हुँदैनन् ।

८. नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ । कागतीको रसले पनि धब्बा जान्छ ।

९. नरिवलको तेलले नङ मालिस गर्दा नङ सुन्दर, चम्किला र कोमल बन्छन् ।

यहाँ केहि सम्बन्धित थप जानकारी दिइएका छाै

खानपान र दाँतको सरसफाइ

चाडबाडका  बेला  खानेकुरा  निर्धक्क खाँदा  कहिलेकाहीँ  बिरामी पर्ने गरिन्छ । यस्तै, खानेकुरा चपाउने दाँतमा समस्या पनि आउने गर्छ। चाडपर्व भन्ने बित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्छ । त्यसमाथि दशैं–तिहार जस्ता चाडबाडमा मासुको परिकार छुट्दै छुट्दैन । त्यसका लागि यी केही समस्याका समाधानबारे जानी राखौं ।

चाडबाडमा किन मानिस बिरामी पर्छन्  ?

खानपिनमा गुलियो, अमिलो, पिरो, नुनिलो र चिल्लोको मात्रा बढी भएको आहार र निद्रामा असन्तुलन हुन गई स्वास्थ्यमा गडबड हुने गरेको देखिन्छ।

खानपानमा असंयम, अनिद्रा, नियमितको शारीरिक श्रम, व्यायाममा कमि आदिले शरीरमा अनेक समस्या आउन सक्छ। अझ चाडबाडमा उपभोग गर्ने मासु अस्वस्थ भइदियो भने त १ सय ६० प्रकारका रोगले आक्रमण गर्न सक्छ।

दाँत तथा मुखको स्वास्थ्य कसरी ख्याल गर्ने ?

चाडबाडको समयमा दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको आधा बढी उत्सव सफल पार्नु हो । चाडबडका बेलामा दाँतमा हुनसक्ने प्रमुख खतरा भनेको धेरै साह्रो कुरा (जस्तैः मासुको हड्डी, खाना खाएपछि खाइने सुपारी–छुर्पी आदि) चपाउँदा दाँत चोइटिनसक्छ ।

दाँतको सानो चोइटा निस्कँदा तातो वा बढी चिसो खाँदा सिरिङ–सिरिङ भए पनि ठुलो चोइटा निस्कँदा खपिनसक्नुको पीडा र गिजा तथा जिब्रोमा घाउ हुन सक्छ।

थरिथरिका स्वादिला परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्किन सक्छ । पहिले नै चेप छ वा किराले खाएको छ भने, झनै खाना अड्किन्छ । अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र त्यसले अम्ल निकाल्छ ।

कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ । गिजामा समेत संक्रमण बनाउँछ। गिजा संक्रमित हुँदा गिजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुने जस्ता समस्या आउँछन् । हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, टनटन दुख्ने, चपाउन नसक्ने हुल्छ ।

दाँतको दुखाइ कस्तो हुन्छ ?

दाँतको दुखाइ असाध्यै पीडादायी हुन्छ । यसको दुखाइ कहिलेकाहीँ औषधि खाँदा पनि निको हुँदैन । एस्प्रिन, बु्रफिन जस्ता औषधि खाँदा तत्काल दुखाइबाट राहत मिन्छ तर समस्याको निराकरण हुँदैन । त्यसैगरी, दुखाइ कम गर्न ल्वाङको वा अन्य तेल प्रयोग गर्दा ओठ, गिजा पोलेर घाउ हुन सक्छ ।

समयमै ध्यान नदिए दाँतबाट कस्ता–कस्ता समस्या निम्तिन्छ ?

भनिन्छ, मानिसले स्वादिष्ट भोजनबाट तब मात्रै सन्तुष्टि लिन सक्छ जब दाँतमा कुनै खराबी हुँदैन । दाँतको मुख्य कार्य भोजनलाई चपाएर, टुक्र्याएर पचाउन योग्य बनाउनु हो ।  रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ ।

विकारयुक्त दाँत तथा गिजाप्रति लापरबाही गर्दा विकार पेटमा पुगेर वा रगतमा मिसिएर शरीरमा विभिन्न रोग (कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका विभिन्न रोग, रक्तचाप, रक्तअल्पता, फोक्सोको रोग, झाडापखाला वा कब्जियत, पेट र गाला सुन्निने, पेटको अल्सर, आँखाको रोग, मिर्गौला रोग, मुटुरोग, सब एकयुट ब्याक्टेरियल इन्डोकार्डाटिस, हृदयघात, मधुमेह आदि) लाग्ने सम्भावना बढ्न। गर्भवती महिलामा यस्ता समस्या आए त्यसको प्रभाव गर्भस्थ शिशु तथा प्रशव समयमा पर्न सक्छ।

ब्रिटिस जर्नलमा प्रकाशित स्कटल्यान्डमा गरिएको खोजमा दिनमा दुई पटक दाँत माझ्नेमा भन्दा १ पटक मात्र दाँत माझ्नेमा मुटु सम्बन्धी समस्या हुने खतरा ७० गुणा बढी हुन्छ भन्ने पत्ता लगाएका छन् । मुटुरोगको प्रमुख कारणमा धूमपान र मोटोपना भए पनि मुखमा जम्मा भएका ब्याक्टेरिया रक्त प्रवाहमा भई मुटुरोग निम्त्याउने गरेका प्रमाण फेला परेका छन् ।

रोकथाम कसरी ?

चाडबाडका बेला दाँतका अस्पताल र क्लिनिक कमै खुल्छन्। त्यसैले दाँत र मुखलाई स्वस्थ राख्नका लागि निम्न कुरामा ध्यान दिनु जरुरी छ।

१. दाँत र मुखको सरसफाइ

मुख हाम्रो शरीरको हातजस्तै व्यस्त र फोहरी अंग हो। यसभित्र असंख्य जिवाणु सक्रिय रहन्छन्। हानिकारक जिवाणुले हाम्रो दाँत तथा गिजालाई क्षति पुर्याउँछन् । खाना खानुअघि र पछि हात मुख धुनु जत्ति अनिवार्य छ, खाना खाइसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उत्तिनै अनिवार्य छ ।

दिनको २ पटक बिहान र बेलुका खानापछि तलमाथि गरी दाँत सफा गर्ने गरौं ।  सम्भव भए नरम टुथब्रस नभए दतिवन र केराउको दाना जति फ्लोराइड भएको दन्तमञ्जन प्रयोग गरी दाँतका सबै सतह सफा गरौं । अन्य समयमा खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसालौं । साथै, दुई दाँतबीचको सतह फलामको पिन, आल पिन, काठले घोचेर होइन डेन्टल फ्लसको प्रयोग गरी सफा गर्नुपर्छ ।

२. खानेकुरामा नियन्त्रण

टाँसिने, प्रशोधित, धेरै गुलियो, धेरै तातो–चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारी आदिको प्रयोगमा सचेत बनौं । भिटामनी बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मूला, गाँजर, बन्दागोबी, सखरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवनमा बढी जोड गरौं। रेशादार, ताजा फलफूल, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरौं ।

३. नियमित परीक्षण किन जरुरी ?

असह्य पीडा र जटिल समस्या भए मात्र चिकित्सककहाँ पु्ग्ने हाम्रो बानी छ। त्यस्तो जटिलता नआओस् भन्ने लाग्छ भने हरेक ६ महिनामा नियमित दन्त परीक्षण गराउनुपर्छ। रोग लागेर उपचारमा खर्च र दुःख व्यहोर्नुभन्दा रोग लाग्न नदिन नियमित परीक्षण गर्नु उपयुक्त हो ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेस् जानकारीकाे लागि