छालामा मुसा आउने समस्या हामी मध्ये धेरैमा हुन सक्छ । कसैकसैमा त लामो समय देखिको मुसाले हात, खुट्टा नै कुरूप पनि बनाएको हुन्छ । मेडिकल भाषामा “वार्ट” भनिने मुसा अरु केहि नभएर छालामा हुने एक किसिमको भाइरसको संक्रमण हो ।

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ ।

कारण

शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ ।

मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।

लक्षण

मुसा छालाको सतहभन्दा थोरै माथि उठेको हुन्छ । यो गोलाकार, अन्डाकार, च्याप्टो आकारमा देखा पर्छ । र, यो चिल्लो र मुलायम पनि हुन्छ ।

कतिपय मुसा हल्लिने खालका पनि हुन्छन् । कतिपय मुसा छुँदा दुख्ने, रगत आउने गर्छ । कसैलाई ऐँजेरु पलाएजसरी पनि मुसा आउने गर्छ । यस्ता मुसा पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुल्न थाल्छ । यस्ता प्रकृतिका मुसा विशेष गरी हात र खुट्टामा देखिन्छन् ।

मुसा नै हो भनेर कसरी छुट्टाउने ?

१. सामान्यतया मुसा हातको पछाडीपट्टी, औंलाहरु, घुंडा, र खुट्टा, पैतालामा देखिन्छ ।

२. छालाको सतहभन्दा माथि उठेको साह्रो र सुख्खा गिर्खाको रुपमा देखा पर्छ ।

३. यो एक वा एकभन्दा बढी मात्रामा पनि देखिन सक्छ ।

४. थोरै कोतार्दा सेतो पत्र निस्कन सक्छ र जमेको रगतका शिराको कालो धब्बा देखिन सक्छ |

के गर्न हुदैन ?

कतिपयले पार्लरमा गएर त कतिले घरमै मुसा हटाउने गरेको पाइन्छ । यसरी मुसा हटाउनु हानिकारक मानिन्छ । यसलाई हटाउन घरेलु विधि प्रयोग गर्दा जटिल समस्या निम्तिन सक्छ ।

के मुसा आफै ठिक हुन्छ ?

स्वस्थ मानिसमा करिव ३० प्रतिशत मुसा ६ महिनामा र ६० प्रतिशत एक वर्षमा आफै हराएर जान्छ । यदि मुसा सानो हुँदै गएमा र रगतका शिराका काला धब्बाहरु देखिएमा यो आफै हराएर जादैछ भनेर बुझ्नुपर्छ ।

अस्वस्थ र रोग प्रतिरोधात्मक क्षमता कम भएको मानिसहरु जस्तै, कुनै रगतको क्यान्सर, एड्स आदि रोगहरु लागेको छ र मुसा धेरै मात्रामा छ भने चाहीँ क्यान्सरमा पनि परिणत हुनसक्छ ।

साथै योनाङ्गहरुमा देखिने मुसा पनि क्यान्सरमा परिणत हुने संभावना धेरै हुन्छ । लामो समयसम्म मुसा आफै हराएर नगएमा, बढ्दै गएमा र अन्य ठाउमा पनि फैलिदै गएमा एकपटक छालारोग विशेषज्ञसंग सल्लाह लिनु बुद्दीमानी हुन्छ ।

अनि खतरा

शरीरमा आएका मुसाबाट रगत बग्न थालेमा यसलाई खतराको संकेतका रूपमा लिनुपर्छ । मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।

सल्लाह

केही व्यक्ति मुसालाई हटाउन डाम्ने वा काट्ने गर्छन् भने कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउने गर्दछन् । यसो कहिल्यै गर्नुहुँदैन । यसो गर्नाले भाइरस शरीरका अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा शरीरका विभिन्न भागमा अझ बढी मुसा पलाउँछ ।

उपचार

कतिपय प्रकृतिका मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर, यसलाई उपचार नै गर्नुपरेमा विभिन्न विधि अवलम्बन गर्नुपर्छ । भौतिक रूपले यसलाई नष्ट गर्न सकिन्छ । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । लक्षणका आधारमा होमियोप्याथिक औषधिका माध्यमले पनि यसको उपचार गरिन्छ ।

तपाईको जिउमा भएको मुसा क्यान्सरको कारण पनि बन्न सक्छ ??

मुसा यदी गर्धनको पछाडी छ या शरीरको झट्ट सबैको नजर नपर्ने ठाउँमा छ भने कुनै चिन्ताको बिषय हुँदैन । तर, कहिले काही मुसा अनुहारमा यस्तो ठाउँमा आईदिन्छ, जहाँ सबैको नजर सोझै पर्दछ । जस्तै- गाला, आँखीभौं, आखाँको परेली, नाकको टुप्पो, निधार आदिमा । अनुहारमा मुसा हेर्दा राम्रो देखिंदैन ।

सभा समारोहमा यसले लाजमर्दो स्थिति बनाउनुको साथै तपाईको सौन्दर्यलाई नै असर पार्दछ । साधारण देखिने मुसा कहिले काही क्यान्सरको कारण पनि बन्न सक्छ । यस्तो स्थितिमा मुसालाई उपचार गरी हाटाउनु राम्रो हुन्छ ।

किन हुन्छ मुसा ?

१.जन्मिए पछि देखापर्ने मुसाको मुख्य कारण ईन्फेक्सन हो । यि मुसाहरु शरीरमा आउनुको कारण एक प्रकारको ह्युमन पेपिलोमा नामक भाईरस हो ।

२.प्रकारका मुसाहरु शारीरिक सम्पर्क को माध्यमले पनि फेलिन्छ । मुसा तोरी को दाना देखि अंगूरको को आकार जत्रो पनि हुनसक्छ । मुसा शरीरको एक ठाउँ बाट अर्को ठाउँमा सर्दै जान्छ । सामन्यतया शरीरमा देखिने मुसाहरु कालो, खैरो , सेतो, रातो किसिम को देखिन्छ भने कहिले काहि छालाको रगं जस्तो पनि हुन्छ । जसले गर्दा मानिसहरु लाइ यि मुसाहरु आएको थाहा नै हुदैन ।

लक्षणहरु

१.आकारमा यो गोलो,अण्डाकार, च्याप्टो हुन्छ भने केहि चिल्लो मुलायम र च्येप्टो सतह भएको हुन्छ । कुनै मुसा पेन्डुलम किसिमको हुन्छ यताउति हल्लिने खालको पनि हुन्छ ।

२.मुसा भने छुँदा दुख्ने खालको पनि हुन्छ । कुनै अजेरु पलाएको जस्तै हुन्छ ।

३.पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुलेर आउँछ । हेर्दा घिन लाग्दो देखिन्छ, यस्ता मुसाहरु बिषेश गरी हात र खुट्टामा देखिन्छन् ।

क्यान्सर कारक पनि हुन्छ मुसा

यदी तपाईलाई जन्मिदा देखिने कुनै मुसा छ भने यो हानिकारक हुँदैन । तर, मुसा जन्मेपछि या ठुलो भएपछि देखिएको हो भने समय बित्दै जाँदा यसले क्यान्सरको रुप धारण पनि गर्न सक्छ । यदी कुनै ब्यक्तिमा तीस बर्षको उमेर पछि मुसा पलाएको छ भने त्यसमा क्यान्सर हुने खतरा बढि रहन्छ ।

खतरानाक अवस्थाका मुसा

यदी शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, यसलाई नजर अन्दाज गर्नु हुँदैन । यदी मुसा भएको ठाउँ चिलाउँछ भने पनि यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकसंग सल्लाह गर्नु पर्छ ।

गाँठोगुठ्ठिकाे पनि खतरा

हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ जसलाइ गाँठोगुठ्ठि भनिन्छ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ । साधारणतया गाँठोगुठ्ठि धेरै खतरनाक हुदैंन ।

गाँठोगुठ्ठि प्रायजसो घाँटीमा आउने गर्दछ । यीनीहरु धेरै नै नराम्रो देखिन्छन् । गाँठोगुठ्ठि सानो मासु झुण्डिएको जस्तो देखिन्छन् । त्यसैगरी मासुको र यसको रङ्ग समान हुन्छ । यसैकारणले गर्दा मानिसहरु यसलाई हटाउन चाहन्छन् ।

गाँठोगुठ्ठिलाई कसरी हटाउन सकिन्छ ?

सबैभन्दा पहिला गाँठोगुठ्ठि हो वा स्किन ट्याग ( छालाको घाउ ) हो भन्ने छुट्याउनको लागि डाक्टरलाई जँचाउनुहोस् । स्किन ट्याग पनि घाँटिमा आउने गर्दछ र यो गाँठोगुठ्ठि जस्तै देखिन्छ । तर यीनीहरु दुबैको उपचार छुट्टाछुट्टै गरिन्छ ।

घाँटीमा आउने गाँठोगुठ्ठिलाई हटाउनको लागि प्रायजसो घरेलु उपचारका रुपमा लसुनको प्रयोग गरिन्छ । लसुनमा शक्तिशाली विषाणुनाशक ,जीवाणुनाशक गुण हुन्छ । जस्को कारणले गर्दा गाँठोगुठ्ठिको विषाणु संक्रमणबाट बच्न मद्धत पुग्दछ ।

विधि

केही लसुनलाई गाँठोगुठ्ठि भएको ठाउँमा थिचेर राख्नुहोस् । त्यसपछि यसलाई पट्टिले बाँध्नुहोस् । र यसलाई ३० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् । यस विधिलाई प्रत्येक दिन २ पटक २ हप्तासम्म गर्नाले राम्रो परिणाम मिल्दछ । लसुनले गाँठोगुठ्ठिलाई खटिरामा परिणत गरी १ हप्तामै झार्दछ । सधैं नयाँ लसुनको प्रयोग स्वस्थ छालामा असर नपर्ने गरी गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु

गाँठोगुठ्ठि शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सर्दछ । तपाइँले यस समस्याको उपचार गर्दा गाँठोगुठ्ठिमा लगाईसकेपछि त्यस सामाग्रीलाई अरु भागमा प्रयोग नगर्नुहोस् । र अरुलाई पनि गर्न नदिनुहोस् । तपाइँलाई मधुमेह छ भने , खुट्टाको गाँठोगुठ्ठिको उपचार गर्ने प्रयास नगर्नुहोस् ।

आफ्नो अनुहार वा संवेदनशील अङ्ग जस्तै : प्रजनन अङ्ग , मुख वा नाकको प्वालमा भएको गाठोगुठ्ठिलाई घरेलु उपाय अपनाई हटाउने प्रयास नगर्नुहोस् ।

हामी केहि सम्बन्धित थप जानकारी दिइएका छाै

नङ टोक्ने बानि छ ? सावधान ! नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरु, यस्ता छन्

मानिसको प्राय सबैको एउटा एउटा अधत हुन्छ । कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । बालबालिकामा यस्तो बानी देखिनु सामान्य हो । तर, युवायुवती या पाका उमेरका मानिस नै नङ टोकीरहेका हुन्छन् । नङ टोक्ने बानी खराब हो ।

त्यसैले अभिभावकहरुले बालबालिकालाई नङ टोक्नु हुँदैन भनेर सिकाउनुपर्छ । नङ टोक्ने बानीले विभिन्न प्रकारका संक्रमण फैलिने डर हुन्छ । शरीरका विभिन्न अंगजस्तै नङ पनि फोहर र संक्रमण बोक्ने प्रमुख अंग हो ।

नङ टोक्दा निम्त्याउँन सक्ने समस्याहरु

रक्तस्राब

नङ टोक्दा नङ नजिकैको छाला बारम्बार उक्किरहन्छ। जसले गर्दा रक्तस्राब हुनुका साथै अत्यन्त दुखाइ पनि हुन्छ ।

आन्द्रामा जुका

नङ टोक्दा नङमा भएको फोहर मुख हुँदै आन्द्रामा जाने भएकाले यसको पहिलो असर आन्द्रामा पर्छ । नङमा भएको फोहोरको माध्यमबाट पेटमा जुका पर्न सक्ने सम्भावना रहन्छ

सासको गन्ध

धेरै नङ टोक्ने मानिसको मुखमा ब्याक्टेरिया जम्मा हुने भएकाले सास गन्हाउने समस्या देखिन्छ । बिहान बेलुकै दाँत ब्रस गरे पनि नङ टोक्ने बानी भएका मानिसको सास गन्हाउने कारण भनेकै ब्याक्टेरियाले गर्दा हो ।

मुखमा फोका

यदि औँलामा मुसा छ भने, त्यो मुखभित्र या ओठमा सजिलै फैलिन सक्छ । मुखमा फोकाहरु आउन सक्छन् । मुसाको माध्यमबाट हुयमन प्यापिलोमा भाइरस सर्न सक्ने पनि चिकित्सकहरुले बताएका छन् । यो भाइरस पाठेघरको मुखको क्यान्सरको कारक हो ।

शरीरमा केमिकल

यदि नङ पोलिस लगाउने महिलाको नङ टोक्ने बानी छ भने, पोलिसमा भएका विभिन्न केमिकल शरीरभित्र प्रवेश गर्ने खतरा रहन्छ । अनावश्यक केमिकलका कारण विभिन्न समस्या आउन सक्छन् ।

नङ बांगिने

बारम्बार नङ टोक्ने मानिसको नङको स्वरुप फेरिन सक्छ । नङ बांगिने हुन सक्छ । नङ टोक्ने मानिसको नङ बांगिने समस्या टोक्न छोडेपछि हट्ने भए पनि केहीको नङ सधैँका लागि खराब हुन सक्छ ।

छालाको सक्रमण

नङ टोक्ने मानिसलाई पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । यो संक्रमणले नङ वरपरको छालालाई असर गर्छ । नङ रातो हुने र नङ वरपरको मासु सुन्निने खतरा हुन्छ ।

ब्याक्टेरियाको संक्रमण

सन् २००७ को एक अध्ययन अनुसार नङ टोक्ने मानिसको मुखमा नटोक्ने मानिसको मुखमाभन्दा धेरै ब्याक्टेरिया हुन्छ । यस्तै हैँजा–पखालाजस्ता संक्रमण फैल्याउने इकोलाइ भाइसर नङबाट सर्नसक्ने सम्भावना हुन्छ l

नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।

प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ ।

भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ ।

१. एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।

२. नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ ।

३. फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ ।

४. नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने । बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन् ।

५. नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस् । कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा । कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस् ।

यस्तो गर्नाले नङ पालिस निस्किन्छ । अन्त्यमा पुनः कागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस् । यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ ।

६. शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस् । यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ ।

७. नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस् । यसो गर्नाले नङ कडा हुँदैनन् ।

८. नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ । कागतीको रसले पनि धब्बा जान्छ ।

९. नरिवलको तेलले नङ मालिस गर्दा नङ सुन्दर, चम्किला र कोमल बन्छन् ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेस् जानकारीकाे लागि