बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए । दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन् । त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो । आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन् ।

दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाएका छन् । अनावश्यक र उपयोगी नहुने जीवलाई मार्नका लागि प्रयोग हुने कीटनाशक, स्टेरोइड, हर्मोन, एन्टिबायोटिक र हर्बिसाइडहरू हामीले खाने खानामा पनि रहने गरेका छन् । यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन् । यस्तै कारणले पनि अर्गानिक खानेकुराहरू पुनः चर्चित हुँदै गइरहेका छन् ।

अर्गानिकमा के हुन्छ ?

अर्गानिक हुनका लागि अर्गानिक बालीले संयुक्त राज्यको कृषि विभागले कायम गरेको मापदण्ड पूरा गरेको हुनुपर्छ। यी मापदण्डमा सबै बालीहरू सिन्थेटिक कीटनाशक, कृत्रिम मल, विकिरण र बायोटेक्नोलोजीको प्रयोग नगरी उत्पादन गरिएको हुनुपर्छ ।

अर्कोतर्फ, एन्टिबायोटिक वा सिन्थेटिक वृद्धि हर्मोनको प्रयोग नगरी जनावर हुर्काइएमा पशुजन्य उत्पादनहरू अर्गानिक मानिन्छन्। यी पशुहरू बन्द ठाउँमा नभई बाहिरी खुला स्थानमा चराइएको हुनुपर्छ।

उत्तम अर्गानिक फलफूलहरू

केही स्वास्थ्य विशेषज्ञहरूले अर्गानिक तरिकाले उब्जाइएका अन्न र पशुहरू रसायन भएका बाली वा मासुभन्दा राम्रो उत्पादन हुने विश्वास गर्छन्। केही खानेकुराहरू अर्गानिक रूपमा किन्नुपर्दैन तर अरूका लागि भने तपाईंले अर्गानिक चिह्न लागेको खोज्नुपर्छ । यी उत्पादनहरूमा उच्च मात्रामा कीटनाशक विषादीको प्रयोग गरिएको हुन्छ

स्याउ, अंगुर, स्टबेरी, आरु, साग, चेरी टमाटरहरू, आलु, आयातित केराउहरू, काँक्रो, गुलियो र पीरो मरिचहरू

यी उत्पादनहरूमा उच्च मात्रामा रसायन हुने भएकाले तपाईंले अर्गानिक हिसावले उत्पादन गरिएका बालीहरू किन्नुपर्छ। अर्कोतर्फ, यी फलफूल र तरकारीमा निकै कम मात्रामा कीटनाशक विषादी र रसायन हुन्छन् ।

प्याज, भुइँकटहर, अन्न, एभोकाडो, आँप, किवी, बन्दा, मेवा, केरा, काउली, ब्रोकाउली, खरबुजा

न्यून मात्रामा कीटनाशक विषादी रहेका फलफूल र तरकारीको विशेषता भनेको तिनीहरूको बोक्रा छुटाउन सकिन्छ। उत्पादन गरिएका यस्ता कुराहरूमा रसायनहरू भित्रैसम्म नजाने भएकाले तपाईंले राम्रो भाग पाउनका लागि फलफूल र तरकारीको बोक्रा निकाल्न सक्नुहुन्छ। राम्रो भाग रसायनसँग अलिकति पनि मिसिएको हुँदैन।

अर्गानिकका फाइदा

न्युन मात्रामा रसायन

बालीहरूमा रसायनको प्रयोग नभएकोले उत्पादनहरू अर्गानिक हुन्छन् र मासुमा रसायन मिसिएको हुँदैन। अध्ययनहरूले बालीमा प्रयोग भएका रसायनहरूले मेटाबोलिक समस्या, हर्मोनल समस्या र क्यान्सरजस्ता विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन्।

जीएमओ नहुने

अर्गानिक रूपमा उत्पादन भएका बालीहरू र मासुहरू जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म अर्थात् जीएमओबाट बनेका हुँदैनन्। जीएमओहरू खानेकुराको परिवर्तित रूप हुन्। यो प्रविधि भनेको अन्नको उत्पादन बढाउने र खानेकुराको अभाव हुनबाट जोगाउने हो। दुर्भाग्यवश, प्रविधी आफै व्यापक रुपमा बुझिएको छैन र यसबाट हुने स्वास्थ्य जोखिम पनि बुझिएको छैन। प्रकृतिमा प्राकृतिक रुपमा उत्पादन नभएको कुनै पनि कुरा खानका लागि सुरक्षित ठानिनु हुँदैन।

राम्रो गुणस्तर

अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुहरू पोषिलो हुने मात्र होइन, रसायनको कमीले गर्दा राम्रो गुणस्तरका पनि हुन्छन्। विभिन्न खाले हर्मोन र एन्टिबायोटिकको प्रयोग गरी हुर्काइएका पशुहरू अर्गानिक हिसाबले खुला रूपमा हुर्काइएका पशुहरूको तुलनामा धेरै तनावमा हुन्छन् । यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ। यही कुरा अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल र तरकारीमा पनि लागू हुन्छ।

वातावरणमैत्री

अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुजन्य उत्पादन वातावरणमैत्री पनि हुन्छन् किनभने ती खानेकुरा उत्पादन गर्न र वृद्धि गराउनका लागि कुनै पनि रसायनको प्रयोग गरिएको हुँदैन। कीटनाशक विषादी, हर्बिसाइड्स, र हर्मोनहरूले कृषि र वातावरणजन्य नोक्सानी हुने गरी नदी, माटो र हावालाई दूषित बनाउन सक्छन् ।

हामीले याहाँ सम्बन्धित जानकारी दिइएका छाै

बिहान नास्ता गर्नु के वास्तव मै फाइदाजक हुन्छ त  ? 

अहिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं । यसमा खानपानको अहंम हिस्सा छ । भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ । तर, त्यती मात्र काफी छैन । खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ ।

खाना खाने निश्चित तालिका छ । त्यसैगरी खाना खाने खास तरिका पनि छ । यदि तालिका र तरिका मिलाएर खाइयो भने उक्त खाना शरीरमा राम्ररी पच्छ । शरीरले त्यसबाट पोषक तत्व ग्रहण गर्छ । कुरा गरौं, खाना खाने तालिकाको । खाना खाने तालिकाको कुरा गर्दा यहाँ एक जापानी भनाई सान्दर्भिक हुनसक्छ ।

भनाई यस्तो छ, ‘बिहानको खाना आफु खानु, दिउसोको खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु ।’ यो भनाईले हाम्रो स्वास्थ्य खानपान तालिकाबारे बताउँछ । हाम्रा पूर्खाहरुले पनि खानपान सम्बन्धी यस्तै तालिका निर्धारण गरेका थिए । उनीहरु भन्थे, विहानको नास्ता भरपेट खानु । दिउसोको खाना आधा पेट खानु । रातीको खाना एकदमै कम खानु । अझ सूर्योअस्तपछि त खाना नै नखानु ।

यावत् भनाई र बुझाईले भन्छ, विहानको नास्ता शरीरका लागि सर्वोत्तम हुन्छ । बिहान नास्ता अर्थात ब्रेकफास्ट, जसलाई हामी स्वस्थ्य दिनचर्याको सुरुवात मान्छौं । भरपेट ब्रेकफास्टको आवश्यक्ता र महत्वबारे हामीले धेरै पटक सुन्यौं । यदि स्वस्थ्य, तन्दुरुस्त रहने हो भने ब्रेकफास्ट गर्नैपर्छ भन्यौ । तर, के हामीले सुनेजस्तै ब्रेकफास्ट स्वास्थ्य दिनचर्याको लागि अनिवार्य खुराक हो त ? ब्रेकफास्ट गर्दा शरीरमा त्यसको कस्तो असर रहन्छ ?

बीबीसी हिन्दी अनलाइनमा प्रकासित लेखको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ । नास्ता गर्नु एकदमै जरुरी हुन्छ । तर, यसले तपाईंको तौल नियन्त्रणमा कुनै सहयोगी भूमिका खेल्नेछैन । एक रिसर्चमा यही कुरा पुष्टि भएको छ ।

जब तपाईं नास्ता गर्नुहुन्छ भने हरेक दिन २ सय ६० भन्दा बढी क्यालोरी लिनुहुनेछ । जो व्यक्ति नास्ता गर्दैनन्, त्यसको तुलनामा नास्ता गर्नेको तौल आधा किलो बढ्छ । विशेषज्ञहरुले भनेका छन्, नास्ता क्याल्शियम र फाइबरको राम्रो स्रोत हो । नास्ता गर्दा एकाग्रता र ध्यान केन्दि्रत गर्ने क्षमता बढ्छ । खासगरी बच्चालाई यसबाट बढी फाइदा हुन्छ ।

ब्रेकफास्टले तपाईंलाई उर्जा र जरुरी पोषक तत्व प्राप्त हुन्छ । साथै तपाईंलाई पटक-पटक खानुपर्ने आवश्यक्ता हुँदैन । थुप्रै अध्ययनले देखाएको छ कि, बिहानको नास्ताले हामीलाई स्वस्थ्य एवं निरोगी बनाउन भूमिका खेलिरहेको हुन्छ ।

तर, पछिल्लो अध्ययनले के देखाएको छ भने यदि तौल नियन्त्रण गर्ने उपायको खोजीमा लागिरहनुभएको छ भने बिहानको नास्ता तपाईंको लागि बाधक बन्न सक्छ । अर्थात बिहानको नास्ताले तौल नियन्त्रणमा सहयोग गर्दैन । त्यसैले तौल नियन्त्रण गर्ने हो भने बिहानको नास्ता छाड्नु उपयुक्त हुन्छ ।

अष्ट्रेलियाको यस नयाँ अध्ययनमा नास्ता र तौल परिवर्तनबारे १३ पटक अलग अलग परीक्षण गरिएको थियो । मोनाश विश्वविद्यालयको यस अध्ययनको नतिजाले के देखाउँछ भने नास्ता छाड्नु फाइदाजनक हुन्छ ।

यदि नास्ता नछाड्ने हो भने दिनभरमा लिने कुल क्यालोरीको मात्रा घटाउनुपर्छ । अध्ययनले देखाएको छ, ब्रेकफास्ट छाड्ने व्यक्ति कम क्यालोरी लिन्छन् । यसमा अर्को दावी के गरिएको छ भने, जो व्यक्ति नास्ता गर्दैनन् उनीहरुलाई मध्यन्ह पनि कम भोक लाग्छ । तर, वयस्कले तौल नियन्त्रणका लागि नास्ता छाड्ने हो भने सावधानी अपनाउनुपर्ने हुन्छ । किनभने यसको उल्टो असर पर्न सक्छ ।

क्याल्सियम र फाइबर

डाइटिशियन र किग्स कलेज लन्डनका न्युटि्रशन साइन्स डिपार्टमेन्टका प्रमुख प्रोफेसर केविन वेलन भन्छन् कि हामीले बिहान धेरै क्यालोरी लिनु हुँदैन । उनी बिहानको नास्तामा अन्न र दुध लिनुपर्ने बताउँछ । यसबाट शरीरलाई आवश्यक पोषक तत्व अर्थात क्याल्सियम र फाइबर मिल्ने उनको भनाई छ ।

स्वास्थ्यवर्द्धक नास्ता के हो ?

नास्ताको कुरा त गर्छौं, तर कस्तो नास्ता ? बिहान के कस्ता खानेकुरा सामेल गरियो भने राम्रो हुन्छ ?

इनर्जीका लागि तपाईं गहुँको परिकार खान सक्नुहुनेछ । साथै उसिनेको सिमी पनि उपयोगी हुन्छ । प्रोटिनका लागि टोस्टमा पालक, अन्डा, फल साथै ड्राइ फ्रुट्स खान सकिन्छ । हल्काफुल्का खानाको रूपमा फल, केरा, पालक जस्ता खानेकुरा उपयोगी हुन्छ ।

बिहानै गर्नुपर्ने यी कुराकाे पनि जानकारी थाहा पाइराख्नु ।

बिहान खाली पेटमा पिउनुहोस्, एक गिलास मनतातो पानी ! मिल्नेछन् यी फाइदाहरु

पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो । खाली पेट पानी खादा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो ।

प्राय: जापानीले बिहान उठ्नेवित्तिकै चार गिलास पानी खान्छन् । पानी खाएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ। खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ। यसमा पनि मनतातो पानी उपर्युक्त हुन्छ ।

आन्द्रामा फ्लस

खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ। यसले पाचन प्रणालीलाईपनि सहयोग गर्छ । तपाईलाई एक बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउछ।

शरिरका विकार फालिदिन्छ

तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुुहुन्छ। जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ।

भोक बढाउछ

नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।

टाउको दुख्नबाट बचाउछ

मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ती मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ।

कोलोन सफा गर्छ

पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुयाउछ। तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ।

मेटाबोलिजमलाई तीब्र पार्छ

यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी खानु उत्तम उपाय हो। पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारीरुपमा खाना पचाउन सक्नुुहुन्छ। जसका कारण छोटो समयमा नै तौल घट्छ।

उर्जा बढाउछ

यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस। खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ।

अनुहारको छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।

पानी पिउँदा याद गर्नु पर्ने कुराहरु

यो शिर्षक पढ्दैमा तपाईलाई आश्चर्य लाग्न सक्छ तर पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुगोस् भन्नका लागि पनि केहि कुराहरु तथा बानी व्यवहारहरु सुधार्न सके धेरै फाइदाकारी हुन्छ । हामी धेरै जसोको बानी हुन्छ कम पानी पिउँने । त्यसै गरि केहिको बानी हुन्छ, दिनभरमा निकै पानी पिउँने । तर के हामीले पिएको पानीले हाम्रो स्वास्थ्यमा फाइदा पुर्याएको छ त ? कसरी पानी पिउँदा स्वास्थ्यमा फाइदा पुग्छ ?

१. बिहान बासी मुखमा मन तातो पानी सक्दो धेरै पिउँनुहोस् ।

२. खाना खानु भन्दा आधा घण्टा अगाडी र खाना खाएको एक घण्टा पछि सम्म पानी नपिउँनुहोस् ।

३. पानी एकै पल्ट धेरै घटघटी कहिलै नपिउँनुहोस् । बरु चिया पिए जस्तो गरेर सिप लिदै पिउँनुहोस् ।

४. उभिएर कहिलै पनि पानी पिउँनुहुदैन ।

५. चिसो र असाध्यै तातो पानी कहिलै नपिउँनुहोस् । सँधै मनतातो पानी पिउँनुहोस् ।

६. दिनभरीमा कम्तिमा ३ लिटर पानी पिउँनुहोस् ।

७. सुत्नु भन्दा अगाडी १ गिलास मनतातो पानी पिउँनुहोस् ।

कतिपय स्वास्थ्यवर्द्धक कुरा पनि खाली पेटमा खानु हुँदैन

स्वास्थ्यवर्द्धक भनिएका कुराहरु पनि समय र अवस्थाको ख्याल नगरी खाएका उल्टै स्वास्थ्यमा हानी पुर्याउँने हुन सक्छन् । भनाई नै छ, मह पनि बढि खाए तितो हुन्छ । यो त भयो मात्रामा होस पुर्याउँनु पर्ने कुरा । त्यस्तै गरि मात्रासँगै समय र अवस्थाको पनि ख्याल गर्नु पर्ने हुन्छ ।

यहाँ हामीले त्यस्तै खानेकुराहरुको सूचि बनाएका छौँ जुन स्वास्थ्यका लागि फाइदाकारी नै छन् तर समयको सम्बन्धमा होस नपुर्याए स्वास्थ्यमा हानी पुर्याउँछन् । यसैले तपाईले पनि यी खानेकुराहरु खाली पेटमा खाँदै हुनुहुन्छ भने आफ्नो बानीमा सुधार गरेर आफ्नो स्वास्थ्यमा फाइदा पुर्याउँन सक्नु हुनेछ ।

ग्रीन टि

हामीहरु शरीरको बोसो घटाउन, ब्लडप्रेसर नियन्त्रण गर्न बिहानै ग्रीन टि पिउने गर्छौं । तर ग्रीन टिमा हुने कैफिनले शरीरमा एसिडको मात्रालाई बढाउँछ । एउटा समस्याबाट मुक्त हुन पिउने त्यही ग्रीन टि खालि पेटमा सेवन गर्दा एसिडिटी बढ्छ । र, पाचनक्रियामा समस्या ल्याएर अरु नयाँ समस्या उत्पन्न गराउँछ ।

चिनी

त्यसै पनि चिनीलाई ‘व्हाइट एण्ड स्वीट पोइजन’ भन्ने गरिन्छ । खालि पेटमा चिनी सेवन गर्दा रगतमा चिनीको मात्रा बढ्छ । चिनी खाँदा शरीरलाई आवश्यक पर्ने उर्जा र शक्ति त प्राप्त हुन्छ तर यसको मात्रामा वृद्धि हुदैजादा यसले थकान पनि बढ्छ ।

सफ्ट ड्रिंक्स (कोल्ड ड्रिंक्स)

सफ्ट ड्रिंक्सहरुमा कार्बोनेट एसिडको मात्रा अधिक हुन्छ । यसले शरीरमा एसिडको मात्रा बढाउँछ । त्यसपछि छाती पोल्ने, पेट पोल्ने समस्या देखापर्छ । एसिडिटीको समस्या बढ्छ र साथसाथै छटपटी पनि हुन सक्छ ।

चिया

चियामा पनि एसिडको मात्रा निक्कै नै धेरै हुन्छ । त्यसैले खालि पेटमा चियाको सेवनले पेट पोल्ने र दुख्ने समस्या हुन्छ भने अल्सर हुने सम्भावना पनि हुन्छ ।

खर्बुजा

खर्बुजामा भिटामिन, आइरन, म्याग्नेसियम, र पोटासीयमको मात्रा निक्कै धेरै हुन्छ । शरीरको लागि अति आवश्यक यी तत्वहरु खाली पेटमा पुगे भने चाहिं एसिडिटीको समस्या आउछ । साथसाथै पाचनक्रियामा पनि समस्या आउँछ । अझ पानी खाने बित्तिकै खर्बुजा खानु र खर्बुजा खाए लगत्तै पानी खानु त झन् हानिकारक हुन्छ । यदि त्यसो गरियो भने पखाला लाग्ने निश्चित छ ।

केरा

केरामा म्यागनेसियम एकदमै धेरै हुन्छ । त्यसैले खालि पेटमा केरा खायो भने शरीरमा क्याल्सियम र म्याग्नेसियमको ब्यालेन्स बिग्रिन्छ । जसले गर्दा छाती पोल्ने र पाचनक्रियामा समेत गडबडी आउने हुन्छ ।

सुन्तला

सुन्तलामा अर्गानिक एसिड हुन्छ । पेट खाली भएको बेला शरीरमा त्यतिकै पनि एसिड (अम्ल) को मात्र धेरै हुन्छ । त्यसमाथि खाली पेटमा सुन्तला खायो भने यसले एसिडको मात्रा अत्याधिक बढाउँछ । बैज्ञानिक अनुसन्धानबाट के देखिएको छ भने पेटमा एसिड धेरै हुँदा छाती र पेट पोल्ने तथा पथरीको समस्या समेत आउने हुन्छ ।

सखरखण्ड

सखरखण्डमा टैनिन र पैकटिन जस्ता पदार्थ हुन्छन् । गम जस्तो यो पदार्थलाई खाली पेटले पचाउन सक्दैन । परिणाम स्वरूप छाती पोल्ने समस्या देखापर्छ ।

दुध

प्राय सबैलाई थाहा छ, दुधमा स्याचुरेटेड फ्याट (चिल्लो पदार्थ ) र प्रोटीन हुन्छ । खाली पेटमा दुध सेवन गर्नाले पेटको मांशपेसीलाई कमजोर पार्छ । यसकारण दुधलाई खाली पेटमा सेवन गर्यो भने पाचनक्रियामा समस्या देखिनुको साथै यसले कफ पनि बढाउँछ ।

टमाटर

खालि पेटमा टमाटर सेवन गर्दा यसमा हुने एसिडले एक प्रकारको जेल पैदा गर्छ र अन्ततः पथरीको समस्या उत्पन्न हुन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला