टिमुर नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा लेक लाग्छ । लेक लाग्नु भनेको अक्सिनको कमी र चिसोको चाप थेग्न नसक्नु हो । यस्तो अवस्थामा टिमुर खान दिइन्छ ।

हुन त टिमुर अरुबेला पनि खानेकुरामा मिसाएर खाइन्छ । तर, जाडोमा भने यसले काइदाको काम गर्छ । खासगरी वाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन यसले काम गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षता पनि बढाउँछ ।

टिमुरको अचार वा कुनै नुडल्समा टिमुर मिसाइने गरिन्छ, जसले त्यसको स्वाद दोब्बर बढाउँछ । स्वादका लागि मात्र होइन, ओखतीको रुपमा पनि यसले काम गर्छ ।

नेपाली टिमुर पछिल्लो समय विश्व बजारमै लोकपि्रय बन्दै गएको छ । नेपालको प्राय पश्चिमी भूभागमा उत्पादन हुने टिमुर हरेक वर्ष विश्वभर निर्यात हुदै आएको छ । यो बहुउपयोगी छ । टिमुरको दाना स-साना राता ४ देखि ५ मिलिमिटर व्यासका हुन्छन् । यसको स्वाद तीतो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छन् । टिमुरलाई मसला र औषधीको रुपमा प्रयोग गरिन्छ ।

टिमुरको खेती

समुद्री सतहदेखि १२०० देखि २५०० मिटरको उचाईमा टिमुर उत्पादन हुने गर्छ । यसको बोट काँडायुक्त हुन्छ र एक पटक लगाएपछि थुप्रै वर्षसम्म फल दिने गर्छ ।

नेपालको सुर्खेत, अछाम, सल्यान र जाजरकोटलगायतका जिल्लामा टिमुरको खेती हुने गर्छ । यसको गेडा अर्थात फल पाक्ने समयभन्दा केहीअघि नै बोटबाट टिटिन्छ । र, संकलन गरिएका गेडाहरूलाई राम्रोसँग घाममा सुकाएर ओवानो गोदाममा भण्डारण गरिन्छ ।

टिमुरलाई मसला र औषधिका रुपमा प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा प्रती केजि ४५० देखी ५०० रुपैयाँसम्मका दरले यसको किनबेच हुन्छ । विश्व वजारमा यसको अत्याधिक माग भएकाले यसबाट मनग्य आर्थीक लाभ लिन सकिन्छ ।

औषधीय गुण

टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजाआदी समस्यालाई निको पार्ने काम गर्छ ।

आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।

न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउने गर्छ ।

गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।

टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।

टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुगाहरुलाई मार्नको लागि पनि सहयोग पुर्‍याउँछ ।

यस्ता राेगहरूकाे निवारण

१. पेट सम्बन्धी रोगमा

यो विशेष गरी पाचनक्रिया कमजोर हुने विमारको सफल औषधि हो । यसले मन्दाग्नि, अपच, आऊ र यी समस्याको कारणले पेटमा हुने वायुशूलमा उत्तम औषधिको काम गर्दछ । पेटमा हुने क्रिमि (किरा) को संक्रमणलाई पनि यसले धेरै हदसम्म ठिक गर्छ ।

संकुचक तत्त्वको कारण यसमा ग्राही विशेषता विद्यमान छ । जसले यो लगभग सबै प्रकारका अतिसार (खाना नपच्ने, दिशामा आऊँ मिश्रित पखाला जस्तो हुने) मा प्रयोगीय औषध द्रव्य सिद्ध भएको छ । यसको सेवनले यकृत (लिभर) बलियो हुने र जठराग्नि (पाचनक्रिया) मा सुधार आउने तथा पाचनक्रिया आदिको कारणबाट अनुहारमा आएको शोथ (फुल्ने समस्या) ठिक हुने बताइएको छ ।

यसको सेवनले भोक बढाउँछ । समान्यतया मन्दाग्निमा यसको प्रयोग समान्य तरिकाबाट गरिएपनि पित्तज मन्दाग्निमा मिश्री काँढासँग र पित्तातिसारमा बेलको शर्वतसँग सेवन गर्न उत्तम हुने आयुर्वेदको निर्देशन छ ।

२. हैजामा टिमुरको प्रयोग

हैजाको संक्रमण चलेको समयमा यो निकै उपयोगी वस्तु हो । कथंकदाचित हैजाको विमारीको उपचारको लागि अस्पताल तथा चिकित्सकको व्यवस्था मिल्न गाह्रो पर्यो भने यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको क्वाथ वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बिमारीको उमेरलाई हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुन्छ ।

स्वास्थ्योपचार निकायको पौँच नपुगेको स्थानहरुमा हुनसक्ने हैजाको संक्रमण आदिको लागि यो निकै उपयोगी सिद्ध हुनसक्ने छ । तर यसको विषयमा सम्बन्धित निकायले समयमै परीक्षण अभ्यास गर्न जरुरी हुनसक्छ ।

३. ज्वरो र कफमा

ज्वरो एवम् कफको विमारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको क्वाथको सेवन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ । यसमा विद्यमान उत्तेजक तत्त्वको प्रभावले शरीरमा पसिना निकाल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको समस्यामा सहज हुन्छ ।

४. गलाको शोथमा

टिमुरको ताजापातलाई पिसेर चामलको पिठोसँग मिलाएर गरम गर्ने र गलामा बाँध्नाले गलाको सूजन हट्दछ ।

५. घाऊमा : टिमुरको सेवनले घाऊ खटिरामा पनि फाइदा पुर्याउने बताइएको छ । टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाऊमा भुरभुराउने (छर्कने) र यसको बोक्रा (जराको बोक्रा)को काँढाले व्रण अर्थात घाऊ धुनाले निकै लाभ हुन्छ ।

६. गठिया वातमा

जडिबुटी शास्त्रको अनुसार गठिया वातमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले राम्रो फाइदा गर्छ ।

७. दाँतको लागि

यसको हाँगा बिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने मत रहेको छ । यसर्थमा यो दन्त मञ्जनको राम्रो विकल्प पनि हुनसक्छ ।

८. अन्य स्वास्थ्य समस्यामा

मन–मस्तिष्क, पागलपन, रगत सम्बन्धित समस्या आदिमा पनि यो ग्रहणीय वस्तु रहेको जडीबुटी शास्त्रहरुले मुक्त कण्ठले चर्चा गरेका छन् । यसलाई पौष्टिक पनि मानिएको छ । वात, अर्बुद, उदररोग, आँखा, कान र ओंठको रोग, शिरको बोझ, दम, प्लिहा, पिसासम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिने जडीबुटी ग्रन्थमा चर्चा छ ।

मात्रा

सामान्यतया वयस्क व्यक्तिको लागि यसको फलको मात्रा २ देखि ५ रत्ती र जराको बोक्रा १ देखि २ तोलासम्मलाई लिन सकिन्छ । जडीबुटीबाट औषधोपचार गर्दा कतिपय द्रव्यहरु जो सामान्यतया दैनिक भोजनादिमा पनि प्रयोग गरिन्छ ।

तिनीहरुलाई खाद्यपदार्थको रुपमा प्रयोग गर्दा औषधिको काम नगरेर भोजनको काम गर्नपनि सक्ने हुनाले उपचारको लागि प्रयोग गर्दा सकभर औषधीय तरिकाबाट प्रयोग गर्नुपर्छ जसले बढी फाइदा दिनसकोस ।

यसकारण उपयोगी

नेपालमा विशेष गरि टिमुरलाई अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा वा धुलो वनाएर प्रयोग गरिन्छ । यो एक प्रमुख मसला हो ।

यसलाई छोइला, मासु र विभिन्न प्रकारका तरकारीलाई स्वादिष्ट बनाउनमा पनि प्रयोग गरिन्छ । यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ । चाइनिज भान्सामा त टिमुर अनिवार्य नै हुन्छ । थाइल्याण्ड तथा युरोपतिर पनि यसको प्रयोग अत्याधिक हुन्छ ।

टिमुरको फललाई प्रशोधन गरि दन्तमञ्जन, सावुन, अत्तरको रुपमा रुपमा पनि प्रयोग गरिदै गरिन्छ ।

टिमुर श्रृंगार समाग्री निर्माणमा पनि प्रयोग गने गर्छ । सुगन्धको लागि प्रशोधन गरि टिमुरको प्रयोग गरिन्छ ।

याे पनि पढ्नुहाेस्, घरेलु उपचार बाट यति धेरै राेगहरूकाे छुटकारा जानेर चकित पर्नु हुनेछ

अधिकांशले स्वास्थ्यलाई भन्दा खानपानलाई ध्यान दिने चलन छ । यस्तो खानपानले समस्या बनाएमा गाउँघरमा भनेको वेलामा स्वास्थ्यकर्मी पाउन पनि समस्या पर्छ ।

खाएको केही समयपछि पनि देखिने विभिन्न स्वास्थ्य समस्याको घरेलु उपचार गर्न सकिएमा धेरै सहज हुन्छ। स्थानीय रूपमा सजिलो एवं सर्वसुलभ पाइने निम्न जडीबुटीहरू तथा आयुर्वेदिक औषधिहरू प्रयोग गर्न सकिन्छ।

कब्जियत भएमा

हर्रो, बर्रो र अमलाबाट निर्मि त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने वेलामा मनतातो पानीसँग खाँदा फाइदा गर्छ।

झाडापखला लागेमा

बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) ३ देखि ६ ग्राम, रस १० देखि २० मिलि सेवन गर्नाले दिसाको साथमा रगत आउने, रगतमासी हुने समस्या पनि समाधान गर्छ। साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ।

वाकवाकी एवं बान्ता भएमा

वाकवाकी, उल्टी हुँदा दालचिनी वा सुकमेल प्रयोग गर्न सकिन्छ। शुद्ध दालचिनी वा सुकमेलका धुलो १ देखि ३ ग्राम प्रयोग गर्न सक्नुहुन्छ। अदुवाको रस वा सुकेको अदुवाको धुलो सेवन गर्दा पनि हुन्छ।

पेट दुखेमा वा पेटमा ग्यास भरिएमा

ज्वानो धुलो ३ देखि ५ ग्राम प्रतिदिन दुईपटक कुनै खाना वा अन्य पेय पदार्थमा राखेर खान सकिन्छ। पुदिनाको रस १०-२० मिलि र लेदो १-३ ग्राम प्रयोग गर्न सकिन्छ। बोझोको चूर्ण १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ।

टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन १ देखि २ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। बच्चाहरूको साधारण पेट दुखाइमा, अजीर्ण, अरुचि रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ।

ग्यास्ट्राइटिक (अम्लपित्त भएमा)

अमला, मेथी, कुरिलो जराको धुलो, जेठीमधुमध्ये कुनै एक जडीबुटीको धुलो ३ ग्रामसम्म साँझ–बिहान प्रयोग गर्दा उपयोगी हुन्छ।

रुघाखोकी लागेमा

असुरोको पात वा फूलको रस १० मिलि र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकी लागेको समस्या समाधान हुन्छ। रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ। यसले खकार निकाल्न मद्दत गर्छ।

अदुवाको धुलो २ देखि ३ ग्राम दिनको दुईपटक श्वासप्रश्वास समस्या भएमा प्रयोग गर्ने सकिन्छ। सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (५–१० मि.लि) मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ।

रक्तचाप बढेमा

जटामसी, निम वा सर्पगन्धा जडीबुटीको धुलो १ देखि ३ ग्राम साँझ–बिहान प्रयोग गर्दा फाइदा गर्छ। लसुनको लेदो १ देखि २ ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ।

मधुमेह (चिनीरोग बढेमा)

चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्दा प्रभावकारी हुन्छ। मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बिज पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा पनि फाइदा गर्छ। गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ।

नोट : तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवंम स्वास्थ्यकर्मीहरूसँग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरू प्रयोग गर्दा खानपानलाई पनि ध्यान दिनु जरुरी छ ।

मधुमेह, उच्च रक्तचाप र अन्य जीर्ण रोगीहरूले आहारविहारलाई ध्यान नराखी औषधि वा जडीबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन। जडीबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका औषधि प्रयोग गर्दा नकारात्मक असर पर्न सक्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीकाे लागी