कतिले यसैपाली विवाह गरे होलान् । कति फेमेली प्लानिङको तयारीमा होलान् । विवाहपछि आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई ।

जब गर्भ रहन्छ, मन शान्त भने हुँदैन । अनेक उथलपुथल हुन्छ । आफ्नो बच्चा कस्तो होला ? स्वस्थ्य होला ? यस्ता जिज्ञासा उठ्छ । यही जिज्ञासाले मनलाई बेचैन बनाउँछ । निश्चय पनि आफ्नो गर्भमा कस्तो बच्चा हुर्कदैछ भन्ने कुराको निक्र्यौंल गर्न गाह्रो हुन्छ ।

यद्यपी गर्भ रहेदेखि नै केही कुरामा सर्तकता अपनाउने, सजग हुने, खानपान र दिनचर्यालाई सन्तुलित राख्ने हो भने धेरै हदसम्म ढुक्क हुन सकिन्छ, जन्म लिने बच्चा स्वस्थ्य हुनेछ ।

हुन त गर्भाधान प्रक्रियाबाटै दम्पतीले विशेष सर्तकता अपनाउनुपर्छ वा तयारी गर्नुपर्छ भनिन्छ । जब हामी बच्चा जन्माउने योजना तय गरेर शारीरिक क्रिया गर्छौं, त्यही विन्दुदेखि दम्पतीले अनुशासित जीवन अपनाउनुपर्ने मान्यता छ ।

किनभने दम्पतीले गर्ने कतिपय गल्तीले गर्भको बच्चालाई असर गर्छ । नतिजा, बच्चा जन्मजात कुनै शारीरिक विकार बोकेर आउँछ । त्यही विकारले ति बच्चालाई जीवनभर सताउँछ । उसले पूर्ण स्वस्थ्य जीवन विताउन सक्दैन ।

एउटा अबोध, बेकसुर बच्चालाई रोगी बनाउने काम खासमा आमाबुवाबाट नै हुन्छ । जानेर होस् वा नजानेर, आमाबुवाले त्यस्ता गल्ती गर्छन् जो गर्भको बच्चालाई भार बन्छ ।

गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा दम्पतीले धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।

गल्ती के हुन्छ भने, अक्सर दम्पती पारिवारिक जीवनमा राम्ररी एडजस्ट नहुँदै बच्चा जन्माउने तयारी गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव, ठाकठुक पर्छ । उनीहरु भनाभन गर्छन्, झै-झगडा गर्छन् । यसको सोझो प्रभाव गर्भको बच्चालाई पर्छ ।

गर्भवतीको मनमा पैदा हुने वेचैनी, आवेग, आक्रोस, पीडा, वेदनाले समेत गर्भको बच्चालाई असर गर्छ । त्यही कारण गर्भ रहेदेखि नै महिलाले मनलाई शान्त तुल्याउनुपर्छ, खुसी हुनुपर्छ । सकारात्मक हुनुपर्छ ।

श्रीमानकाे भूमिका

श्रीमती जब गर्भवती हुन्छे, श्रीमान्ले आफ्नो दायित्व बोध गर्नुपर्छ । श्रीमतीको गर्भबाट जन्म लिने बच्चा दुबैको हो । त्यसमा दुबैको समान हक लाग्छ ।

दुबैले त्यसबाट उत्तिनै सन्तान सुख प्राप्त गर्छन् । तर, गर्भमा बच्चा हुर्काउनुपर्छ महिलाले । प्रसव पीडा सहनुपर्छ महिलाले । ज्यानको बाजी लगाउनुपर्छ महिलाले ।

महिला त्यसैपनि संवेदनशिल हुन्छन् । आफ्नो गर्भमा बच्चा हुर्काइरहँदा उनीहरुको मनोदशा कस्तो हुन्छ होला ? त्यसमाथि परिवारले उनको भावना बुझिदिएन भने ? उनलाई आत्मिय साथ र सहयोग मिलेन भने ?

एक महिलाका लागि आमा हुन वास्तवमै कठिन काम हो । यस्तो अवस्थामा उनको मनोभावलाई बुझ्ने सबैभन्दा नजिकको मान्छे भनेका श्रीमान् नै हुन् । यसर्थ श्रीमान्ले आफ्ना श्रीमतीको सुख र खुसीका लागि आवश्यक बन्दोबस्ती मिलाइदिनुपर्छ ।

श्रीमतीलाई कस्तो वातावरण दिने ? कसरी खुसी तुल्याउने ? कसरी शान्त राख्ने ? कसरी उनको मनबाट भय हटाउने ? यी सबै कुरामा श्रीमान्ले खास भूमिका खेल्नुपर्ने हुन्छ ।

गर्भवतीको स्वास्थ्यसँग गर्भमा हुर्कने बच्चाको स्वास्थ्यको गहिरो प्रभाव रहनछ । साथै गर्भवतीको सोंच-चिन्तनले पनि गर्भको बच्चामा प्रभाव पार्छ । यो तथ्यलाई बुझेर श्रीमान् तथा उनका घर परिवारले यस्तो माहौल तयार गरिदिनुपर्छ, जहाँ गर्भवतीले उन्मुक्त रमाउन सकोस् । सधै खुसी र शान्त रहन सकोस् ।

गर्भवती तनावरहित हुनुपर्छ । यसका लागि ध्यान, प्राणायाम जस्ता विधी पनि उपयोगी हुन्छ । यसका लागि श्रीमान्ले प्रेरित गर्न सक्छन् । गर्भावस्थामा गरिने केही योग आसन र व्यायाम हुन्छन् ।

नियमित व्यायामले गर्भवतीको स्वास्थ्य राम्रो बनाउँछ । यसका साथै खानपान पनि स्वस्थ्य, सन्तुलित, पोषकयुक्त हुनुपर्छ । अप्राकृतिक खानेकुराबाट बच्नुपर्छ । पर्याप्त पानी पिउने, आरम गर्ने, गहिरो निद्रा लिने जस्ता कार्यले पनि गर्भवतीको स्वस्थ्य राम्रो हुन्छ ।

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरु, यस्ता छन्

खानपानमा

खानामा हरियो सागसव्जी अण्डा दूध, फलफुल माछा मासु खानु राम्रो हुन्छ । साथै आवश्यक मात्रामा पानी समेत पिउनु राम्रो हुन्छ ।

पानी

गर्भअवस्थाको बेलामा जति सकिन्छ पानी पिउनु राम्रो हुन्छ । नुहाउनका लागि तातो पानी प्रयोग गर्न राम्रो हुन्छ । तातो पानीले तपाईलाई गर्भअवस्थाका बेला हुने दुखाईबाट लड्नसक्ने शक्ति दिन्छ ।

धुम्रपान मध्यपान

धूमपान र मध्यपानले गर्भवती महिलाको रगतमा हुने आइरनको नास गरिदिन्छ ।आइरनको कमीले गर्दा कतिपय अवस्थामा गर्भवती महिलाहरु शारीरिक रुपमा कमजोर हुन सक्छन भने यसको असर बच्चाको विकास तथा उसको तौलमा समेत पर्नसक्छ ।

किटनाशक विषादी

औद्योगिक क्षेत्रका रसायनहरूबाट टाढा रहनुहोस्। यी चिजहरूले गर्भको बच्चाको विकास हुन दिँदैनन्। यी चिजहरूलाई नछुनुहोस् र यीनको वरिपरि पनि भरसक नबस्नुहोस्।

यस्ता चिज राखेका भाँडाहरूमा पानी वा खानेकुरा केही नराख्नुहोस्।

तनावबाट

तनाबले चिन्तित मात्रै तुल्याउदैन कि गर्भवती अवस्थालाई जटिल बनाउने समेत गर्छ । तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा रहेको बच्चाको स्वास्थ्यमा समेत असर गर्छ । त्यसैले यो बाट टाढा रहने ।

नियमित व्यायम

गर्भवती अवस्थामा महिलालाई आरामको एकदमै जरुरी हुन्छ तर त्यो संग संगै थोरै कसरतको पनि आवश्यकता पर्दछ ।

कसरतले गर्भवती महिलालाई चुस्त बनाउछ र दुखाई सहने क्षमता समेत बढाउछ । कसरत गर्दा व्यायम प्रशिक्षक तपाईँको साथमा रहन जरुरी छ ।

गर्भवती भएको पहिलो महिना कस्ता खानेकुरा खानुपर्छ ?

गर्भधारण गरेको प्रारम्भिक तीन महिना एकदमै सावधानी अपनाउनुपर्छ । यसबेला चक्कर लाग्नु, थकान महसुष हुनु स्वभाविक हो । सामन्य अवस्था भन्दा केहि गाह्रो हुन सक्छ । खासगरी यस अवधीमा आफ्नो स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ । यसका लागि खानपानमा ख्याल गर्नुपर्छ ।

१. फल

यस अवस्थामा फलको सेवन गर्नुपर्छ । तर, भूँइकटहर, मेवाबाट बच्नुपर्छ । फलफूलमा भिटामिन भरपुर हुन्छ, जसले शरीरमा उर्जा र शक्ति प्राप्त हुन्छ । सुरुवाती अवस्थामा आउनसक्ने कमजोरीबाट यसले बचचाउँछ ।

२. दुधजन्य उत्पादन

ग्र्भावस्थाको पहिलो महिना दुध वा दुधजन्य पदार्थको सेवन गर्नुपर्छ । दही, चिज, पनिरको सेवन पनि लाभदायक हुन्छ । यसबाट तपाईको शरीरमा आवश्यक पोषक तत्व मिल्छ । गर्भवती महिलाले दिनमा एक लिटर दुध पिउनु राम्रो हो ।

३ . फलामयुक्त खानेकुरा

गर्भावस्थामा फलामयुक्त खानेकुराको सेवन गर्नुपर्छ । जब शरीरमा फलामको मात्रा पर्याप्त हुन्छ, रक्तसंचार राम्ररी हुन्छ । त्यसैले गर्भवतीको पहिलो चरणमा फलामयुक्त खानेकुराको आवश्यक्ता हुन्छ, जसले तपाई र गर्भको बच्चामा रक्त संचार र शुद्धि होस् । यसका लागि चुकन्दर, ड्राइ फुड्स, पालक आदिको सेवन गर्नुपर्छ ।

४. फोलेटले भरपुर आहार

गर्भवती भएपछि चिकित्सककहाँ सम्पर्क राखिन्छ । चिकित्सकको सुभाव हुन्छ कि, तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु आवश्यक हुन्छ । यो सहि कुरा हो, यस्तो खानेकुराले तपाईको गर्भमा रहेको भ्रुणको विकास राम्ररी हुन पाउँछ ।

यदि तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु भएन भने बच्चाको मस्तिष्कको बिकास हुन पाउँदैन । कतिपय अवस्थमा उनीहरु अपाङ्ग जन्मन सक्छ ।

५. भिटामिन बि-६

गर्भअवस्थाको सुरुवाती दिनमा भिटामिन बि- ६ सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । अन्न, माछा, बदाम आदिमा भिटामिन बि-६ पाइन्छ । यसको सबैभन्दा राम्रो स्रोत केरा हो ।

गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरु

गर्भवती महिलालाई दिनमा सामान्य अवस्थामा भन्दा दुइ सय देखि तीन सय सम्म थप क्यालोरी आवश्यकता पर्दछ । यो क्यालोरी आमा र गर्भको बच्चा दुबैको लागि आवश्यक हुन्छ ।

एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । त्यसैले अण्डाको सेवनले गर्भवतीलाई आवश्यक पर्ने क्यालोरीको ठूलो हिस्सा आपूर्ति गर्न सक्छ ।

तर झाडापखाला, वान्ता, फुड प्वाइजनिंग भएको बेलामा भने अण्डा खानु हुँदैन । त्यसको साथै पाचन क्रिया कमजोर भएका महिलाले पनि डाक्टरको सल्लाह लिएर मात्रै अण्डाको सेवन गर्नु राम्रो हुन्छ ।

अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा अध्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भु्रणको राम्रोसँग विकाश हुन पाउँछ ।

अण्डामा सबै १२ थरी भिटामिनका साथै विभिन्न खाले लवण पनि पाइन्छ । अण्डामा पाइने कोलिन तथा ओमेगा थ्री फ्याट्टी एसिडले गर्भको बच्चाको समग्र विकाशलाई बढावा दिन्छ । यसको सेवनले बच्चामा मानसिक समस्या हुने जोखिम कम हुनुका साथै मस्तिष्कको भरपूर विकाश हुन्छ ।

गर्भावस्थाका केही रोचक धारणा

समाजमा धारणा के छ भने गर्भावस्थाको अवस्थामा पेट ठूलो भयो भने ती महिलाले छोरी पाउँछिन् र पेट ठीक्कको भयो भने छोरा । तर विज्ञहरु भने पेटको बच्चाको लिंगको पहिचान लागि पेटको आकारका आधारमा गर्न नसकिने बताउँछन् । पेटको आकार महिला आफ्नै सरीरको आकारका साथै पेटको बच्चाको आकार लगायतका कुरामा निर्भर गर्छ ।

गर्भावस्था महिलाको लागि निकै संवेदनशील अवस्था हो । यो अवस्थामा महिलालाई निकै धेरै स्याहार चाहिन्छ । नयाँ सदस्यलाई घरमा भित्राउने पूर्वतयारी पनि हो यो । गर्भवती महिलालाई सोही कारण घरमा निकै महत्वका साथ स्याहार गरिन्छ । साथीसँगी तथा छिमेकीले समेत विभिन्न खाले सल्लाह दिन्छन् ।

बुढापाका महिलाहरुले समेत विभिन्न खाले सल्लाह दिने गर्छन् । कतिपय त्यस्ता परम्परागत सल्लाहहरु नकारात्मक खालका समेत हुने गर्छन् र त्यसले आमा र बच्चा दुबैको स्वास्थ्यमा असर समेत पूराउन सक्छ । जे होस् महिलाले गर्भावस्थाको दौरान धेरै कुरा सुन्नु र भोग्नु पर्छ । गर्भावस्ता सँग केही सत्य तथा केही असत्य तर रोचक धारणाहरु रहेका छन् । जस्तै :

अर्को धारणा के पनि छ भने यदि पेटमा बच्चा भएको बेला महिलाले नूनिलो नमकिन खाने इच्छा गरिन् भनेे बुझ्नुपर्छ की उनको पेटमा छोरा छ । यदि पेटमा छोरी भएमा महिलाले गुलियो कुरा खाने इच्छा गर्छिन् ।

तर यसको पनि कुनै वैज्ञानिक आधार छैन । अर्को रोचक जनविश्वास के छ भने जुन गर्भवती महिलाले गर्भावस्थामा छातिमा जलनको महसुस गर्छिन् उनको पेटमा रहेको बच्चाको टाउकोमा निकै राम्रो कपाल पलाउँछ । तर विज्ञहरुले भने गर्भवती महिलामा छातिको जलनको समस्या सामान्य रहेको र यसको सम्बन्ध बच्चाको कपालसँग नरहेको बताउँछन् ।

कतिपयले गर्भवती महिला उत्तानो परेर सुत्दा गर्भको बच्चालाई असर पुग्छ भन्ने धारणा राख्छन् । तर विज्ञहरुका अनुसार उत्तानो परेर सुत्दा बच्चालाई कुनै असर पुग्दैन । बरु पेट थिचिने गरी घोप्टो परेर चाहीँ सुत्नु हुँदैन ।

धेरै मानिसमा के अन्धविश्वास पनि छ भने गर्भावस्थाको बेला सम्भोग गर्दा गर्भको बच्चालाई असर पुग्छ । तर विज्ञहरुले भने गर्भावस्थामा सेक्स गर्दा गर्भको बच्चालाई असर गर्ने नभै झन रोगबाट बचाउने बताउँछन् ।

गर्भवती महिलाले बढि तातो पानीले नुहाउन हुँदैन भन्ने धारणा छ । यसमा केही सत्यता पनि छ । विज्ञहरुका अनुसार गर्भावस्थामा बढि तातो मात्र नभएर बढि चिसो पानीले पनि नुहाउनु हानिकारक हुन्छ । गर्भावस्थामा महिलाले आफ्नो सरीरको तापक्रम १०२ डिग्री भन्दा तलै राख्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि