रुख कटहर अचम्म खालको तरकारी हो । यो तरकारी हो कि फलफूल हो भन्ने कुरामा पनि मतभेद पाइन्छ । कतिपय स्थानमा यसको सेवन गुणकारी मानिन्छ भने कतिपय मानिस यसलाई हेर्नसम्म पनि रुचाउँदैनन् । कतै यसलाई तन्त्रमन्त्रका लागि उपयोगमा ल्याइन्छ भने कतै यसलाई अशुभ मानेर छुनसम्म डराउँछन् मानिसहरू ।

अहिले रुखकटहर तरकारीका रूपमा खाने सिजन हो । यसलाई मीठो तथा पौष्टिक तरकारीका रूपमा खाइन्छ । काँचो छँदा तरकारी खाइने भए पनि पाकेपछि यसको फल खाइन्छ । यसको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ ।

रुखकटहर खानुका फाइदा के क छन् ? जानिराखौँ,

रुखकटहरमा थुप्रै पौष्टिक तत्व पाइनछ । यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, र्‍याबोप\mलेमिन, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।

यसमा कत्ति पनि क्यालोरी हुँदैन । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमाल्ने । सेलाएपछि यसको गिलास पिउँदा शरीरमा ताजगी पैदा हुन्छ । यो मुटुरोगीका लागिसमेत उपयोगी मानिन्छ ।

रुखकटहरमा पोटासियम पाइने भएकाले यसले मुटुका हरेक समस्यामा राम्रो गर्छ । यसले रक्तचाप कम गराउँछ ।

रुख कटहरमा पर्याप्त आइरन पाइन्छ तसर्थ यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ ।

रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ ।

थाइराइड रोगीका लागि पनि यो हितकारक हुन्छ । यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा पुर्‍याउँछ ।

हड्डीका लागि पनि रुखकटहर फाइदाजनक मानिन्छ । यसमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउँछ र भविष्यमा असिटयोपोरोसिसको समस्या हुनबाट बचाउँछ ।

यसमा पाइने भिटामिन सी र ए ले रोगप्रतिरोधात्मक क्षमता बढाउन ठूलो भूमिका निर्वाह गर्छ । यसले ब्याक्टेरिया तथा भाइरसबाट हुने इन्फेक्सनबाट समेत जोगाउँछ ।

रुखकटहरले अल्सर तथा पाचनसम्बन्धी समस्या काम गर्न सहयोग गर्छ । कब्जियत हटाउनका लागि यसले प्रभावकारी रूपमा काम गर्छ ।

रुखकटहरमा पाइने भिटामिन ए आँखा तथा छालाका लागि राम्रो मानिन्छ । यसले आँखाको ज्योति बढाउन तथा छालामा निखार ल्याउन सहयोग गर्छ ।

कटहरमा पर्याप्त मात्रामा पाइने म्याग्नेसियमले हड्डीलाई स्वस्थ्य र बलियो राख्छ । यदी परिवारमा कसैलाई हाड सम्बन्धी समस्या छ भने प्रत्येक हप्ता कटहरको सेवन गराउनुहोस् । यसमा भिटामिन सी र ए पनि पाइन्छ, जसका कारण शरीरमा रोग प्रतिरोधक क्षमतालाई पनि बढाउछ ।

कटहरको दानालाई सुकाउनुहोस् र सुकेको दानालाई पाउडर बनाएर त्यसमा थोरै मह मिसाएर अनुहारमा लेप लगाउनुहोस् । त्यसको १०देखि १५ मिनेट राखेपछि मनतातो पानी र फेसवासले धुनुहोस् । यसो गर्दा अनुहारको दाग हट्छ ।

कटहरमा क्यालोरी हुँदैन, त्यसैले यो मुटुसँग जोडिएको थुप्रै रोगीका लागि फलदायी मानिन्छ । कटहरमा पोटासियमको मात्रा बढी हुने भएकाले पनि मुटु रोगीका लागि फाइदाजनक हुन्छ । कटहरको सेवनले उच्च रक्तचापबाट पनि राहत दिन्छ ।

कटहरको छालाबाट निस्कने दुधलाई सुन्निएको, घाउ वा काटिएको, फाटिएको अंगमा लगाएमा दुखाईबाट राहत मिल्छ । त्यस्तै जोर्नी दुखेमा कटहरको पातबाट निस्कने दुध लगाएमा राहत मिल्छ ।

कटहरको सब्जी वा यसबाट बनेको अचार आइरनको राम्रो स्रोत हो । यसको सेवनले रक्अल्पताबाट बचाउनका साथै रक्त सञ्चार पनि सामान्य रहन्छ ।

यदी तपाईलाई पाकेको कटहर मनपर्छ र खाने गर्नुहुन्छ भने यसले तपाईको शरीरमा ताजापन ल्याउँछ । कटहरमा भिटामिन ए पाइन्छ, जसले आँखाको ज्योति बढाउछ र छालामा निखार पनि ल्याउछ ।

दमका रोगीका लागि कटहर रामवाणको काम गर्छ । काँचो कटहर उमालेको पानी सेलाएर पिउनुहोस् । नियमित रुपले यसो गर्नाले दमका रोगीलाई फाइदा हुन्छ ।

कटहर सेवन गर्ने व्यक्तिमा अल्सर तथा पाचनसँग जोडिएका समस्या हुँदैन । कटहरमा फाइबरको मात्रा बढी हुने भएकाले कब्ज्यतको समस्याबाट टाढा राख्छ । कटहरको पात सुकाएर बनाएको धुलो अल्सरका रोगीलाई खान दिएमा राहत मिल्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हामीले फलफूल र सागसब्जी बोक्रैसँग खाए बढी पोषण पाउने निश्चित, जानिराखाैँ

सकेसम्म धेरै फलफूल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक भएकोमा कुनै शंका छैन । तर हामीले खाने यस्ता फलफूल र तरकारीको बोक्रा छोडाएर खानु कति फाइदाजनक छ विचार गर्नु पनि आवश्यक भएको पोषणविद् बताउँछन् ।

कीटनाशक औषधिको कुप्रभावबाट जोखिन वा देखासिकी वा बानीका कारण अधिकांशले बोक्रा हुने सबै फलफूल र सागसब्जीको बोक्रा छोडाएर खाने गर्छन् । तर यसरी बोक्रा छोडाएर खाँदा कतिपय अवस्थामा हामी त्यसको सबैभन्दा पोषक तत्व फ्याँकिरहेका हुन्छौं ।

बोक्रामा पाइने पोषक तत्वको मात्रा कुन खालको फलफूल वा सागसब्जी हो त्यसमा भर पर्छ । सामान्य रूपमा भन्दा बोक्रा नछोडाएका फलफूल र सागसब्जीमा बढी मात्रामा भिटामिन, खनिज र अन्य पोषक तत्वहरू हुन्छ ।

जस्तो कि बोक्रा ताछेको स्याउमाभन्दा बोक्रासहितको स्याउमा भिटामिन के ३ सय ३२ प्रतिशत, भिटामिन ए १ सय ४२ प्रतिशत, भिटामिन सी १ सय १५ प्रतिशत, क्याल्सियम २० प्रतिशत र पोटासियम १९ प्रतिशत धेरै हुन्छ ।

त्यसैगरी उसिनेको बोक्रा ताछेको वा छोडाएको आलुभन्दा उसिनेको बोक्रासहितको आलुमा भिटामिन सी १ सय ७५ प्रतिशत, पोटासियम १ सय १५ प्रतिशत, फोलेट १ सय ११ प्रतिशत र म्याग्नेसियम तथा फस्फोरस १ सय १० प्रतिशत धेरै हुन्छ ।

यसैगरी सागसब्जीका बोक्रामा फाइबर र एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । उदाहरणका लागि कुनै पनि सागसब्जीमा भन्दा त्यसको बोक्रामा फाइबरको मात्रा ३१ प्रतिशत धेरै हुन्छ । त्यस्तै फलफूलभन्दा तिनका बोक्रामा एन्टिअक्सिडेन्ट ३ सय २८ गुणा बढी हुन्छ ।
त्यसैले हामीले फलफूल र सागसब्जी बोक्रैसँग खाए हामीले बढी पोषण पाउने निश्चित छ ।

फाइबरले छिटै भोक लाग्न नदिने

फलफूल र सागसब्जीका बोक्राको फाइदा योभन्दा अझ धेरै छ । बोक्रासहित फलफूल वा सागसब्जी खाँदा बोक्रमा भएको फाइबरको उच्च मात्राले हामीलाई छिटै भोक लाग्न दिँदैन । फलफूल र सागसब्जीको बोक्रामा पाइने फाइबरको मात्रा फरक फरक हुने भए पनि सामान्यतया बोक्रा छोडाएकोभन्दा नछोडाएको फलफूल वा सागसब्जीमा ३३ प्रतिशत धेरै फाइबर पाइन्छ।

यससम्बन्धमा भएका अनेकौं अध्ययनले फाइबरले हामीलाई लामो समयसम्म टन्न राख्ने र छिटै भोक लाग्न नदिने देखाएका छन् । फाइबरले हाम्रो पेटलाई तन्काएर वा खाएको भोजन पचाउन बढी समय लगाइदिएर (पाचन प्रक्रियामा ढिलाई गरेर) छिटै भोक लाग्न दिँदैन।

विभिन्न किसिमका फाइबरमध्ये खासगरी फलफूल र सागसब्जीमा पाइने भिस्कस फाइबरले ढिलो भोक लगाउने वा लामो समय हामीलाई अघाउने अध्ययनले देखाएका छन् ।

यसबाहेक फाइबरले हाम्रो पेटमा रहेका स्वस्थकर (फाइदाजनक) ब्याक्टेरियालाई भोजनका रूपमा पनि काम गर्छन् । यस्ता फाइदाजनक ब्याक्टेरियाले फाइबर खाँदा एक किसिमको फ्याटी एसिड निस्कन्छ, जसले हामीलाई भोक लाग्न दिँदैन वा अघाएकै महसुस गराउँछ ।

यससम्बन्धी गरिएका ३८ वटा अध्ययनमध्ये ३२ वटाले भोजनमा फाइबरको मात्रा बढ्दा भोक कम लाग्ने र लामो समय अघाइने निष्कर्ष निकालेका छन् ।

यसबाहेक अनेकौं अध्ययनले फाइबरको मात्रा बढी हुने खानेकुराले छिटै भोक लाग्न नदिने र धेरै क्यालोरी (ऊर्जा) खर्च गराउने भएकाले शरीरको वजन पनि घट्ने र बढ्न नदिने देखाएका छन् । त्यसैले बोक्रा नछोडाई÷नताछी फलफूल र सागसब्जी खाँदा भोक घटाउनुका साथै वजन पनि घट्छ ।

फलफूल र सागसब्जीका बोक्राले रोगबाट पनि बचाउँछ

फलफूल र सागसब्जीका बोक्रामा पाइने एन्टिअक्सिडेन्टले हामीलाई कतिपय रोग लाग्नबाट समेत बचाउँछ । सरल शब्दमा भन्नुपर्दा एन्टिअक्सिडेन्टले हाम्रो शरीरमा उत्पन्न हुने फ्रि याडिकल भनिने अस्थिर अक्सिजन कणहरू नियन्त्रण गर्छ । शरीरमा यस्ता फ्रि याडिकलको मात्रा बढ्दा तनाव उत्पन्न हुनुका साथै कोषमा समेत हानि पु¥याउने र रोग लाग्नसक्ने जोखिम समेत बढ्छ ।

अनुसन्धानकर्ताहरू एन्टिअक्सिडेन्टले मुटुसम्बन्धी रोग र केही क्यान्सरको जोखिम न्यून पार्ने विश्वास गर्छन् । त्यस्तै फलफूल र सागसब्जीमा पाइने केही एन्टिअक्सिडेन्टले स्नायुसम्बन्धी अल्जाइमर्सजस्ता रोगहरू लाग्ने जोखिम न्यून पार्छन् ।

सामान्यतया फलफूल र सागसब्जीमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, तर अध्ययन अनुसन्धानहरूले त्यस्ता एन्टिअक्सिडेन्ट बाहिरी भाग अर्थात बोक्रामा नै केन्द्रित हुने देखाएका छन् ।

एउटा अध्ययनले बोक्रा छोडाएका फलफूल र सागसब्जीमा बोक्रा भएकोभन्दा १३ देखि ४८ प्रतिशतसम्म एन्टिअक्सिडेन्ट कम हुने देखाएका छन् । अर्को एउटा अध्ययनले फलफूल र सागसब्जीको गुदीभन्दा बोक्रामा ३ सय २८ गुणासम्म धेरै एन्टिअक्सिडेन्ट पाइने देखाएको छ ।

त्यसैले फलफूल र सागसब्जीबाट धेरै मात्रामा एन्टिअक्सिडेन्ट पाउनका लागि बोक्रैसहित खान सुझाव दिन्छन् पोषणविद्हरू

कतिपय फलफूल र सागसब्जीका बोक्रा सफा गर्न र खान सकिँदैन

कतिपय फलफूल र सागसब्जीका बोक्रा यति कडा हुन्छन् कि तिनलाई खान सकिँदैन भने कतिपयका बोक्रा सफा गर्न कठिन हुन्छ । जस्तो कि एभोकाडो र हनिड्यू मेलनको बोक्रा काँचै वा पकाएर खान सकिँदैन।

भुइँकटहर, खरबुजा परिवारका फल, केरा, प्याज, लसुन जस्ता अरु केही फलफूल र सागसब्जीका बोक्रा चपाउन र पचाउन धेरै कठिन हुन्छ । यस्ता फलफूल र सागसब्जीका बोक्रा भने छोडाएर वा ताछेर खानु नै उचित हुन्छ।

फर्सी र यसको प्रजातिका विन्टर स्क्वासजस्ता केही सागसब्जीका बोक्रा खान सकिने भए पनि काँचै खान हुँदैन । तर पकाउँदा वा उसिन्दा यिनका बोक्रा नरम हुन्छ र सजिलै खान र पचाउन सकिन्छ ।

यसबाहेक सुन्तला परिवारका बोक्रा पनि तिता र केही कडा हुने भएकाले काँचै खान कठिन हुन्छ । केही मसला मिसाएर वा उसिनेर खान सकिन्छ अथवा बोक्रा छोडाएर नै फलफूल खानुपर्छ ।

केही फलफूल र सागसब्जीका बोक्रा तितो हुने भए पनि मजाले खान सकिन्छ । तर बोक्रामा मैनको तह वा फोहोर भने जमेको हुन सक्छ र सफा गर्न निकै कठिन हुनसक्छ । तर हामीलाई बोक्रैसहित खान मन नलागे बोक्रा छोडाएर÷ताछेर खानेबाहेक अर्को विकल्प हुँदैन ।

बोक्रामा कीटनाशक औषधि हुनसक्छ

सामान्यतया फलफूल र सागसब्जीको उत्पादन बढाउन, कीरा लागेर नष्ट हुनबाट जोगाउन कीटनाशक औषधि छर्कने गरिन्छ ।सामान्यतया सबैले बुझेको धारणा के हो भने अग्र्यानिक र परम्परागत तरिकाले उत्पादित फलफूल र सागसब्जीमा कीटनाशक हुँदैन ।

तर यस्ता अग्र्यानिक र परम्परागत दुवै तरिकाले उत्पादित फलफूल र सागसब्जीमा पनि कीटनाशक हुनसक्छ भनेर बुझ्नु आवश्यक छ । अझ बुझ्नुपर्ने महत्वपूर्ण तथ्य के हो भने कतिपय फलफूल र सागसब्जीमा कीटनाशक औषधि बोक्रामा मात्र हुन्छ भने कतिपयको बोक्रामा मात्र नभएर गुदीमा पनि कीटनाशक औषधि पस् ।

फलफूल र सागसब्जीको बोक्रामा हलुकासँग लागेको कीटनाशक औषधि सफा गर्न राम्ररी धोइपखाली गरे पुग्छ । तर यस्तो अवस्थामा बोक्रा ताछेर वा छोडाएर खानु नै उत्तम हुन्छ । हालै गरिएको एउटा अध्ययनले धोइपखाली गर्दा फलफूल र सागसब्जीको बोक्राबाट करिब ४१ प्रतिशत कीटनाशक औषधि मात्र सफा भएको र बोक्रा छोडाउँदा यसको दोब्बर मात्रामा कीटनाशक औषधि हटेको देखाएको थियो ।

कसैलाई यस्ता औषधीबाट पूर्णरूपमा आफूलाई जोगाउनका लागि भने सबै फलफूल र सागसब्जीको बोक्रा छोडाएर खानु नै बेस हुन्छ ।

तर धोएर वा पखालेर सफा हुने कीटनाशककै कारण भने बोक्रामा पाइने धेरै पोषण खेर फाल्नु उचित हुँदैन । तैपनि कीटनाशकको प्रभावबाट आफूलाई पूर्णतया सुरक्षित राख्न चाहनेले भने बोक्रा छोडाएरै खानु उपयुक्त हुन्छ ।

हाम्रो देशमा ताजा फलफूल र सागसब्जीमा कीटनाशक औषधिको अधिकतम मात्रा तोकिए पनि सम्बन्धित निकायले कार्यान्वयन र अनुगमन नगर्दा बजारमा कृत्रिम रंगसँगै अत्यधिक कीटनाशक प्रयोग गरिएका फलफूल र सागसब्जी धेरै पाइन्छन् । त्यसैले यस्ता ताजा फलफूल र सागसब्जी बोक्रैसँग खाने नखाने उपभोक्ताले सोचविचार गर्नु आवश्यक छ ।

विदेशमा भने यस्ता प्रावधानको कडाइपूर्वक कार्यान्वयन र अनुगमन गरिने भएकाले जोखिम न्यून हुन्छ । तैपनि अमेरिका र युरोपजस्ता ठाउँमा समेत करिब ४ प्रतिशत फलफूल र सागसब्जीमा कीटनाशक औषधिको तोकिएको मात्राभन्दा बढी मात्रा भेटिने गरेको छ । र, यसले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले धोएर पखालेर बोक्रासहित खानुभन्दा बोक्रा छोडाएर खानु बढी सुरक्षित हुने निश्चित छ ।

बोक्रैसहित खान नसकिने फलफूल र सागसब्जी

एभोकाडो, सुन्तला परिवारका फलफूल (कागती, सुन्तला, भोगटेलगायत), गर्मीमा हुने फलफूल (केरा, लिची, भुइँकटहर, मेवा, आँपलगायत), लसुन, खरबुजा÷तरबुजा, प्याज, फर्सी आदि ।

बोक्रासहित खान सकिने फलफूल र सागसब्जी

स्याउ, आरु, कुरिलो, बेरी प्रजातिका फलफूल, गाजर, मूला, चेरी प्रजातिका फलफूल, काँक्रो, भन्टा, अंगुर, किवी, च्याउ, चुकन्दर, नास्पाति, हरियो केराउ, खोर्सानी÷भिँडे खोर्सानी, बयर, आलु इत्यादि ।

फलफूल र सागसब्जीका बोक्रामा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व अत्यधिक मात्रामा पाइने हुँदा गुदीभन्दा बढी पोषणयुक्त हुन्छन् ।

तर केही फलफूल र सागसब्जीका बोक्रा यति कडा र बेस्वादिला हुन्छन् कि तिनलाई सजिलै सफा गर्न, खान र पचाउन सकिँदैन वा भनौं खानयोग्य हुँदैनन् । त्यसमाथि कतिपय फलफूल र सागसब्जीमा हालिएको कीटनाशक औषधि र कृत्रिम रंगका कारण पनि बोक्रैसँग खान सकिँदैन वा खानु हुँदैन ।

तैपनि घरमा फलेको वा आफूले उब्जाएको फलफूल र सागसब्जी बोक्रैसँग खान सकिने खालका भए बोक्रा नछोडाइ खानु स्वस्थकर हुन्छ ।

गर्मी बढ्यो, शरीरलाई शीतलता दिन खानुहोस् यस्ता फलफूल !

गर्मी बढेसँगै शरीरमा पानीको कमी हुने समस्या देखापर्छ । जस कारण विभिन्न रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । गर्मीमा अत्यधिक पसिना बग्ने तथा आन्तरिक रुपमा पनि पानी बढी खपत हुने हुँदा शरीरमा पानी कमी हुने गर्छ । यसर्थ यसबाट जोगिन खानपिनमा ध्यान दिनुपर्छ ।

शरीरमा गर्मीको महसुस बढी हुँदा खाना खान मन नलाग्ने समस्याले विभिन्न रोगको संक्रमण हुन्छ । यसबाट जोगिन पानी र तरल पदार्थ प्रशस्त पिउने र फलफूलहरु खाने गर्नुपर्छ ।

कुन कुन फलफुल खाने ?

१. खरबुजा

गर्मी मौसममा खरबुजा खाँदा शरीरमा पानीको पूर्तिमात्रै होइन चिनीको मात्रासहित धेरै खनिज पदार्थ, भिटामिन र थोरै क्यालोरी पनि पाइन्छ । यसमा पाइने भिटामिन ए ले कपाल र छालालाई पनि राम्रो गर्छ। यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सहयोग र्पुयाउनुका साथै कब्जियत हुनबाट पनि जोगाउँछ। यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।

२. स्याउ

स्याउमा पाइने फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स जस्ता तत्वले गर्मीबाट जोगाउँछ । साथै स्याउमा पोटासियम, क्याल्सियम र फस्फोरस पनि अधिक मात्रामा पाइन्छ ।

३. मेवा

गर्मीमा खानै पर्ने अर्काे फल हो– मेवा । मेवा खाँदा छालालाई डढ्नबाट जोगाउन सहयोग गरी उपयुक्त सनब्लकको काम गर्छ । यसले मुटुका रोग, मधुमेह, क्यान्सरबाट बचाउन मद्दत गर्नुका साथै ब्लड प्रेसर घटाउँछ साथै घाउ पनि छिटो निको पार्ने काम गर्छ ।

४. काँक्रो

काँक्रो पनि गर्मीमा खाँदा लाभदायिक हुन्छ । यसमा ९५ प्रतिशत मात्रा पानी पाइन्छ।समा रहेको फाइबरको मात्राले कब्जियत हुनबाट जोगाउँछ। यसमा सोडियम, कार्बोहाइड्रेट, कोलेस्ट्रोलको मात्रा निकै कम पाइन्छ। काँक्रा काटेर माथिबाट थोरै वीरे नून छर्केर खानुस् वा दहीमा मिलाएर खानुस् तपाईं उत्कृष्ट स्वाद पाउनुहुन्छ साथै शरीरलाई शीतलता पनि ।

५. भूइँकटहर

गर्मीमा खान छुटाउनै नहुने भूँइकटहर पनि हो । छाला र स्वास्थ्यका लागि निकै नै उपयोगी फल भूँइकटहरमा भिटामिन सी धेरै मात्रामा पाइन्छ जसले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

६. केरा

केरा खानाले चिसो महसुस गराउनुका साथै ब्लड प्रेसर, आज्मा र क्यान्सरको जोखिम पनि घटाउँछ। यसमा धेरै मात्रामा कार्बोहाइड्रेट्स र फाइबर पाइन्छ । गर्मीमा धेरै झाडापखालाको समस्या पनि भोगिरहेका हुन्छौँ ।

नुहाएपछि छाला फुस्रो हुने समस्याबाट हैरान हुनुहुन्छ ? त्यसको समधानका लागि स्वंयमले सजकता अपनाउनुपर्ने देखिन्छ

तपाइहरूलाई आँफ्नो स्किनलाई कसरी केयर गर्न सकिन्छ भन्ने चिन्ता बढी रहेको हुनसक्छ । तपाँईलाई त्यस्तो चिन्ता लागेको छ भने अब बिभिन्न घरेलु उपाएबाट पनि तपाईले आँफ्नो स्किनलाई केयर राख्न सक्नु हुनेछ । जसको लागि तपाँईले बिभिन्न उपाए अपनाउदा समधानका लागि स्वंयमले सजकता अपनाउनुपर्ने देखिन्छ ।

छालालाई कसरी बचाउने ?

नुहाउँदा तातो पानी प्रयोग नगर्ने

तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नाश गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा तातो पानीले नुहाउन सजिलो भएपनि यसले छालालाई रुखो तथा फुस्रो बनाउँछ ।

मस्चराइजर लगाउने

छाला स्वस्थ राख्ने हो भने नुहाएलगत्तै मस्चराइजर लगाउनु जरुरी छ । नुहाएपछि पूरै शरीरमा मस्चराइजर गर्नुपर्छ । पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मस्चराइजर लगाउनुपर्छ ।

पानीमा तेलको मिश्रण

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

बास्नादार साबुन प्रयोग

साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको छ भन्ने जान्दा हुन्छ । केमिकलयुक्त साबुनले छाला रुखो बनाउँछ । साबुन प्रयोग नै गर्ने भए घ्युकुमारी र निमबाट बनेको रोेज्दा अति उत्तम देखिन्छ ।

हनी प्याकको प्रयोग

मह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

छालालाई स्वस्थ कसरी राख्ने ?

छालालाई कसरी राम्रो देखाउने वा स्वस्थ कसरी राख्ने भन्ने बारेमा धेरैले अनेक थरि उपाय गरिरहेता पनि केही यस्ता सामान्य तरिका साथै घरमा सधैजस्तो प्रयोग भइरहने सामान अनि खानेकुराहरु प्रयोग गरेर पनि छालालाई राम्रो अवस्थामा राख्न सकिन्छ । छालाको गोरोपनको साथै चमक ल्याउन भिटामिनहरु र पानीको प्रशस्त सेवन जरुरी हुन्छ। सकेसम्म सुर्यको प्रकाशबाट बचाउने गर्नुपर्छ संवेदनशील छालालाई ।

के के गर्ने छालाको गुणस्तर कायम राख्न ? हेर्नुहोस केही टिप्सहरु

देशी बदामको तेल

छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन मद्दत गर्छ । यसको प्रयोगले छालालाई आवश्यक पर्ने चिसोपन प्रदान गरी सुक्खा हुनबाट बचाउँछ । देशी बदामबाट छालालाई आवश्यक पर्ने पौष्टिक तत्त्व प्राप्त हुन्छ र छाला ताजा, चम्किलो, स्वस्थ एवम् नरम हुन्छ ।

लिप बाममा कोको–नौनी

प्रायजसो बडी लोसन तथा लिप बाममा कोको–नौनी प्रयोगमा ल्याएको पाइन्छ । यो लगाउने गर्नाले फुटेको छालालाई धेरै फाइदा दिन्छ । साथै सुक्खा छालालाई पनि सुक्खा हुनबाट बचाइराख्छ । कोको–नौनीमा एन्टिअक्सिडेन्टको गुण भएकाले छालालाई चिसोपन बनाई नरम राख्न पनि मद्दत गर्छ ।

सूर्यमुखी तेल

सूर्यमुखी तेलमा भिटामिन ए, बी, सी,डी र ई प्रशस्त हुन्छ । त्यसैले छालामा यसको प्रयोग गर्नाले सुकेको तथा बिग्रेको छालामा सुधार हुन्छ । अनि नरम, कलिलो र चिसोपना गराइराख्न सहयोग गर्छ । यो तेल स्वास्थ्यवद्र्धक पनि हो ।

नीमको तेल

नीम एक बहुउपयोगी रुख हो । यो रुखका प्रत्येक भाग विभिन्न प्रयोजनका लागि उपयोगी हुन्छ । स्वास्थ्योपचारमा, खेतीपातीमा, सौन्दर्य सामग्रीहरुमा यसको धेरै उपयोग हुने गरेको पाइन्छ ।

शरीर चिलाउने र छालामा रातो–रातो देखा पर्नेहरुका लागि यो तेलको सेवन प्रभावकारी मानिन्छ । चाउरीपन हटाउने कार्यका लागि पनि यो तेल सेवन गर्नु बडो प्रभावकारी देखिएको छ । यसमा एन्टिसेप्टिक गुण पनि छ । सुक्खा छालालाई चिसो गरिराख्न धेरै मद्दत गर्छ ।

काँक्रो

काँक्रो स्वास्थ्यका लागि धेरै लाभदायी रहेको अनुसन्धानको सिलसिलामा प्रमाणित भइसकेको छ । यो खानको लागि मात्र नभई सौन्दर्य बढाउनमा पनि विशेष उपयोगी देखिएको छ । काँक्रोको सेवनले छालालाई चिसोपन र ताजा बनाइराख्न मद्दत पुर्याउँछ । यसको प्रयोग अनुहारको छालामा पनि गर्न सकिन्छ । बिग्रेका छालालाई स्वस्थ बनाउन पनि काँक्रो सहयोगी हुन्छ ।

घिउकुमारी

आजकल घिउकुमारीका बारे निकै चर्चा हुने गरेको छ । यसमा हुने बहुउपयोगी गुणका कारण स्वास्थ्य र सौन्दर्य क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ । यसलाई छालामा प्रयोग गर्दा छाला नरम पार्छ, सुक्खा हुन दिँदैन र प्राकृतिक हानिकारक अल्ट्राभायोलेट किरणबाट बचाइराख्ने गर्छ ।

फर्सीको बियाँ

फर्सीको बियाँको तेलमा फ्याट्टी एसिड, जिङ्क, भिटामिन ‘ई’ र बेटा क्यारोटिन प्रशस्त पाइन्छ । त्यसैले यसको तेल सेवन गर्ने गरेमा छाला सुक्खा हुन दिँदैन र छालामा भएको चिसोपनलाई कायम राख्ने काम गर्छ । यसले गर्दा छाला नरम, ताजा तथा कलिलो देखिने हुन्छ । तेल मात्र नभएर फर्सीको बियाँ नै खानु पनि सौन्दर्यका दृष्टिले राम्रो मानिन्छ ।

अंगुरको तेल

अंगुरको बियाँको तेल ९न्चबउभ यष्०ि मा ब्कतचष्लनभलत को गुण भएकोले छाला झुल्न नदिई तन्काइराख्ने काम गर्छ । यो तेल सेवन गर्ने र छालामा लगाउने गर्दा छाला कसिलो हुन्छ । यसले छालामा भएको चिसोपनलाई सञ्चित गरिराख्ने भएकाले छाला सुक्न दिँदैन । छाला सुक्खा भएन भने कोमल र ताजा देखिन्छ ।

भिटामीन सी युक्त खानेकुरा सेवन गर्नुहोस

भिटामीन सी ले छालाको रंगको गुणस्तर बढाउछ साथै छालाको मुलायमता कायम राख्दछ। छालालाई बलियो बनाइराख्न चाहिने आधारभुत प्रोटिन कोलाजेन निर्माणको लागि पनि भिटामिन सी महत्वपुर्ण मानिन्छ।

के के बाट पाइन्छ भिटामिन सी ?

अमिलो प्रजातिका फलफुलहरु भिटामिन सी को स्रोतको रुपमा मानिन्छ। कागती, सुन्तला लगायत स्ट्रबेरी, गोलभेंडा आदि सेवनबाट शरीरले भिटामिन सी पाउछ । भिटामिन सी को चक्कीहरु पनि पाइन्छ खानको लागि। दिनको २५० मिलीग्राम भन्दा बढी नहुने गरी वा चिकित्सकले भनेको मात्रा अनुसार दैनिक सेवन पनि गर्न सकिन्छ।

भिटामिन ए युक्त खानेकुरा सेवन गर्नुहोस

छालाको रेटिनोल जुन भिटामीन ए को मद्दतले मजबुत बन्छ, छालालाई नै स्वस्थ तथा बलियो बनाउँछ । छाला लुज छ र टाइट गर्न चाहनुहुन्छ भने भिटामिन ए चाहिने हुन्छ । भिटामिन ए अण्डाको पहेलो भाग, दुध तथा बेटा क्यारोटीन भएका खानेकुरामा पाइन्छ, जसले सुर्यले पुर्याउने असरलाई कम गर्दछ। गाँजर, खरबुजा, मेवा, गोलभेडां आदी सेवन गर्नुहोस ।

छालालाई अत्याधिक सुर्यको प्रकाश र प्रदुषणबाट बचाउनुहोस

सनस्क्रिन क्रिमहरु प्रयोग गर्नुहोस । प्रदुषण छालाको गुणस्तर घटाउने प्रमुख कारण हो । सु्र्यबाट निस्कने अल्ट्राभ्वाइलेट रे ले मरेका कोषहरुलाई नयाँ बनाउने प्रक्रियामा असर पार्दछ। पुरा कपडा वा सनस्क्रिन नछुटाउनुहोस ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि