सुन्दर रहन चाहाने सबैकालागी जानकारी कुन भिटामिनको के भूमिका ?, छालालाई पुन मर्मत गर्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ ।

भिटामिन बी 

भिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ । भिटामिन बीयुक्त क्रिम तथा लोसनले अनुहारमा देखापर्ने रातोपन वा खराबी निर्मूल पार्छ । भिटामिन बी कुखुराको मासु, टुना, सलगम, बदाम, ब्राउन राइस, हरियो केराउ, जौ, च्याउ, खरबुजा एवं सनफ्लावरको दाना आदिबाट प्राप्त गर्न सकिन्छ ।

भिटामिन ई

भिटामिन ईले छालालाई हानिकारक कीटाणुहरूबाट जोगाउँछ । छालालाई हरेक कुराबाट सुरक्षा प्रदान गर्न भिटामिन ईको ठूलो भूमिका हुन्छ । भिटामिन ईले क्लोजन उत्पादन गर्छ र बूढो हुँदै गएको छालालाई तरोताजा राख्छ । भिटामिन ई प्राप्त गर्न बदाम, अण्डा, काँचो मेवा, हरियो साग, अनाज आदि खानेकुरा खानुपर्छ ।

भिटामिन सी 

भिटामिन सीमा छालामा चमक पैदा गर्ने तत्व हुन्छ । यसले दाग–धब्बालाई पूर्णरूपमा हटाउँछ । यो भिटामिनले क्लोजनको निर्माण गर्छ । एभोकाडो, ब्रोकाउली, टमाटर, काँक्रा, कागती, स्ट्रबेरी आदिबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मुलाको प्रयेाग यसरी गर्नूहोस र अनुहारको डन्डिफोर, दाग वा पोतो देखी तन्दुरुस्त हूनुहोस

प्राकृतिक पाचक हो मुला, मुलाले भोज्य पदार्थ सजिलै पचाउँछ । आयुर्वेदले पनि यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु र मजबुत राख्छ । अनेक रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।

मुलामा किसिम किसिमका खनिज पदार्थ पाइन्छन् । यो रक्त शोधक समेत हो । आयुर्वेद अनुसार, मासिक धर्ममा गडबडीका कारण अनुहारमा डन्डिफोर निस्कने समस्याबाट ग्रस्त युवतीहरूले दिनहुँ मुला खानु लाभदायक हुन्छ ।

मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ । यसले छालामा भएका दाग वा पोतो निको पार्छ । मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।

मुलामा भिटामिन ‘ए’ पनि पाइन्छ । त्यसै कारण यो तरकारी आँखाका लागि फाइदाजनक छ । आयुर्वेद अनुसार, जाडो याममा सधैं बिहानपख एउटा मुला खानेहरूको आँखाको ज्योति वृद्घावस्थासम्म राम्रो हुन्छ, आँखालाई अन्य रोगले पनि हतपती सताउँदैनन् ।

अब त गर्मी याम लागिसक्यो, तैपनि मुला सेवन गरी अनेकानेक फाइदा लिन सकिन्छ । मुला हरेक प्रकारको पाइल्स -बवासिर) हटाउन लाभदायक मानिन्छ । मृगौलाको खराबीले पिसाब बन्न बन्द भए मुलाको रस सेवन गर्नु अत्युत्तम

हुन्छ । यो मधुमेहमा पनि लाभकारी हुन्छ । यो हरेक मौसममा पाइए पनि चिसो याममा पाइने चाहिँ उत्तम गुणस्तरको मानिन्छ ।

मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुने आयुर्वेदमा उल्लेख छ । यसले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहायता गर्छ । छालामा चाउरी भएकाहरूले सधैंसधैं मुला खाने गरे शरीरको चमक पूर्ववत् हुन बल मिल्छ ।

एक सय ग्राम मुलामा प्रोटिन ०.७ ग्राम, कार्बोहाइड्रेट ३.४ ग्राम, बोसो ०.१ ग्राम, ऊर्जा १७ मिलिग्राम, खनिज ०.६ ग्राम, क्याल्सियम ३५ मिलिग्राम, फाइबर ०.८ ग्राम, फस्फोरस २२ मिलिग्राम, नायसिन ०.५ मिलिग्राम, भिटामिन सी १५ मिलिग्राम, आइरन ०.४ मिलिग्राम, क्यारोटिन ३ मिलिग्राम, थायमिन ०.०६ मिलिग्राम, राइबोफ्लोबिन ०.०२ मिलिग्राम र पानी ९४.४ ग्राम हुन्छ । त्यसैले, सधैं मूला खाऔं, सधैं तन्दुरुस्त रहौं ।

गर्मीमा अनुहारलाई यसरी सुन्दर बनाउनुहोस्

गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ।

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन ।

२. अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ ।

३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले क्लििन्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ ।

४. अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ ।

५. अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस ,दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

६. जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।

छाला सुन्दर बनाउनु छ भने यी पाँच वनस्पति प्रयोग गर्नुहोस

सबैलाई राम्रो र सुन्दर हुन मन हुन्छ। राम्रो हुनको लागि महँगो खालको क्रिम लगाउनु पर्छ भन्ने छैन । आफुले अलिक बडी ध्यान दियो भने हुन्छ । यसका लागि घरेलु उपाय अपनाएर पानी छालालाई रेखदेख गर्न सकिन्छ ।

चन्दन

चन्दनले छालामा जम्मा भएका विषाक्त पदार्थलाई हटाउछ र छालालाई सफा, चम्किलो राख्छ । चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ ।

गुलाब

गुलाबमा भिटामिन ‘सी’ प्रशस्त पाइन्छ । त्यसैले सुत्नुअघि अनुहारमा गुलाबजल दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ ।

घ्यूकुमारी

घ्यूकुमारी छालामा लगाउनाले छाला तलको रगत शुद्ध हुनुका साथै डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या कम हुन्छ । घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग पनी बिस्तारै हराउँदै जान्छ ।

नीम

छालामा रहेका टक्सिनलाई नीमले हटाउछ साथै डन्डीफोरलाई पनि हटाउँछ । यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ ।

बेसार

सुन्दर बन्न छालामा बेसार दल्ने चलन छ । बेसनमा बेसार र चन्दन मिसाएर छालामा लगाउनाले छाला सफा र चम्किलो बन्दै जान्छ । दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ ।

नङलाई सुन्दर र स्वस्थ बनाउने केहि घरेलु तरिकाहरु

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ । सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो ।

प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ । भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ ।

नङलाई सुन्दर र स्वस्थ बनाउने तरिकाहरु

एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।

नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ ।

फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ ।

नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने । बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन् ।

नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस् । कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा । कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस् ।

यस्तो गर्नाले नङ पालिस निस्किन्छ । अन्त्यमा पुनः कागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस् । यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ ।

शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस् । यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ ।

नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस् । यसो गर्नाले नङ कडा हुँदैनन् ।

नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ । कागतीको रसले पनि धब्बा जान्छ ।

नरिवलको तेलले नङ मालिस गर्दा नङ सुन्दर, चम्किला र कोमल बन्छन् ।

हाम्राे खानालाई स्वादिष्ट बनाउने मसलाको प्रयोग स्वास्थ्य र सुन्दरताका लागि कति फाइदाजनक ?

इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन मद्दत गर्छ’भनी परिभाषित गरेको छ ।

हाम्रो भू–बनोट, हावापानी, जलवायु र बृहत् ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे हामी निकै जानकार छौँ । अझ औषधिजन्य प्रयोग, अत्तर बनाउन, सौन्दर्य प्रसाधन बनाउन र प्रयोग गर्न पश्चिमी सभ्यताभन्दा निकै जाकार छौँ ।

नेपाल मसला तथा जडीबुटीको भण्डारका रूपमा विश्व प्रसिद्ध छ । जसले चालीस थरीभन्दा बढी मसला उत्पादन गरेको पाइन्छ । तिनीहरूमध्ये मरिच, अलैँची, अदुवा, बेसार, खोर्सानी, ल्वाङ लसुन, केशरी तथा दानाजन्य मसला जस्तै, मेथी, धनिया इत्यादी ।

सुगन्ध अनि स्वाद

सुगन्धित बाफ भएर उड्ने तेलहरू वा अत्यावश्यक तेलहरू धुलो मसालालाई बाफद्वारा तरल पदार्थ निकालिएका एउटा महत्वपूर्ण मसलाजन्य उत्पादन मानिन्छ ।

बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा वासनका लागि तथा स्वादका लागि विख्यात मानिन्छन् । ओलियो रेसिन मसलाहरू अत्यावाश्यक बाफ भएर उड्ने र वाफ भएर नउड्ने मौलिक मसलाका माग जसलाई गल्ने गाल्ने प्रविधिबाट मूल्य तत्व निकालिन्छ । तिनले मौलिक मसलासँग मेलखाने तीतो पीरो स्वाद र सुगन्ध प्रमाणित गर्छन् ।

पोषणजन्य महत्व

यद्यपि मसलाहरू विशेषगरी हाम्रा भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउनका लागि प्रयोग गरिन्छ । यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्छ । यी मसलामा सबै तीन खाले पोषणको अंशहरू कार्बोहाइड्रेट प्रोटिन बोसो पनि हुने हुँदा यिनमा पोषणजन्य महत्व पनि हुने गर्दछ ।

यसले शरीरका शक्ति तथा खनिज लवण आपूर्तिमा थप टेवा पुर्याउँछ । यिनीहरू आफैमा शक्ति क्षमता हुन्छ । यसलाई प्राविधिक शब्दमा क्यालोरी क्षमता भनिन्छ ।

उदाहरणका लागि प्रायजसो प्रयोग गरिने मसलाहरू प्रतिसय खानयोग्य मात्रमा सयपत्रीको मसालामा चार सय सैंतीस, जाइफलमा चार सय बहत्तर, ज्वानोमा तीन सय चैंत्तीस, जीराको गेडामा तीन सय छपन्न, बेसारमा तीन सय उनन्चास, मेथीको गेडामा तीन सय तेत्ततीस मिलिग्राम हुने गर्दछन् । जे भए पनि यिनको पोषणजन्य क्षमता सीमाबद्ध मात्र हुन्छ ।

अझ हाम्रा भोजन परिकारमा मसलाको प्रयोग थोरै भए पनि प्रत्यक्ष योगदान पुर्याउँने खालका छन् । तथापि यिनीहरूको अप्रत्यक्ष क्रियाकलाप महत्वहीन पनि छन् । किनकी यिनले भोक जगाउन तथा भोजन रुचाउने मात्रा बढाउँछ ।

शरीरविज्ञानजन्य क्रियाकलाप

मसलाहरूले र्यालका साथै अमाइलेज न्युरामिनिक अम्ल हेकसोसामाइन उत्सर्जन तथा प्रवाहलाई तीव्र पार्ने काम गर्छन् । यसले मुखमा खानेकुरा तथा जीवाणु टासिनबाट बचाउन मद्दत गर्दछ ।

मसलाहरूले र्याललको उत्र्सजनको मात्रा बढाउँछ, जसमा अमाइलेज वा पिटाइलिनको मात्रा बढी हुने हुँदा यिनले पेटमा खाना पचाउनमा सहजीकरण गराउन तथा खानेकुरालाई परिमार्जन गरी कार्बोहाइड्रेट लाइप्रचुर सारयुक्त बनाई बढी सजिलै पच्ने बनाउँछ ।

यसले मुख पाचन प्रणलीमा हल्का एत्तेजित क्रियाकलाप देखाउँछ । अतः मसलाहरूले खाने अभिरुचि बढाउने प्रेरणा दिनुका साथै र्यालजन्य तथा पेटको रसको प्रवाहलाई तीव्र पार्न महत्वपूर्ण भूमिका खेल्दछ ।

औषधिजन्य गुणहरू

मसलामा धेरैखाले औषधिजन्य गुण भएको दाबी गरिन्छ । विभिन्न खाले औषधि बनाउन प्रयोग गरिन्छ । खासगरी प्राकृतिक उपचार प्रणालीमा प्रयोग हुने, जस्तै आर्युवेदिक तथा युनानी प्रायः जसो पाचन प्रणालीमा जन्मा भएको वायु उत्र्सजक किसिमका हुन्छन् । केही चाहिँ वायुग्रस्त सरक्षण गर्ने र उत्तेजित पार्ने किसिमका हुन्छन् ।

अर्कोतिर केही मसलाहरू अपज अजीर्ण नपच्ने रोग निवारक, सड्न, गल्न, पाक्न नदिने तथा मांसपेसी बटारिन नदिने खालका हुन्छन् । केही मसलाले भने अरू औषधिको निमीठो, तीतो, टर्रो स्वादलाई ढाकछाप गर्ने गर्छन् ।

धेरैखाले मसालामध्ये लसुन सँझना गर्न नसकिने बेलादेखि नै पैतीसभन्दा बढी औषधिजन्य गुणयुक्त प्रभावशाली मसला मानिन्छ । हालैको समयमा आधुनिक औषधि प्रयोग गरी उपचारमा अभ्यासरत स्वास्थ्यकर्मी पनि उच्च रक्तचापग्रस्त बिरामीका लागि निश्चित भरपर्दाे एवम् प्रभावकारी औषधिका रूपमा स्वीकार्न थालेका छन् ।

के तथ्य फेला पारिएको छ भने यसको प्रयोगले बिरामीमा यस्तो एलडीएस कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइड मात्रा तह घटाउँछ । साथै संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्यमा राख्न मद्दत गर्दछ ।

सौन्दर्य तथा शरीर रक्षामा मसलाको भूमिका

आजका महँगा अत्तरहरूमा जीरा दालभिनी, ल्वाङ, जाइफल, मेथी, अलैँची जस्ता मसला वा व्युत्तपादित तेलहरूको आवश्यक पर्दछ । सौन्दर्यता र शरीरको रेखदेख एवम् सुरक्षका लागि हामी कहाँ यिनको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ । खाने विविध मसला काँचै प्रशोधन नगरी आज पनि शरीरको रङ सुधार्न अनि राम्रो देखिन प्रयोग गरिन्छ ।

बेसार असाध्यै लोकप्रिय मसलाको श्रेणीमा पर्दछ । यसलाई लेदो बनाएर अनुहार लेप आँत र शरीरमा लगाएमा छालाको रङ परिष्कृत गर्न सकिन्छ । यसका साथै नचाहिँदा रौँ हटाउन पनि प्रयोग गरिन्छ । यसलाई मूल आधार सूत्र लिएर केही व्यापारिक उत्पादकहरूले विभिन्न सौन्र्दय प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी बजारीकारण गरिराखेका छन् ।

त्यसमा मूल अवयव अंश बेसार नै आवश्यक पर्छ । केही अनुसन्धान संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी व्यापार पनि गरेका छन् । यसमा मूल अंश बेसारकै प्रयोग भएको हुन्छ ।

केही अनुसन्धानात्मक संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधनसँग चासो राखी गरेको पाइन्छ । बेसार, मेथी, मरिच, दालचिनी, ल्वाङ, सुपका दाना जस्ता धेरैजसो मसला राम्रो अनुहार रूप रङ देखिन लेपमा मलम तथा लोसन बनाउन प्रयोग गर्न सकिन्छ ।

यिनीहरूलाई डण्डीफोरको फोका सडाउन, गलाउन, पाक्न नदिन प्रयोग गर्न सकिन्छ । हाम्रै भान्सामा यति महत्वपूर्ण सामग्री हुँदा पनि यिनबाट उत्पादन भएका सौन्दर्य प्रसाधन तथा शरीर रक्षाका सामग्री खरिद गर्न भौँतारिएर बजार चाहार्छौँ र चर्को मूल्य तिर्छौं ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

याे भिडियाे पनि हेर्नुहाेला जानकारीका लागि